प्रिय छोरी शालीन,
शालीन छोरी तिमी नेपालकी आमाकी छोरी हौ, तिमीले हामीले सधै आफ्नो गल्तीलाई सरि भन्नुपर्छ भनेर ज्ञान दियेर गयेउ, तिमीले सरि भन्नु जरुरी थिऐन, तिम्रो त्यो महानता थियो।
याहाँ सन्तानले मातापितालाई सरि भन्दैनन – नत मातापिताले सन्तानहरुलाई नै, न साथिले साथीलाई, न शिक्षकले विद्यार्थीलाई -नत विद्यार्थीले शिक्षकलाई, न श्रीमानले श्रीमतीलाई -नत श्रीमतीले श्रीमानलाई, न प्रेमीले प्रेमीलाई नै, न कर्मचारी ले हाकिमलाई -नत हाकिमले कर्मचारीलाई, न नेताले कार्यकर्तालाई – नत कार्यकर्ताले नेतालाई नै, न एक नेताले अर्कोलाई नै, न एक परिवार ले अर्को परिवारलाई नै, एक मानवले अर्कोलाई नै, न एउटा राष्ट्रले अर्को राष्ट्रलाई, कोही सरी भन्दैनौ छोरी हामी आफ्नो गल्तीलाई !
हामी सबैले हामी र हाम्रो मानवता र संस्कार भुलेउ, तर अब तिम्रो ज्ञानेल हाम्रो आफ्नै विशिष्ट संस्कार बिउझाउने छौ ।
तिमीलई हामीले कहिल्यै भुल्ने छैनौ, अर्को १५० वर्ष पछिका हाम्रा सन्तानहरूले पनि तिमीलाई “सुन्दर देशका शालीन हामी” भन्ने स्लोगानले सम्झिरहनेछन, तिमी आफ्नै स्लोगान परिचित हुने छौ।
मलाई थाहा छस मैले लेखेको पत्र तिमी पढ्न सक्तिनौ ।
त्यसैले म तिम्रा स्कुलका साथीहरू र अरू धेरैधेरै सुप्रिय र शालीन छोरीहरूलाई र तिम्र गुरु र गुरुआमाहरुलाई अमेरिकाबाट यो पत्र लेखिरहेछु ।
तर तिमीले अत्मालोकमा यसको अनुभूति गर्दै हामीलाई प्रेम र आशिर्वाद पठाउँछ्यौ नै ।
शालीनका स्कुलका साथीहरू, प्रिय छोरीहरूलाई प्यार ! आदरणीय गुरु र गुरुआमाहरुलाई नमस्कार !
शालीन देवी थिइन्, भगवती थिइन्, उनले आफ्नो कार्य सम्पन्न गरेर हामीलाई ठूलो जिम्मेवारी छोडेर गएकी छिन् ।
निर्दोष को अकारण हत्या तथा बलात्कारजस्ता अपराधहरू नेपालको मात्र नभएर विश्वभरि व्याप्त हुँदै गएको डरलाग्दो समस्या हो । मानवतामाथिको एक गम्भीर प्रश्न हो ।
छात्राबास र पाठशालाजस्ता स्थानहरू हाम्रा नयाँ पुस्तालाई असल शिक्षा दिने, अनुशासन र सच्चरित्र सिकाउने, ज्ञान र प्रेरणा दिने, जीवनको सत्मार्ग देखाउने, सद्भाव र प्रेम सिकाउने तथा सुरक्षा दिने स्थानहरू हुन् । दिनानुदिन हाम्रा शिक्षालयहरू किन दिनानुदिन असुरक्षित भएरहेका छन् अनि सुरक्षाका अनुभूति कतै पनि बालबालिकाले किन महसूस गर्न सकिरहेका छैनन् रु सही रूपमा यस्ता ज्ञान गरिमाका कार्यहरू किन भइरहेका छैनन् । शालीनले छोडेर गएको जिम्मेवारीपूर्ण रूपमा समाधान गर्न नसकिएका प्रश्न यही हो । शरीरको बलाात्कार मात्र बलात्कार हो भन्नु अहिले भौतिक प्रमाण खोजिने हिसाबले ठीक होला तर मानसिक, भावनात्मक र नैतिक बलात्कार पनि त्यत्तिकै गम्भीर अपराधहरू हुन् ।
प्रिय छोरीहरू,
आदरणीय नारीजन,
शालीनको पीडा सम्पूर्ण आमाहरूको पीडाको कथा र व्यथा हो । उनको पीडा र बाध्यता सम्पूर्ण किशोरीहरूकोे हो, सारा छोरीहरूको हो । हो, उनको पीडा सम्पूर्ण नारीहरूको हो ।
हाम्रो समाज, नेपाल सरकार, राज्य र हामी पनि कुनै रूपबाट दोषी छौँ नै ।
आजका नाबालक र किशोरीहरू भोलिका महान् आमाहरू हुन् । भोलिका सबै आमाहरू मानव जातिकै सृष्टि थाम्ने र विश्व हाँक्ने विपुल कडीहरू हुन् । आजका बालिका, किशोरी र युवतीहरू जोगिएनन् भने भोलिका महान् आमाहरू पनि जोगिँदैनन् । भोलिका आमाहरू जोगिएनन् भने मानवजातिको सृष्टि नै समाप्त हुनेछ । शालीनले लिएको कठोर बाटोको अप्रिय निर्णयले दिएको होस् वा हिजो तपाईँहरू जस्तै किशोरी नमिता,सुमिता, निरा, निर्मला पन्त, एवम् भागीरथीहरू माथिका जधन्य अपराधरूले दिएको एउटै सन्देश नै यो हो ! उनीहरूलाई न्याय आवश्यक छ । न्यायको स्पष्ट र निर्मम बाटो खोजिनुपर्दछ । यो अब रोकिनुपर्छ।
यसको एउटै समाधान हुन्छ ; अध्यात्मिक अभियान— आफूलाई र अरूलाई हृदयबाट माया गर्ने, ध्यानमा गएर जीवनलाई बुझ्ने, आत्मा-परमात्मालाको ज्ञान प्राप्त गर्ने, आफ्नो क्षमताको पहिचान गर्ने, अन्तर्दृष्टिबाट अर्को शरीरमा परमेश्वरको स्वरूप देख्न प्रयत्न गर्ने—चाहे नारी होस् वा पुरुष ।
नारीलाई देवीका रुपमा व्यवहार गर्ने उनीहरूलाई त्यसै रूपमा सम्मान गर्ने र उनीहरूबाट देवीको व्यवहार पाउने हाम्रो शास्त्रीय अभ्यास र नैतिक शिक्षा हामीले पूरै भुलिसकेका छौँ । समाज पूरै भौतिक र पदार्थको सुखलाई सुख मान्न उद्दत भइरहेको छ । मानवजातिको पतनको यो बाटोलाई हामीले बन्द गर्न अब ढिला हुन लागिसकेको छ । आम रुपमा यो चेतना हामीमा जागृत हुनुपर्ने बेला भइसकेको छ । यसमा हामी सबै जुट्नु आवश्यक भइसकेको छ । यो हाम्रो मानव हुनुको कर्तव्य हो पशुको जीवन मावन शरीरमा कति पुस्तासम्म हामी यसरी बाँच्ने र रु हामी कसैलाई पनि अत्याचार सहिरहने छुट छैन, अत्याचारमाथि मौन भएर बस्ने कुनै छुट छैन । हरेक किशोरीहरू हाँस्दै फुल्न र पूर्ण फक्रन पाउनुपर्छ ! जगतका जननी महान् आमाहरू सबैका लागि सधैँ हाँसेर खुशीसँग बाँच्न पाउनुपर्छ । यही मान्यतामाथि उभिएर नारीको सम्मानमा केही पहिले नै रचिएको यो कविता प्रिय शालीन लगायत सबै आदरणीय महिलाहरूलाई आज महिला दिवसमा ससम्मान समर्पण गर्दछु ।
तपाईँहरूको प्रेम, आशीर्वाद र सहभागिताको अपेक्षा ।
नारी सृष्टि र सृजना
नारी
छोरी हुन्, दिदीबहिनी र भान्जी हुन्
उनी मातृशक्ति हुन् आमा हुन्
धेरै धेरै भूमिका र हैसियतकी
एउटै तत्व उनी नारी हुन्
अझ उनी
नारी स्वरूपा दिव्यतत्व देवी हुृन् !
नारी प्रेम र सद्भाव हुन्
खुसी र हाँसो हुन्
शक्ति र पूजा हुन् ।
नारी सृष्टि र सृजना हुन्
यसका स्वयं स्रोत हुन् !
छोरीलाई साथी बनाएर हेर
मायाँ गरेर हेरघभ
खुसी बाँढेर हेर
उत्साह र उमङ्ग दिएर हेर !
तिमी सबथोक पाउने छौ ! सबथोक
ए, छोरीलाई
अपहेलना गर्ने समाज !
संवेदित भएर सुन !
छोरी कुनै
भ्रूणमा नै अन्त्य गरिने जीवन होइन
बहिस्कार गरिने पहिचान होइन
हेला गरिने जात होइन
भेदभावको वस्तु होइन
बलात्कृत हुने शरीर होइन
हो बलात्कृत हुने शरीर होइन उ
छोरी मनोरञ्जनकी साधन होइन उ
उनको जीवन कसैको खेलौना होइन
बजारमा किनबेच गरिने कुनै बस्तु होइन उ !
नारीको जीवन तडपाई तडपाई मर्न बाध्य गराइने चीज होइन
नारी कुनै कमजोर तत्व होइन ।
नारी सृष्टिकर्ता हुन्
मस्तिष्ककी ऊर्जा हुन्
हृदयकी स्पन्दन हुन्
जीवनकी गति र प्रगति हुन् !
तिमीले
कसैकी छोरीको गर्भबाट जन्म लियौ
दशधारा दुध पिउँदै हुर्कियौ
ंसम्मान गर प्रत्येक नारीलाई ।
कोही किन छोरीको अपमान र हेला गर्दै
अति नै बोझ मान्दै
मार्न खोज्दैछन् ?
दासत्वका जन्जिरले बाँध्न खोज्दैछन् ?
तिनको अस्तित्व सिध्याउन खोज्दैछन् ?
अब
विवेकहीन मार्ग त्यागी
सत्मार्ग बाट
हरेक छोरीलाई हिम्मत दिऊँ
सुरक्षित भविष्य दिऊँ
साहस दिऊँ
उनलाई जुझारु बनाऊँ
नारी आदिशक्ति हुन् !
हर सृष्टिका अतीत हुन् ।
सबै सम्भावनाको पृष्ठभूमि हुन्
नारी वर्तमान र भविष्य हुन् !
नारी हरेक सफलताका सहकर्मी हुन
राष्ट्र हाँक्ने शक्ति हुन्
विश्वका नायिका हुन्
उनी सद्भावले विश्व जित्ने पराक्रम हुन् !
नारी परिवर्तन हुन्
चमत्कार हुन्
नारी आदर्श
उनी एउटा युग हुन, एउटा युग
त्यसैले
नारीको पहिचान गरौँ
नारीको महिमा बुझौं …. !
हो नारीलाई पहिचान गरौँ उनकोे महिमालाई बुझौं …. !
उनको अतुलनीय
समर्पण र योगदानलाई
स सम्मान गरौं
किनकी नारी सृष्टि र सृजना हुन्
उनी सृष्टि र सृजना हुन् ।
प्रतिक्रिया