डिसी प्रहरी चौकी नजिक प्रहरी माथी गोली प्रहार

इनेप्लिज २०८१ जेठ ७ गते १८:४२ मा प्रकाशित

अमेरिकाको राजधानी वॅासिगटन डिसी प्रहरी चौकी नजिक प्रहरी माथी गोली प्रहार भएको एनविसि४ न्यूजले जनाएको छ ।

उत्तरपश्चिम डिसिको एक प्रहरी चौकी बाहिर एक डिसी प्रहरी अधिकारीलाई गोली हानी घाइते बनाएको समाचारमा उल्लेख छ । सोमबार दिउसो गाडीबाट सॅदिग्ध व्यक्ति गाडीबाट निस्केर गाडीमा वसेका प्रहरीलाई गोली हानेका थिए।  

महानगर प्रहरी प्रहरी विभागको चौथो जिल्ला चौकी ६००१ जर्जिया पथमा गोली चलाएको समाचारमा जनाईएको छ । 

अधिकारी गम्भीर घाइते भएका छन् र उनलाई अस्पताल लगिएको छ। गोली सिसाबाट छिरेर प्रहरीलाई लागेको र प्रहरी केही दूरी सम्म चलाएर आए पछि उनलाई अस्पताल लगिएको छ ।

प्रहरीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रहरीले यसै सिलसिलामा मेरील्याण्डमा दुईजना सॅदिग्धहरुलाई ल्याण्डओभरमा हिरासतमा लिईएको छ । 

प्रतिक्रिया