अव चैं “एनआरएनए” मा स्वास्थ्यवर्धक तवर बाट परिवर्तन सहित आवश्यक रुपान्तरण होस्

इनेप्लिज २०८० चैत २४ गते १:२५ मा प्रकाशित

खगेन्द्र अधिकारी ,संयुक्त राज्य अमेरिका, वासिंटन डि.सी.।

गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए.) को नेपाली समुदायमा षड्यन्त्रकारी र विभाजनकारी पेरि-फेरिमा नेपालको सम्मानित सर्वोच्च न्यायालयले आफ्नो न्यायिक राय सहितको दस्तावेज मार्फ़त अपमान र अहङ्कारको भावना बाट तत् तत् अनुहारहरुलाई अन्तिम पटकलाई सहजिकरण गर्दै विवाद मुक्त हुँने मौक़ा प्रदान गरेको झझल्को प्रकटीकरण भएकाले जे जस्तों दस्तावेज़ीकरण भएको भए पनि “केहि नहुनु मामा भन्दा कानो मामा हुनु बेहत्तर” भने झैं अलिकत्ती भने पनि न्याय भएको अनुभूति भएको छ।

मान्छेहरु गलत हुँदै हुँदैनन् भन्न सकिन्न। कसैलाई परिस्थितिले, कसैलाई निजी स्वार्थले त कहिले-कांही कसै-कसैलाई चैं बाध्यताले पनि गलत बनाउँन सक्छ।

नेपालको सम्मानित सर्वोच्च अदालतका माननीय न्यायाधीश श्रीमान द्वय सपना प्रधान मल्ल र नहकुल सुवेदी ज्यूको संयुक्त इजलासले अन्तिम सुनुवाई गरे पश्चात न्यायिक फैसलाको निर्देशित न्याय निरुपणमा आवश्यक निर्णय गर्दै दुई दिनको राम छाँया घुमी-फेरी रुम्जाटार वनाएर पल्टन (लाहुर) तिर गएका सबै अस्थायी पल्टनेहरू (लाहुरेहरु) लाई ढिलै भए पनि संकाको सुविधा सहित आआफ्नो पूरानै गाँउ-ठाँउ तिरै बिना पेन्शन फर्काई दिएर दर्बिलो गरि टुंगो लगाउदै भागा भाग बनाई दिएको समाचार सुनेर आश्चर्यचकित नभै पूर्वानुमानमा अव चैं म पनि निश्चित भएको छु।

भविष्यमा अर्थात् आउँने दिनहरुमा चैं कम-से कम पनि विश्व भरि नै एन.आर. एन.ए. मा संस्थागत रुपमा नितान्त निस्कलंकित, निर्विवाद, नैतिकवान, चरित्रवान, ऐन, विधान, नियम, विनिमय समग्रतामा र मूलतः प्रचलित र संस्थागत क़ानून मान्ने, ईमानदार, समक्ष, निष्पक्ष, निमुखा र मर्मस्पर्शी सामाजिक सेवाका लागि भनेर सकारात्मक दृष्टिकोणबाट प्रेरित भएका भरोसा युक्त, उर्जावान र सक्रिय रुपमा गैर आवासीय नेपाली अभियानलाई साथ-समर्थन गरेका असाधारण रुपमा कामकाजी अनुभव बटुलेका समाजसेवी महानुभावहरुले नेतृत्व लिन सक्ने शुअवसर प्राप्त गर्न सकुन भन्ने कामना गर्दछु।

यद्यपि सच्चीन कोशिश गरे पछि हातलागी शून्य नै त नहोला नि भन्ने झिनो आसा समेत गर्दै स्वस्थ परिवर्तन र आवश्यक रुपान्तरणको लागि कामना गर्दछु।

साथ-साथै संस्थागत गन्तव्यमा झेलि गरेर निर्मम तवरले हस्तक्षेप गरेकाहरुको हकमा चैं १२ बर्ष कुकुरको पुच्छर ढुग्रोमा राखे पनि सिधा हुँदैन भन्ने युक्ति साबित सिद्ध नहोला भन्न कठीन नै हुन्छ। किनकि ति पात्रहरुको बानि-व्यहोरा त्यहिं हो, बुद्धि र विवेक पनि पुरानै छ, हठवादी पनि त्यहिं नै छ, घमन्ड र वितंडा ऐजन ऐजन नै जीबन्त छ, आरीसे र मैमत्ता पन, स्वभाव, बानी-व्यहोरा पनि पुरानै र उस्तै भए सम्म भरोसा गर्न त के आसा गर्न पनि मुश्किल त छदैं छ। यद्यपि सच्चीन कोशिश गरे पछि हातलागी शून्य नै त नहोला नि भन्ने झिनो आसा समेत गर्दै स्वस्थ परिवर्तन र आवश्यक रुपान्तरणको लागि कामना गर्दछु।

वर्तमान गैर आवासीय नेपाली संघको परिप्रेक्ष्यमा किटेरै भन्नु पर्दा, एकैपटक धुरिमा पुगेर सप्तरंगी रङ्गिनले छाउन खोज्ने कठिन जिन्दगीमा सर्वप्रथम तः विधि पूर्वक र संस्थागत रुपमा उकालि-ओराली हुँदै सत्यको गन्तव्यमा पुग्नलाई सत्कर्म, सद्बबिस्वास, सदाचार, निरन्तर परिश्रम, सुख- दुःख, मेहनत, आत्मबीश्वास, दृढअठोट र दूरदर्शी संकल्प लिएर अघीबढ्नु बढ्नु पर्दछ, यस पश्चात मात्र अबस्य पनि सफलता मिल्नेछ भन्ने बिस्वास लागेको छ।

मूर्खतापूर्ण निर्णयको परिणाम अन्ततोगत्वा गर्ल्याम-गुर्लुम नै हुँने हो।

जग कमजोर छ भन्नेमा एकिन हुँदा हुँदै तला थप्नु भनेको मूर्खतापूर्ण निर्णय हुनेछ। मूर्खतापूर्ण निर्णयको परिणाम अन्ततोगत्वा गर्ल्याम-गुर्लुम नै हुँने हो। निर्धारित निर्माण विधि र सुरक्षा विधिको बिपरित अनेक तानाबाना सहित कमजोर जग हालेर रंगिन, दुनियादारी र नक्कली तलाहरु थप्नु भनेको नै पटमुर्ख भै जीवन वर्वादी गर्ने कसरत हो भनेर बुझ्न पनि धेरै नै जरुरी हुनेछ।

मान्छेहरु गलत हुँदै हुँदैनन् भन्न सकिन्न। कसैलाई परिस्थितिले, कसैलाई निजी स्वार्थले त कहिले-कांही कसै-कसैलाई चैं बाध्यताले पनि गलत बनाउँन सक्छ।तर “एनआरएनए” को सन्दर्भित हालको विषयमा चैं संस्था भित्र अवैधानिक सोच, सस्तो लोकप्रियता र यसको अनावस्यक बाज़ारीकरण, व्यक्तिगत लोभ-लालच, वितंडा अनावश्यक खटर-पटर, अदूरदर्शि कार्यक्रम, घृणित र अल्पसंख्यक बाहुल्यतामा आधारित कमजोर परिदृश्यहरुका कारण सम्मानित सर्वोच्च अदालत बाट सबै गलत र निराशाजनक प्रदर्शनहरुलाई रोकेर वास्तविकतामा आधारित परिदृश्यहरुको जोह गर्नका लागि न्यायिक निरुपण मार्फ़त स्वतंत्र, प्राकृतिक प्रकृतिको र जहाँ सम्म सबैलाई मान्य हुने फ़ैसला संप्रेषण गरेको हो भनेर सकारात्मक दृष्टिकोण बाट मेरो बुझाई पनि एकिन भएको अनुभूति गरेको छु।


धन्यवाद, आगे आपकी मर्ज़ी।

लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित साथै ईमानदार सामाजिक अभियंताका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ।

प्रतिक्रिया