सन्त नेता किसुनजी

इनेप्लिज २०८० चैत ८ गते ०:०९ मा प्रकाशित

अन्तरिम कालमा सन्त नेता किसुनजीलाई प्रधानमन्त्रीमा नियुक्ती गरेको थियो । त्यो अन्तरिम कालमा फाइल बोक्ने पिउन देखि मुख्य सचिवसम्म, साधारण प्रहरी देखि I.G.P. सम्म र अदालतका मुखिया, वकिल देखि जिल्ला अदालत देखि सर्वोच्च सम्म कतै पनि एक खिल्ली याक चुरोट माग्ने कोही थिएनन् । त्यो समयलाई रामराज्य आएको भन्ने गर्थे । हो पनि त्यही त्यो अन्तरिम कालको रामराज्य देखेर लोभिएका नेपाली जनताले कांग्रेसलाई रामराज्य ल्याउने पार्टी सम्झेर बहुमत दिने निश्चय गरेको होला । ठूलो बज्रपात भयो । दुःखका साथ लेख्नु पर्छ यी हरफहरु मेरा होइनन् । यहाँदेखि संयुक्त राष्ट्रसंघसम्मै समाजसेवी नाम कमाएका श्रीमान श्रीमती समेतले अन्तराष्ट्रिय सेवा पुरस्कार पाएका पूर्वी पहाडी क्षेत्रका रत्न, विकासप्रेमी श्री जगदिश घिमिरे ज्यूले लेख्नु भएको अन्तरमनको यात्रा नामको पुस्तकको पेज नं. १६५ मा लेख्नु भएको गुनासोको केही अंश मात्र यहाँ लेख्ने अनुमति चाहान्छु । आफ्‌नो गाउँको विकासमा व्यस्त रहेको बेलामा गिरिजा बाबुले जरुरी काम छ तु आउनुहोस भनेर बोलाउनु भयो । हार्न सकिन आएँ । बैठक कोठाको भित्री (गोप्यमा) लगेर भन्नु भयो – किसुनजी पनि चुनाव लड्ने भन्नुहुन्छ, तपाईले चुनाव अवधि भरी यही बसेरै जति लाख लाग्छ मसंग लिएर जसरी पनि किसुनजीलाई हराउनु पर्यो आदि यी शब्दहरुले मेरो मुटुमा ठूलो झट्काले हान्यो । मैले जवाफ दिन सकिन, अब कांग्रेसलाई अनन्त चाकरी र असिम धन भए पुग्ने रहेछ । आफ्‌नो पार्टीको गौरव इतिहास र राष्ट्रप्रेम शुन्य भएको अनुभव गरेर त्यही दिन देखि मैले जीवनभर सेवा गरेको पार्टीलाई सदाकै लागि छाडेर आफ्‌नै गाउँ फर्केर आए । फेरी मैले गिरिजालाई भेटेको छैन । चुनाव सकियो, सन्त नेताले हार्नु भो, त्यसपछिका पार्टीभित्रका कुकृत्यहरुले विपीका आदर्शलाई भन्दा गिरिजातन्त्रले राज्य चलाए पछि १) लौह पुरुष गणेशमान जी २) सन्त नेता किसुनजी ३) भुमीसुधार मन्त्री श्री जगन्नाथ आचार्यजी समेतले विज्ञप्ती निकालेर अव हामीलाई कांग्रेस भनेर हाम्रो वेइज्जत नगर, हामी अब काँग्रेस होइन भनेर छाडेपछि आज कांग्रेस हुँ भन्नेहरु व्याधाहरुकै सेवक भएर निर्वाह चलाइरहेको देखेर दुःख व्यक्त मात्र गर्न सकिनेछ । यस्को प्रमाण हेर्न दैनिक सदनमा कांग्रेसका विल्ला भिरेका विद्वान, वरिष्ठहरुका वहस पारदर्शी छन् । आ-आफ्‌नै मोबाइलमा हेर्न नविर्सनु होला । चेतना भया । रामहरी बाजे विदुर-४,

प्रतिक्रिया