अमेरिकाको मेरिल्याण्ड राज्यको आवासगृह भवन (अपार्टमेन्ट बिल्डिंग )भित्रै नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टी प्रहरी विभागले गत महिनाको अन्त्यमा मेरिल्याण्डको रकभिलमा रहेको एक नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक ३३ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ ।
एरिक बेकनलाई प्रथम श्रेणीको बलात्कार र चोरीको आरोपको सामना गरिरहेको मोन्टगोमेरी काउन्टी प्रहरीले एक समाचार विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रहरीका अनुसार जब पीडित बुधवार अप्रिल २४ का दिन ३ बजे आई पुगिन अन्वेषकहरूले बेकन फ्रेडरिक सडकको १५००० भवनसमूहकोआवासगृह भित्र नै रहेको बताए।
बेकनले नाबालिगलाई यौन दुर्व्यवहार गरे र भागे , प्रहरीले भने। पीडितको दाई जव करिब चार घण्टा पछि घर आए र बेकनलाई अझै घर बाहिर देखेको डब्लुटिओपीले जनाएको छ ।
बेकनलाई आवासगृह भवनबाट अज्ञात रकम चोरी गरेको आरोप पनि लगाइएको छ। दुई दिन पछि शुक्रवार अप्रिल २६ का दिन बिहान ५ बजे प्रहरीले नियमित गस्तीको क्रममा बेकनलाई उक्त आवासगृह भन्दा नौ भवनसमूह (ब्लक) टाढा, फ्रेडरिक रोड(सडक)को १५९०० बाट हिरासतमा लिए ।
अन्वेषकहरूका अनुसार अझै थप पीडित हुन सक्ने भएकोले जानकारी भएका जो कोहीलाई पनि बाल शोषण इकाईलाई २४० ७७३ ५४०० मा खबर गर्न आह्वान गरिएको छ । साथै मोन्टगोमेरी काउन्टीको अपराध समाधानकर्ताहरूलाई १ ८०० ४११ ८४७७ मा सूचना दिन सकिने प्रहरीले बताएको छ ।
तस्बिर कृतज्ञता : मोन्टगोमेरी काउन्टी प्रहरी बिभाग
प्रतिक्रिया