अमेरिकाको वेस्ट भर्जिनियाका उम्मेदवारलाई चुनाव प्रचार प्रसार सामग्रीहरू हटाउने क्रममा सर्पले टोकेपछि अस्पताल भर्ना

इनेप्लिज २०८१ जेठ ४ गते १:३१ मा प्रकाशित

अमेरिकाको वेस्ट भर्जिनिया राज्यका उम्मेदवारलाई चुनाव प्रचार प्रसार सामग्रीहरू हटाउने क्रममा सर्पले टोकेपछि अस्पताल भर्ना गरिएको छ ।

वेस्ट भर्जिनिया राज्य सचिवका लागि उम्मेदवार भएका डग स्काफ चुनावी प्रचार चिन्हहरू हटाउने क्रममा सर्पले टोकेको कारण अस्पतालमा भर्ना भएको बताएका छन् ।

उनको बायाँ खुट्टा र दाहिने खुट्टामा गत बुधवार डनभिलको राजमार्ग ११९ नजिकै उनलाई सर्पको टोकेको हो । सर्पले टोके पछि यात्रुहरूले आकस्मिक चिकित्सा सेवालाई बोलाएका थिए । दक्षिण चार्ल्सटनका बासिन्दाका अनुसार उनी केही दिन चार्ल्सटनको अस्पतालमा रहने भएका छन् ।

स्काफ गत मंगलबार रिपब्लिकनका रूपमा राज्य सचिवका उम्मेदवार थिए तर उनि क्रिस वार्नरपछि पराजित भएका थिए ।

प्रतिक्रिया