अमेरिकाको भर्जिनिया राज्यमा २ जना निर्माण मजदुरहरुलाई गोली हानेर आत्मरक्षा दाबी गर्ने व्यक्तिलाई दुईवटा हत्यामा दोषी ठहर गरिएको छ ।
उत्तरी भर्जिनियाको एक निर्माण स्थलमा एक व्यक्ति र तिनको सौतेनी छोरालाई गोली हानेर आफै आत्मरक्षा दाबी गर्ने व्यक्तिलाई दुईवटा हत्यामा संलग्न भएको र दोषी पाइएको एनबिसीवाशिंगटनले जनाएको छ ।
अभियोजकहरूका अनुसार २९ वर्षीय फ्रान्सिस रोज जुलाई २०२२ मा एसेम्बली अपार्टमेन्ट(आवासगृह)मा गएको र उनले दुईवटा घरहरूमा तोडफोड गरे। त्यसपछि लुकेर बाहिर ४८ वर्षीय एड्रियन रिवेरा गुजम्यान र २४ वर्षीय जुआन कार्लोस अमाया हर्नान्डेजको हत्या गरेका थिए ।
रोजको रक्षा टोलीले उनीहरूको ग्राहकले पुरुषहरूलाई मारेको स्वीकार गरे तर कामदारहरूले रोजलाई गोली हानेर आक्रमण गरेको दाबी गरे।
प्रत्यक्षदर्शीहरूले बताए अनुसार उनीहरूले बन्दुकको गोली सुने। तर उनीहरुले एक पीडितलाई पहिले नै गोली लागेको र दोस्रो व्यक्तिलाई पनि गोली हान्नु अघि बन्दुकधारीबाट बन्दुक हटाउन संघर्ष गरिरहेको बताए ।
रोजले गोली हानाहान गर्नुअघि नजिकै चोरी गरेको समेत प्रहरीले जनाएको छ।
बिहीबार समापन तर्कमा अभियोजकहरूले कसरी एउटी आमाले आफ्नो जीवन साथी तथा छोरा दुवैलाई गोली हानेर गुमाइन भनेर ब्याख्या गरे । त्यहा रहेका निर्णायक मण्डल तथा न्यायाधिशहरु भावुक भएका थिए ।
प्रतिक्रिया