अमेरिकाको मेरिल्याण्ड राज्यको जर्मनटाउन (शहर)स्थित पशुपति बुद्ध मन्दिरमा २५६८ औ बुद्ध जयन्ती मनाइने भएको छ । नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसिसि )को प्राङ्गण तथा परिसरमा आगामी मे २३ का दिन २५६८औ बुद्ध जयन्ती मनाइन लागिएको हो ।
अमेरिका नेपाल परम्परागत बुद्ध धर्म संघ मेरिल्याण्ड तथा नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसिसि )को सयुक्त आयोजनामा उक्त कार्यक्रम हुनेछ । प्रार्थना र धर्म उपदेश ६ देखि ८ बजे साँझ हुने छ भने ८ देखि ८:३० सम्म प्रसाद वितरण गरिने छ ।
बौद्ध धर्म गुरु खेम्पो पेम छिरिङ्ग शेर्पाद्वारा धर्मदेशना दिनु हुने अमेरिका नेपाल परम्परागत बुद्ध धर्म संघका महासचिव तथा कार्यक्रमलाई समन्वय गरि रहेका प्रविन ताम्राकारले ईनेप्लिजलाई बताए । कार्यक्रमको लागि ५:३० देखि ६:०० बजे सम्म सबैलाई उपस्थितिको लागि आह्वान गरिएको छ ।
बिस्तृत जानकारी लिन चाहेमा अमेरिका नेपाल परम्परागत बुद्ध धर्म संघका अध्यक्ष प्रज्ञा ताम्राकारसंग लिन सकिने छ ।
बिवरणः
2568th Buddha Jayanti Celebration
Thursday, 5:30 pm EST
NECC, 11650 Snowden Farm Parkway
Germantown, MD 20874
आयोजक : NECC & ANPBDS
गतिविधि : Prayers, परिक्रमा , घर्मदेशना, Blessings, धार्मिक पुस्तक वितरण & Prasad.
प्रतिक्रिया