अमेरिकाको मेरिल्याण्ड राज्यको बेथेस्डा-चेवी चेस बिद्यालयमा बमको धम्कीको कारण तालाबन्दी पश्च्यात प्रहरीहरुले गरेको खोज तलास पछि कुनै खतरा फेला नपरेको प्रहरीले बताएको छ । बिद्यार्थी तथा शिक्षकहरु सकुसल तथा सुरक्षित रहेका छन् । कुनै अप्रिय घटना घटेन ।
मोन्टगोमेरी काउन्टी प्रहरी विभागका अनुसार बिहीबार कथित धम्कीको सूचना आएपछि मोन्टगोमेरी काउन्टी हाई स्कूल(उच्च माध्यमिक बिद्यालय)लाई तालाबन्दीमा राखिएको थियो।
प्रहरीका अनुसार कसैले बेथेस्डा-चेवी चेस बिद्यालयमा धम्की दिएका थिए तर विशेष हतियार तथा रणनीति प्रहरी टोली (स्वाट युनिट )त्यहाँ पुगेर जाँच गरे पछि टोलीले कुनै चीज फेला नपारेको एबिसी७ ले जनाएको छ ।
दिउँसो १:३० बजे अधिकारीहरूले स्थितिको अनुसन्धान गरेपछि धम्की निराधार भएको एबिसी७ लाई बताए । अनुसन्धान पछि विद्यार्थीहरूसँग पुनर्मिलन गर्न अभिभावक तथा परिवारहरूले उनीहरूलाई ८००८ न्यूडेल सडकको लिनब्रुक स्थानीय उद्यान (पार्क) भेट्न सक्ने मोन्टगोमेरी प्रहरी बिभागले जनाएको छ ।
प्रतिक्रिया