“झक्कास् माया” नामक गीतमा बाल्टिमोरका कलाकारद्वय दम्पत्ती अन्सुया श्रेष्ठ वन्त तथा ध्रुब वन्तको अभिनय सहितको श्रब्यदृश्य(भिडियो) सार्वजनिक

इनेप्लिज २०८१ जेठ ४ गते १३:२० मा प्रकाशित

नेपालका चर्चित गायक सत्यराज आचार्य तथा गायिका बुनु उप्रेतीले गाएको “झक्कास् माया” नामक गीतमा मेरिल्याण्ड बाल्टिमोरका दम्पत्ती कलाकार द्वय अन्सुया श्रेष्ठ वन्त तथा ध्रुब वन्तको अभिनय सहितको श्रब्यदृश्य(भिडियो) सार्वजनिक भएको छ ।

मे १७ ,२०२४ का दिन “झक्कास् माया नामक गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा सत्य राज स्वरुप तथा बुनु उप्रेतीको स्वर रहेको छ । शब्द तथा सङ्गीत सत्य स्वरुपको रहेको छ । उक्त गीतको निर्मात्री अन्सुया श्रेष्ठ वन्त हुन् । दम्पत्ती दुवैले अभिनय गरेका छन् ।

गीतको निर्देशन मौसम हिमालीको रहेको छ । नेपाली चलचित्र लक्का जवानका श्रीमान श्रीमती जोडीद्वारा अभिनीत यो पहिलो संगित श्रब्यदृश्य (भिडियो )हो । दुवै जना समाज सेवीको साथै सफल व्यवसायी पनि हुन् ।

हेर्नु होला र प्रतिक्रिया दिनु होला :

प्रतिक्रिया