अमेरिकाको मेरिल्याण्ड राज्यले गलत तरिकाले तीन दशक भन्दा ज्यादा कारागारमा सजाय पाएका एक व्यक्तिलाई ३० लाख डलर भन्दा बढी क्षतिपूर्ति दिने भएको छ ।
मेरील्याण्डका अधिकारीहरूले गलत तरिकाले हत्याको दोषी ठहरिए पछि ३१ वर्ष भन्दा बढी कारागारमा बिताएका एक व्यक्तिको लागि ३० लाख डलर भन्दा बढीको क्षतिपूर्ति स्वीकृत गरेका छन् । बुधबार क्षतिपूर्ति स्वीकृत गरिएको हो ।
मेरिल्याण्डका गभर्नर वेस मूरले ग्यारी वाशिंगटनलाई सार्वजनिक कार्यकारी समितिको बैठकमा माफी मागे र क्षतिपूर्ति स्वीकृत गरिएको थियो ।
“सम्पूर्ण राज्यको तर्फबाट न्याय प्रणालीको असफलताको लागि म माफी चाहन्छु,” मूरले भने। वाशिंगटन त्यो समयमा केवल २५ बर्षका थिए । उनलाई १९८७ मा प्रथम श्रेणीको हत्या र एक वर्ष अघि फहीम अलीको घातक गोलीबारीमा बन्दुक अपराधमा दोषी ठहर गरिएको थियो ।
मूरका अनुसार कुनै भौतिक प्रमाणले उनलाई हत्यासँग जोडेको छैन। धेरै साक्षीहरूका अनुसार उनले बन्दुक चलाएका थिएनन । वाशिंगटन अहिले ६३ बर्षका भए । उनलाई सन् २०१८ मा रिहा गरिएको थियो ।
प्रतिक्रिया