अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा लागूऔषध कारोबारको क्रममा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन् ।
प्रहरीले बताए अनुसार बुधबार बिहान सेन्टरभिलको एक बिशाल बजार (शपिङ सेन्टर)को सवारी साधन अड्डा( पार्किङ)मा भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
एनबिसी४ का अनुसार मृत्यु हुने व्यक्तिको नाम तत्काल खुलाइएको छैन ।
लगभग बिहान ९:३० बजे फेयरफ्याक्स काउन्टी प्रहरीहरुलाई ली हाइवे राजमार्ग (राजमार्ग २९ ) को १४,६०० भवन समूह बोलाइएको प्रहरीले एक पत्रकार सम्मेलनमा बताए ।
प्रहरी अधिकारीहरूले एक जना मानिसलाई गोली लागेर मृत्यु भएको र दोश्रो व्यक्तिलाई बन्दुकको गोली लागेर ज्यान जोखिममा पार्ने चोटपटक लागेको अवस्थामा भेट्टाएका थिए । दोस्रो व्यक्तिलाई अस्पताल लगिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार गोली प्रहार लागुऔषध कारोबारको सम्बन्धमा भएको र ती पुरुषले एक अर्कालाई गोली हानेको हुनसक्ने अनुमान गरिएको छ । उक्त क्षेत्रका एक व्यक्तिले आफूले नौ गोली चलेको सुनेको बताए ।
अर्को व्यक्तिले गोलीहरू चलेको सुने र त्यसपछि एक व्यक्तिलाई सवारी साधन अड्डा (पार्किङ)मा भुईमा लडिरहेको देखे। “म धेरै डराएको थिएँ,” उनले भने।
प्रतिक्रिया