दोश्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न

इनेप्लिज २०८१ जेठ ७ गते २२:५७ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थित सिसीबिसी क्याटोन्सभिल कम्युनिटी कलेज जिमनाजीएम बाल्टिमोरमा “दोश्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता” भव्यताका साथ सम्पन्न भएको छ ।

गत मे १८ शनिबारका दिन प्रतियोगिता सफलतापूर्वक समापन गरिएको छ ।

संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरु ,कोलम्बिया तथा बंगालदेश सहित ४१ वटा खेल टोली तथा ५०५ जना खेलाडीहरुले सहभागिता लिएको उक्त प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वर्ड क्लास तेक्वान्दो संचालक वरिष्ठ मास्टर कुमार कार्कीले जानकारी दिए ।

यस बर्ष खुला बिभाजन तर्फ पेन्सेलभेनियाको हिङ्गम्याङ्ग तेक्वान्दोले २८ वटा स्वर्ण,२८ वटा रजत तथा २४ वटा कास्य पदक सहित टोली प्रतियोगिता बिजयी बन्न सफल भएको छ ।

त्यस्तै पेन्सेलभेनियाको युनाइटेड एवरेस्ट तेक्वान्दो टोलीले २५ वटा स्वर्ण,२१ वटा रजत तथा १७ वटा कास्य पदक जित्न सफल भएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा अमेरिका,नेपाल र कोरियाको राष्ट्रिय गान बजाईएको थियो । एवरेस्ट तेक्वान्दो बाल्टिमोरका खेलाडीहरुले नेपाली नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै गरि वर्ल्ड क्लास डिभिजन(बिश्व श्रेणी बिभाजन)मा पेन्सेलभेनियाको सोस तेक्वान्दोले २० वटा स्वर्ण ,५ वटा रजत तथा ३ वटा कास्य पदक जित्न सफल भएको छ ।

मेरिल्याण्डको युएस तेक्वान्दोले १५ वटा स्वर्ण , ९ वटा रजत तथा ७ वटा कास्य पदक सहित मोडेल स्कुल अफ द इयर ( बर्षको नमुना तेक्वान्दो बिद्यालय )को पदक जितेको छ ।

उक्त प्रतियोगिताका लागि ७ जना अन्तर्राष्ट्रिय निर्णायक तथा २५ जना राष्ट्रिय निर्णायक (रेफ्री)हरु रहेका थिए । प्रतियोगितामा सम्पन्न पश्चात मास्टर कुमार कार्कीले ग्रान्डमास्टर एचके ली ,मेरिल्याण्डका बिधान सभा सदस्य विशेष ह्यारी भण्डारी, विशेष अतिथि राष्ट्रिय खेलकुद परिषद् नेपाल तथा नेपाल तेक्वान्दो संघका कार्यकारी सदस्य नन्दा बस्याल, बंगलादेश तेक्वान्दो महासंघका महासचिव मास्टर महमुदुल इस्लाम राना लगायत सबैलाई बिशेष धन्यबाद दिएका छन् ।

प्रतिक्रिया