ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा पराजित ,जोनी ओसेस्की बिजयी

इनेप्लिज २०८१ जेठ २ गते १०:४३ मा प्रकाशित

नेपाली मूलका बिधान सभा सदस्य अर्थात् सांसद ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा पराजित भएका छन् । गत मे १४ मंगलबारका दिन सम्पन्न प्राथमिक निर्वाचनमा होमिएका भण्डारी यस पटक बाजी मार्न सकेनन ।

भण्डारी अझै पनि मेरिल्याण्ड राज्यका क्षेत्र ८ का बिधान सभा सदस्य हुन् । उनि मेरिल्याण्ड राज्यको तर्फबाट अमेरिकी संसदका लागि उम्मेदवार भएका थिए ।

उनि मेरिल्याण्ड राज्यको चुनाव क्षेत्र संख्या २ का लागि मैदानमा उत्रिएका थिए । सक्दो प्रयास गर्दा पनि मत अपेक्षा जस्तो मत उनको पक्षमा झरेन र उनि उप बिजेता भएका छन् ।

यस क्षेत्रको लागि जोनी ओसेस्की जुनियर बिजयी भएका छन् । उनि बाल्टीमोर काउन्टीका काउन्टीका कार्यकारी हुन् । अब आगामी नोभेम्बरमा हुने निर्वाचनमा उनि डेमोक्र्याटको तर्फबाट रिपब्लिकनको उम्मेदवारसँग भिड्ने छन् । तर यो क्षेत्र दशकौ देखि डेमोक्रयाटले जित्दै आएको छ । जोनी ओसेस्की जुनियर २०२५ को लागि अमेरिकी संसदको सांसद पदका उम्मेदवार भएका छन् ।

उनले जल्ला २ मा भएको प्राथमिक निर्वाचनमा ७८ % मत ल्याई बिजयी भए भने ह्यारी भण्डारीले ९ % मात्र मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया