अमर प्रेम

इनेप्लिज २०८० चैत १ गते १०:४० मा प्रकाशित

खगेन्द्र आचार्य

बिश्वाससगै आत्मियता ,
दिलसग दिल मिलेको कथा,
यस्तै यस्तै केही अबस्य थियो,
शाहजहा र मुमताजको प्रेम गाथा ।

दुनियाबाट बिदा भएकी ,
मुमताज महारिनी को नाममा,
दुखी शाहजहाले ताजमहल,
किन बनाउने थिए होला?

मुमताज तिमीले छोडेर गएपछी ,
बिगतका पलपलका सम्झनाले,
भबिस्यका लागि साचेका सपनाले,
अब हास्न सिकायो मलाइ,

तिम्रो आत्मियता बिश्वास सम्झिदा ,
मैले रुन भुली सके मुमताज,
घाट पुग्नु पहिलासम्म,
महारानी हासी हासी दिन बिताउछु।

ए महारानी मुमताज,
तिम्रो सम्झनाको लागि ,
एउटा सुन्दर प्रेमको महल बनाएर,
ताजमहल नाम राखेर,
तिमीलाई भित्र सजाउछु।

तिमिले खोजे जति माया ,
म दिन सक्ने थिए महाराज,
मेरो भाग्य दैबले अपुरो लेखी दिए,
म तिमीलाई छोडेर पाखा लागे ।

महारानी कहिले कहिले लाग्छ,
यो राजपाटको जिन्दगी भुलेर,
अब उठ्न नसक्ने गरि ,
सुतेर नै तिमीलाई भेटन आउ ।

आखाबाट आखामा बसेको,
दिले देखि दिल साटेको,
आत्मा देखि आत्मामा गढेको,
हाम्रो छोटो सम्बन्धको प्रेम कथा,

ससारभरीका प्रेमिले देख्नासाथ,
प्रेम बिछोडको सम्झना आउने,
मुमताज हाम्रो अमर प्रेम कथा ,
एउटा ठूलो शिलामा लेखेर,
त्यस भित्र टाङ्गेपछी भेटन आउछु म ।

प्रतिक्रिया