” महिलामा लगानी: सब्य र समुन्नत समाजको थालनी “
भन्ने उद्धगारका साथ मनाइ रहेको
११४ औं अन्तरास्ट्रिय
श्रमिक महिला दिवसको उपलक्ष्यमा
विश्वभर बसोबास गर्ने
सम्पुर्ण मानवजातीमा
सुख,सन्तुष्टि,प्रगति र समानताको भाव र
भुमिकाको प्रज्वलित होस्
मानवताविरुद्ध कुनै कार्य नहुन
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको
विशेष शुभकामना
विश्वका अनगिन्ती ठाउँहरुमा भएका परिवर्तनको अभियानसगँ जोडिएर भएका महत्त्वपूर्ण घटनाहरू मध्ये सन् १७८९ अक्टोबर ५र ६ मा पेरिसका श्रमजीवी महिलाहरूले हातमा थाल बोकेर रोटी र महंगीको विरोधमा गरेको प्रदर्शन निकै ठूलो र महत्त्वपूर्ण थियो । त्यो प्रदर्शनले महिलाहरूको दर्ता ,स्थान र मान बदल्ने पहिलो विगुल फुक्ने काम गर्यो । महिलाहरूको त्यो प्रदर्शनमा फ्रान्सेली क्रान्तिको प्रभाव परेको थियो । फ्रान्सेली क्रान्तिले फ्रान्समा मात्रै विद्रोहको शंखनाद गरेको होइन,पर्सियाको राष्ट्रिय जागरण सँगसँगै पर्सियन महिलाहरूलाई पनि संघर्षले प्रभावित पार्यो। यो विद्रोहले महिलाहरुका मात्रै होइन सम्पुर्ण मानवजातीमा भातृत्व,समानता र स्वतन्त्रता भाव झल्कायो र राजदरवार अगाडि प्रदर्शन गर्न पुग्यो। भोकमरी र दासत्वको विरोधमा विश्वमा पहिलोपटक महिला हरूले गरेको विरोध र प्रदर्शन विश्वमै पहिलो थियो।
सन् १८३२ मा हल्यान्डका महिलाहरूले श्रमसगँ जोडिएर महिला र पुरूषविचमा भएको असमान व्यबहार, तलब भत्ताको विरोधमा आन्दोलनमा उत्रिएका थिए।
फिलाडेल्फियामा सार्वजनिक र निजीक्षेत्रमा १० घण्टा कामको माग राखेर गरेको आन्दोलन सफल भयो ।
सन् १८३५ मा बोस्टनका श्रमिक महिलाहरू १२ देखि १४ घण्टा कारखानामा काम गर्नुपर्ने बाध्यताको विरोध गर्दै १० घण्टाकामको नियम बनाउन माग गर्दै आन्दोलनको सुरूवात गरे । माग त सफल भयो तर तात्कालिन आर्थिक मन्दीको कारण प्राप्त अधिकार जोगाउन सकेनन् र गुम्यो ।
सन् १८३७ देखि सन् १८४१ सम्मको अवधिसम्म परेको आर्थिक मन्दीको प्रभाव सन् १८६० सम्म रह्यो । त्यहि मन्दीको कारण देखाएर श्रमिकहरूलाई कामको घन्टा बढाएर ११ घन्टा दैनिक काम गर्नुपर्ने बाध्यात्मक अवस्था पुनः सृजना गरियो ।
सन् १८४८ देखि नै अमेरिकाका महिला श्रमिकहरूले राज्यको सम्पुर्ण क्षेत्रका महिला कामदारहरूलाई ” समान अधिकार, पुरूष द्वारा गरिने शोषणको अन्त्य,समान शिक्षा,पढाउने तथा कमाउने अधिकार र समान मताधिकारको माग गर्दै एउटा घोषणपत्र नै तयार गरे ।
सन् १८६४ मार्च ८ को दिन पारेर कामको समय घन्टा घटाएर ८ घन्टा मात्रै हुनुपर्ने विषयलाई उठाउदै न्युयोर्कस्थित कारखानाहरूमा व्यापक प्रदर्शन गरे । विभिन्न मुलुकमा हुँदै आएको विरोधका साथसाथै संगठित हुदै जाने विषयमा पनि चासो राखी सन् १८६४ मा अन्तर्राष्ट्रिय स्तरको श्रमिकहरूको संगठनको माग पनि राखे ।
श्रमिक संगठनको वैधानिकताको मागको विषयले अन्तर्राष्ट्रिय श्रमिक संगठनको स्थापना भयो । श्रमिक संगठनको पहिलो अधिवेशनले महिलाहरूलाई घरभित्रको काममा मात्रै सिमित गराउने परम्पराको विरोध गर्दै महिलालाई पेसागत काममा प्रवेश गराउने विषयलाई पास गर्यो र महिला मावनको रुपमा गणना हुने विषयले प्रवेश पायो त्यस बेलासम्म वेलायतमा मतदान गर्दाको मताधिकारको हैसियत १ जमिनदारको मत बराबर ५ किसानको मत चाहिन्थ्यो ।
५ पुँजीपति बराबर १५ मजदुरको मत मानिने अवस्था थियो ।
तर महिलाको मताधिकारको ब्यवस्थाप नै थिएन ।
महिलाहरूलाई मानिसको रूपमा स्थान नै दिइदैन थियो । सन् १८६७ मा महिलाको मताधिकारको कुरा अमेरिकाको मेनचेस्टरमा जोडदार रूपमा उठ्यो र त्यसको सम्बोधनले महत्त्व पाएर कार्यदल बन्यो ।सो कार्यदलको सिफारिसको आधारमा सन् १८६७ मै अमेरिकी संसदमा महिला मताधिकारको विल दर्ता भयो ।
यसरी दर्ता भएको विल अमेरिकी संसदबाट पास भएर सन् १८६८ मा संयुक्त राज्य अमेरिकाको छ वटा संघिय राज्य र अन्य धेरै शहरहरूमा आठ घण्टा कामको कार्य अवधिलाई स्विकार गरि कानुन पास भयो ।
यसरी व्यवस्था गरिएको कानुनी प्रावधानलाई कार्यनयन गर्न सजिलो र दबाब सृजना होस भनेर आठ घण्टा कार्य अवधि अनिवार्य लागू गर्नु पर्ने विषयलाई प्राथमिकतामा पारेर राष्ट्रिय अभियान सञ्चालन गरियो । त्यहि राष्ट्रिय अभियानबाट संकलन गरिएको हस्ताक्षरहरू अमेरिकी कंग्रेसमा पेस गरियो ।परिणामस्वरूप संघीय राज्यका श्रमिकहरूका लागि ८ घण्टा कामको कार्यअवधि तोकिएको छुट्टै कानुनको निर्माण गरियो । सो कानुनको कार्यान्वयन गर्न अनकनाएका र अरू बाँकी संघीय राज्यकालागि कानुन एवम् बनेको कानुनको अविलम्ब कार्यान्वयनका लागि अमेरिका साथै क्यानाडाका श्रमिक संगठनले व्यापक विरोध प्रदर्शन गरे । अमेरिकाको शिकागो शहरमा भएको सो प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपले सय भन्दा बढी श्रमिकहरु सहादत भएका थिए । यस्तो निर्मम दमनको विरोधमा सन् १८८९ मा श्रमिकहरूको ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन पेरिसमा सम्पन्न भयो । यहि सम्मेलनले मे १ लाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा घोषणा र संसारभरका श्रमिकको कामको कार्य अवधि ८ घण्टा तोकिनु पर्ने माग राख्दै विश्वभर आन्दोलन गर्न आव्हान पनि गरे ।
सम्पुर्ण मजदुरको ८ घण्टा कार्य अबधिको मागले पुरुष श्रमिकहरुलाई त सम्बोधन गर्यो तर महिला कामदार माथि हुने श्रम शोषणको विरूद्द महिला श्रमिकहरू नै एक हुनु पर्ने बाध्यता सृजना भयो। यो आवश्यकताले पुन: महिलालाई आन्दोलित गरायो । सन् १८९० मा महिला मताधिकारसगँ सम्बन्धि संगठनहरूले एक हुनुपर्ने आवश्यकता महसुस गरे । अधिकारका लागि कार्यरत तर भिन्न भिन्न संगठनको निर्माण गरि फरकफरक कार्य गरिरहेका यस्ता संगठनहरूको सहकार्यले आन्दोलित हुन र शक्ति आर्जन गर्न सकिन्छ भन्ने कुराको महसुस गरि सन् १८९० मा महिला मताधिकार सम्बन्धि अधिकारलाई प्राथमिकतामा पारेर सहकार्य गर्न तयार भए । त्यस बेला विश्वको श्रमजीवी आन्दोलन दुई खेमामा विभाजित भइसकेको थियो । विभाजित हुदा आफ्ना अधिकारहरू प्राप्ति गर्न कठिन हुन्छ भन्ने कुरा तात्कालिन महिला संगठनहरूले पहिचान गरे र पुँजीवादी,सर्वहारा सहित अन्य स्वतन्त्र रूपमा रहेका महिला संगठनहरू महिलाको मताधिकारको पक्षमा एकीकृत भएर आन्दोलित भए । यो मोर्चाको पृष्ठभूमिमा रोजा लग्जम्बरको महत्त्वपूर्ण भुमिका थियो । क्लारा र रोजा एउटै धारका थिएनन तर महिलाको शोषणको विरुद्धको मोर्चामा उनीहरू सधैं एकै ठाउँमा हुन्थें । फलस्वरूप सन् १८९३ महिलाले मताधिकारको अधिकार प्राप्तहुन्थें ।
श्रमिक संगठनसगँ जोडिएकी क्लारा जेट्किन सन् १८९२ देखि आन्दोलनमा सक्रिय भुमिकामा आइन् । क्लाराको नेतृत्वमा ” समानता ” नामक पत्रिका मार्फत महिलाहरूका अधिकारका विषयमा मागहरू राख्दै महिला श्रमिकहरूको आन्दोलन अगाडि बड्यो । सन् १८९७ मा महिलालाई उचित ज्याला र दैनिक १० घण्टा कामको माग गरियो । सन् १८८९ -१९ जुलाईको दिन पेरिसमा भएको दोस्रो अन्तर्राष्ट्रियमा क्लाराजेट्किनले महिलाहरूको समस्याहरूको बारेमा सम्बोधन गरिन् । क्लाराले सो सम्बोधनमा महिलाको अधिकार,आमा र बच्चाको संरक्षणको अधिकारका साथै महिलाहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय क्रियाकलापमा सहभागिताको विषयमा वकालत गरेकी थिइन्। केहि समयपछि जर्मनको स्टुटगार्डमा महिला श्रमिकहरूको दोस्रो सम्मेलन भयो । त्यो सम्मेलनले क्लारालाई महिला श्रमिकहरुको संगठनको महासचिवको जिम्मेवारी दियो । क्लाराले महासचिवको जिम्मेवारी पाएको केही महिनापछिबाटै सन् १९०८, ८ मार्चको दिन पारेर पुनः मताधरकारको माग गर्दै सघर्ष सुरू भयो । सन १९०९ – ८ मार्चमा शिकागो शहरमा लाखौंलाख महिलाहरू प्रदर्शनमा उत्रिए । प्रदर्शनको विरूद्द व्यापक प्रहरी हस्तक्षेप र निर्मम दमन गरियो । झन्डै पचासौं हजार महिलाको कत्ले आम गरियो । यसको विरोधमा सन १९१० मा क्लाराको नेतृत्वमा समाजवादी महिलाहरूको दोस्रो सम्मेलन डेनमार्कको कोपनहेगनमा सम्पन्न भयो । १७ वटा समाजवादी देशका श्रमिक र राजनीतिक क्षेत्रका महिलाहरूको सहभागिता भएको सो सम्मेलनले ८ मार्चलाई महिलाहरूको संघर्षबाट प्राप्त उपलब्धिहरूको ऐतिहासिक दिनको रूपमा घोषणा गरे ।
क्लारा जेट्किन को थिइन ?
८ मार्च अन्तर्राष्ट्रिय महिला दिवस | क्लारा जेटकिनको (सन १८५७ -१९३३ ) प्रस्तावमा पहिलो पटक सन् १९११को १८ मार्चमा यो दिवस मनाइएको थियो | यसरी हेर्दा क्लारा महिला विश्व महिला हक अधिकारको आन्दोलनकि प्रणनेता र मातामही हुन् | उनको नेतृत्वले विश्वभरका महिला अधिकार कर्मिहरूलाई संगठित हुदै अधिकारका लागि लड्न सिकायो । महिलाको समान अस्तित्व र सहभागीता जोडिएको हक र अधिकारलाई संघर्षको माध्यमबाट अन्तर्राष्ट्रियकरण गर्दै श्रमिक महिला दिवसको रूपमा ८ मार्चलाई विश्वभर स्थापना गर्यो ।
महिलाको हक अधिकारको त्यो आन्दोलन पछि लेखकहरूले महिलाको भुमिकाको विषयलाई प्राथमिकतामा पारे । सन् १८७९को डिसेम्बर २१ तारिखका प्रकाशित हेनरिक इब्सेनको ‘पुतलीको घर’ भन्ने नाटक सार्वजनिभयो । महिलाको भुमिकासगँ जोडिएको यो नाटक पहिलो पटक मन्चन भएको थियो | यो नाटकले पितृसत्तात्मक समाजमा महिला माथिको बन्धनको बिरुद्धमा विद्रोह गरेको विषयलाई सम्बोधन गरेको थियो | एकअर्थमा यो नारीवादी विद्रोहको लेखनको संगठित पहिलोपटक स्वरूप थियो । यो नाटकले महिलाको अधिकार स्थापित गर्ने विषयलाई स्थापित गर्न मह्त्वपूर्ण भुमिका खेल्यो ।
क्लारा जेट्किन समाजवादीधारबाट प्रतिनिधित्व गर्थिन । महिला र पुरुषविचको समानताको जब्बर पक्षपाती थिईन | उनी शोषणको आर्थिक सामाजिक आधारलाई यथास्थितिमा राखेर महिलाको मुक्ति सम्भावना छैन र हुन्न भन्ने मान्यतामा स्पष्ट थिइन् । महिला अधिकार र सार्विक मताधिकारको बारेमा जुझी रहँदा उनको विश्वास थियो कि समाजवाद मात्रै यस्तो आन्दोलन हो जसले श्रमजीवी महिलाको हित गर्दछ ; यसर्थ, महिला आन्दोलनलाई विराट सामाजिक मुक्ति आन्दोलनको प्राथमिकतामा गाँस्नु पर्दछ, नारीवाद त उच्च तथा मध्यम वर्गको रक्षा कवज मात्रै हो | भन्ने मान्यताको वकालत गर्थिन ।
यसरी हेर्दा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र महिला अधिकारको विषय निकै महत्त्वपूर्ण विषय हो र छ । अधिकार कानुनि,सामाजिक वा नैतिक मुल्यमा भएको व्यक्तिको हक,सहभागीता र मर्यादा हो । यस्तो हक,सहभागीता र मर्यादा महिला र पुरूष दुबैकालागि समान अवधारणा साथै भावनामा विकसित भएर विकास हुनु पर्दछ । महिला या अन्य पहुँच बाहिरको जनसख्या कम्जोर रहेको अवस्थामा समाज र देशको विकास हुन सक्दैन । घर,परिवार,समाजको बिम्ब राज्यमा पर्ने भएको कारण शोषण र अन्याय घर परिवारमा नहटेसम्म समाज र राज्यले सामाजिक न्याय पाउन कठिन हुन्छ । त्यसैले असमानता र विभेदको अन्त्य गरि समाजमा महिलाहरूलाई समान बनाउनका लागि राज्यले सकारात्मक भुमिका , नीति ,नियमको निर्माण र प्रभावकारी कार्यान्वयनमा ख्याल राख्नु पर्छ । यसै कुरालाई ध्यानमा राखेर आम जनसमुदायमा यस्ता सकारात्मक सोचको अवधारणा विकास गराउन र महिलाहरूको क्षमता वृद्धि गर्न विषेश कार्यक्रमका रूपमा समावेशी समानुपातिक सहभागिताको विषयलाई संविधान मै राखियो । तर पनि राज्य अन्तर्गतका दल ,दलका भातृसंगठन लगायतका सघं/संस्थाहरूले यो व्यवस्थालाई स्विकार्न सकेका छैनन् । यी र यस्ता कार्यक्रमहरू राज्यको तल्लो निकासम्म पुग्न सके भने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्व बढ्नुका साथै लैंगिक समानताका लागि समान सोंच र व्यवहारको विकास भइ महिलाहरूको समृद्धिको आधार तयार हुन सक्ने थियो । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना ! 🌹🌹🌹
प्रतिक्रिया