अमेरिकाको भर्जिनिया राज्यको चर्चित हर्न्डन शहरको लागि नेपाली मूलका प्रदीप ढकालले औपचारिक रुपमा नगर प्रमुख(मेयर)को उम्मेदवारी घोषणा गरेका छन् । गत मे १८ ,२०२४ शनिबारका दिन स्थानीय,राज्य तथा संघीय जनप्रतिनिधि,नेपाली समुदाय ,विभिन्न पेशा तथा विभिन्न संघ/सँस्थाका प्रतिनिधिहरुको उपस्थितिमा औपचारिक घोषणा गरे ।
यस अगाडि हर्न्डन शहरमै ढकालले तीन पटक नगर परिषद सदस्य (काउन्सिल मेम्बर) रुपमा काम गरिसकेका छन् ।
उनले हर्न्डन शहरलाई नयाँ ढंगले नेतृत्व गरेर आधुनिक युग अनुसारको प्रविधि ,रोजगारी, ब्यवसाय, रोजगारी, सहकार्य र सहभागिताको आधारमा अगाडि बढाउने बताए ।
उनलाई दर्जनौं जनप्रतिनिधिहरुले समर्थन गरेका छन। थुप्रै जनाले उनलाई शुभकामना समेत दिए ।
घोषणा कार्यक्रम हर्न्डन शहरकै आर्ट्स हर्न्डन भन्ने सभाकक्षमा दिउसो ४ देखि ६ बजे सम्म आयोजना गरिएको थियो । भर्जिनियामा मै अध्ययन गरेका ढकाल सूचना प्रविधि(आईटि)का विशेषज्ञ पनि हुन् ।
उक्त शहरमै विविधता, निष्पक्षता तथा समावेश समितिका सभापति , फेयरफ्याक्स काउन्टी आर्थिक सल्लाहकार आयोग सदस्य, म्याक्सिमस संघीय सेवाका पूर्व सूचना प्रविधि प्रबन्धक (आईटी मेनेजर) ,नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)का पूर्व कार्यकारी सदस्य भै समुदायमा पनि उल्लेख्य काम गरि सकेका छन् ।
नेपाली अमरिकीहरुको इतिहासमै अमेरिकी मुलधारको राजनीतिमा सर्वप्रथम स्थानीय स्तरमा उप नगर प्रमुखमा निर्वाचित हुने किरण सिटौला हुन् । उनले अमेरिकामा खाता खोले पछि अहिले करिव आधा दर्जन भन्दा ज्यादा बिभिन्न राज्यहरुमा स्थानीय तथा राज्य स्तरमा निर्वाचित भै काम गरि रहेका छन् ।
तर अमेरिकी इतिहासमै अमेरिकाको मेरिल्याण्ड राज्यबाट मुलुक बाहिर पहिलो सांसद पदमा निर्वाचित हुने ह्यारी भण्डारी हुन् । अमेरिकामा कुनै पनि गाउँ तथा शहरमा कुनै पनि नेपाली अमेरिकीहरु नगर प्रमुखमा निर्वाचित भएका छैनन । उनि निर्वाचित भएमा फेरि अर्को इतिहास कोरिने छ ।
तस्बिर : सहदेव पौडेल
प्रतिक्रिया