“पुष्पकमल दाहाल ‘प्रचण्ड’: नेपाली राजनीतिका अत्यन्त प्रभावशाली नेता वा खलनायक?

इनेप्लिज २०८० फागुन २५ गते ०:५२ मा प्रकाशित

बिजय बगाले । राजनीतिक बेईमानीको आरोप खेप्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने भिन्न-भिन्न कालखण्डमा आफूलाई डाइनामिक पोलिटिसियन भन्न भने रुचाउॅंछन । उनी भन्छन, “म स्थिर भएर बस्न सक्दिन, म रहॅंदा सम्म नेपाली राजनीतिमा उथलपुथल ल्याई नै रहन्छु” ।

झट्ट हेर्दा पछिल्लो समयमा उदाएका नयाँ पार्टीहरुसॅंगको उनको लेगासी पनि कम देखिदैन

यसो हेर्दा २०६२- २०८० सम्म नेपालीको राजनीति नै पुष्पकमल दाहालको पेरिफेरीमा घुमिरहेकै देखिन्छ । नत; उनले आफ्नै पार्टीका नेता, डा. बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत लाई नै छाडे । जसरी उनी माओवादी पार्टी भित्र जे खेल्न चाहे त्यो खेलिनै रहे । जब पार्टी सानो हुदै गयो-खुमचियो, उनी नेकपा एमाले र नेपाली कांग्रेससॅंग मिलेर आफ्नो उदेश्य पुरा गर्दै गरे । कहीले ‘सूर्य’ चिन्ह्र समातेर चुनाव लडे त कहिले ‘रुख’ ।

लामो समय देखि नेपाली राजनीतिको मियो बन्न खपिस पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सम्म पनि आफु लाई केन्द्रमा राखेर पोलिटिक्स गर्दैछन, भन्दा फरक नपर्ला । झट्ट हेर्दा पछिल्लो समयमा उदाएका नयाँ पार्टीहरुसॅंगको उनको लेगासी पनि कम देखिदैन ।

आफ्नो पार्टीका अर्थमन्त्री बर्षमान पुनलाई निकालेर, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलाई अर्थ मन्त्री बनाई अघि बढे भने पनि अनौठो मान्नु पर्ने देखिदैन ।

अहिले फेरीएको समिकरणलाई नियाल्दा, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रयोग गरेर केही राम्रा कामको सन्देश दिन खोजेका पो हुन कि? भन्ने पनि देखिन्छ । यदी यि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुबाट राम्रो काम हुन सक्यो भने त्यसको जस प्रधानमन्त्रीका रुपमा आफुलाई जाने, हुनाले यसै मन्त्री मण्डलमा आफ्नो पार्टीका अर्थमन्त्री बर्षमान पुनलाई निकालेर, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलाई अर्थ मन्त्री बनाई अघि बढे भने पनि अनौठो मान्नु पर्ने देखिदैन । यदि त्यो स्थिति बनेन भने, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम गराउॅंने र अर्को चुनाव सम्ममा नयाँ पार्टीलाई पनि सक्काई दिने उनको रणनिति रहेको हुन सक्ने पूर्वानुमान पनि गर्न सकिन्छ ।

नेपाली राजनीतिमा सबै भन्दा बढी रिस्क लिन सक्ने नेता पनि यिनै ‘प्रचण्ड’ देखिन्छन

यद्यपि; सारांशित मूल्यांकन गर्ने हो भने, नेपाली राजनीतिमा सबै भन्दा बढी रिस्क लिन सक्ने नेता पनि यिनै ‘प्रचण्ड’ देखिन्छन । यदि उनको सोच साच्चै देशमा केही गरौं भन्ने मनसायले प्रेरित भएर नयाँ समिकरणमा लागेका हुन भने, ‘प्रचण्डले’ यो समयलाई पूर्णरूपले सदुपयोग गर्नेछन । र ,देशलाई विकास र समृद्धिको बाटोमा लैजान पहल गर्नेछन ।

अन्यथा; पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक इतिहास एक खलनायक कै रुपमा दर्ज हुनेछ ।

लेखक:- बिजय बगाले
हाल भर्जिनिया, अमेरिका ।

प्रतिक्रिया