साहित्य पोष्टको शुभारम्भको दिन आफ्नो रचना प्रकाशित भएको चार वर्ष पुग्यो भन्दा म आफैंलाई आश्चर्य
लागिरहेछ, चार बर्ष कति छिटो बितिसकेछ ।
त्यो भन्दा सुखद पक्ष आज नेपाली भाषी साहित्यकार र साहित्यप्रेमी माझ यो पत्रिकाले पहिचान पु-याएको छ ।
हरेक दिन साहित्यिक समाचार पस्कनु, साहित्यका बिबिध बिधाका रचनाहरु पस्कनु र ती सारा रचना नि:शुल्क
सुलभ ढङ्गले पढ्न पाउनु संसारभरिका नेपाली भाषीका पाठकका लागि स्वाभाविक रुपले सुखद पक्ष हो । अझ हरेक
हप्ता हामीलाई प्राप्त साताका पुस्तक नबप्रकाशित पुस्तकका लेखकहरुका लागि सुन्दर मञ्च हो जहाँ
साहित्यपोष्टको कार्यालयमा पुगेको किताबको छोटो परिचयसहित किताबको संकषिप्त चिनारी प्रस्तुत गरिएको हुन्छ
।
हरेक दिन साहित्यका बिबिध विधाका रचनाहरु सम्पादन गरी, लागि आकर्षक डिजाइनमा अनलाईन पोर्टलमा प्रस्तुत
गर्नु एउटा कर्मप्रतिको प्रतिबध्दताको परिचायक र दृष्टान्त हो । यो सहज छैन । त्यसैले त साहित्य केन्द्रित
अनलाइन पोर्टलहरु उदाउँदै अस्ताउँदै गरे । तर साहित्यपोष्टले डटेर चार बर्ष पूरा गर्न सक्षम भएको छ । एकाधपल्ट
प्राबिधिक समस्या परेको बाहेक साहित्यपोष्ट हरेक दिन, हरेक हप्ता, नित्य निरन्तर चालु छ । मानिसहरुलाई हातमा
मोबाइल खेलाउँदै साहित्यपोष्ट पढ्ने बानी पर्न थालेको छ । आफ्नो रचना साहित्यपोष्टमा प्रकाशित गर्न उदियमान
र स्थापित साहित्यकारहरु समेत स्वदेश बिदेशबाट ईच्छुक देखिनु साहित्यपोष्टसहित आम पाठकका लागि पनि
सुखद कुरा हो ।
साहित्यपोष्टको अङ्ग्रेजी संस्करण पनि शुरु भएपछि अङ्ग्रेजी भाषामा लेख्ने तथा अङ्ग्रेजीमा अनुवाद भएका सामाग्री
अङ्ग्रेजीबाडी पाठकसम्म पुग्न सकेको छ । साथै नेपाली साहित्य गैर नेपाली संसारमा पु-याउन यसले महत्वपूर्ण
भूमिका खेल्नेमा कुनै दुविधा छैन । सिधै अङ्ग्रेजी भाषामा लेखपढ गर्ने नेपाली मूलका पाठकहरुलाई यसले नेपाली
साहित्यको झल्को देखाउन मद्दत गर्न सक्ने कुरा स्तुत्य हो ।
०००
साहित्यपोष्टको माध्यमबाट उत्तम पुरस्कारको स्थापना एउटा नवीन घुम्ती सावित भयो । यो पुरस्कार हाल तीनवटा
पुगेको छ । बर्षेनी पहिलो पुस्तकका लागि प्रदान गरिने उत्तम पुरस्कार काब्य, आख्यान र गैरआख्यान तीन क्षेत्रका
प्रतिभालाई प्रदान गरिन्छ । साहित्यमा विशेष नबप्रवेशीका नै प्रथम पुस्तक हुन्छन्, एकाध पुस्तक प्रकाशित नगरेका
पुराना लेखकहरु अपवादका रुपमा भए पनि । यो पुरस्कारले साहित्यमा नव प्रवेशीलाई प्रोत्साहनको काम गरेको छ ।
शुरुमा कृतिहरुको लामो सूचि, त्यसपछि छोटो सूचि गर्दै अन्तिम बिजेताको घोषणाहुँदासम्मका कालखण्ड पुरस्कारको
चर्चामय समय खण्ड हुन्छ । यो सुन्दर र सुखद पक्ष हो
साहित्यपोष्टले संस्थागत स्वरुप विस्तार गर्दै जाँदा पुस्तक प्रकाशनमा समेत क्षेत्र विस्तार गरेको छ । देश विदेशका
साहित्यिक क्षेत्रमा लागेका तर प्रकाशनको मेलोमेसो नपाएका सर्जकका कृतिहरु प्रकाशन गरिदिएर, तिनको प्रचार
प्रसार गरिदिएर सहजिकरण गर्नु अर्को महत्वपूर्ण काम हो साहित्यिक क्षेत्रमा । त्यसले धेरै सर्जकलाई कृति
प्रकाशनको झण्झटिलो काममा राहत पुगेको छ । साहित्यपोष्टले आफ्ना प्रकाशनहरु साहित्यपोष्टका माध्यमले प्रचार
प्रसारमा समेत सहजिकरण गरिदिने हुनाले त्यो अर्को समस्याको समाधान पनि साहित्यपोष्टले नै गरिदिएको छ । र
दर्जनौं साहित्यकारहरु लाभान्वित भएको साहित्यपोष्टको पेजबाटै देखिन्छ ।
पुस्तक प्रकाशनको सन्दर्भमा प्रधान सम्पादक अश्विनी कोइरालाले चौथो बर्ष प्रवेशको अवसरमा सम्पादकीयमा भनेका
छन्, “अब हामी नवीनतम प्रविधिको प्रयोग गरेर पुरानाभन्दा पुराना र बहुचर्चित पुस्तकहरू (त्यो २ प्रति नै किन
नहोस्) ग्राहकले माग गरेको ४८ घण्टाभित्र छपाइ गरेर दिन सक्ने भएका छौँ ।” यो निकै आकर्षक योजना हो ।
नेपालमा साहित्यिक पत्रिकाको प्रकाशन नीजि क्षेत्रबाट दिगो हुन नसक्नुमा मूल कारण रह्यो आर्थिक समस्या । यो
समस्याको समाधान हुन सकेन र अनेकन अब्बल दर्जाका नेपाली साहित्यिक पत्रिकाहरु समयको गर्तमा बिलाए ।
साहित्यपोष्टले पनि आर्थिक समस्या नझेलेको होइन, तर निकै कठिन क्षणहरु पार गर्दै यसले चार बर्ष छिचोलेको छ
।
यसै क्रममा आर्थिक पक्ष मजबुत बनाउन सदस्यता अभियानको साथै साहित्यपोष्टको माध्यमबाट भाषा सम्पादन,
अडियो रेकर्डिङ, डकुमेण्ट्री निर्माण, घोष्ट राइटिङ जस्ता कामहरुमा पनि जुटेको छ । यी सबले साहित्यपोष्टको
आर्थिक समस्यालाई केही हदसम्म समाधानमा सहयोग पुगेको हुनुपर्छ ।
दस्तुरयुक्त एप मार्फत नेपाली साहित्यका पुस्तकहरु पाठकलाई उपलब्ध गराउने र लेखकहरुले पनि आफ्ना पढिएका
कृतिहरुबापत लेखकस्व पाउने महत्वाकाँक्षी योजनामा साहित्यपोष्ट जुटेको छ ।
यसले लेखक पाठक दुबै लाभान्वित हुनसक्ने देखिन्छ । साहित्यपोष्ट औथो बर्ष प्रवेशको अवसरमा आफ्नो बिशेष
सम्पादकीयमा प्रधान सम्पादक अश्विनी कोइरालाले लेखेका छन्, हाम्रा पाठकहरूले दैनिक एक रुपियाँसम्ममा
साहित्यपोस्टका सामग्री तथा सयौं पुस्तक एउटै भाँडोमा पढ्न सक्ने एपको सुविधा प्राप्त गर्दै हुनुहुन्छ ।
साहित्यपोष्ट विश्वब्यापि भैरहँदा यसका चुनौतीहरु पनि साथमा छन्, आर्थिक पक्ष बाहेक ।
नेपाली साहित्यका पुराना पुस्ता जो आज पनि सामाजिक सञ्जाल चलाउँदैनन्, कम्प्यूटर चलाउँदैनन्, हातले नै
लेख्छन्, तिनीहरुलाई साहित्यपोष्टका पेजमा ल्याउने चुनौती छ । ती लेखकहरु साहित्यपोष्टमा आक्कल झुक्कल
एकाध देखिन त देखिन्छन्, तर क्लासिक रचना को आवरणमा पूर्व प्रकाशित रचनाको पुनर्प्रकाशनको माध्यमले ।
तिनका ताजा रचना साहित्पोष्टले प्रकाशन कसरी गर्ने, त्यो चुनौती छ ।
साहित्यपोष्टले साहित्यिक समाचार जुन रुपमा प्रकाशन गर्न सक्थ्यो, त्यो नसकेको अवस्था छ । मौलिक साहित्यिक
समाचार साहित्यपोष्टको पानाले सधैं पर्खिरहेको हुन्छ । साहित्यपोष्टका पाठकहरुले पर्खिरहेका हुन्छन् । यो अर्को
चुनौती हो ।
साहित्यपोष्ट विश्वब्यापि भैरहँदा यसका चुनौतीहरु पनि साथमा छन्, आर्थिक पक्ष बाहेक ।
त्यस्तै बिना पारिश्रमिक रचना प्रदान नगर्ने अठोट गरेका साहित्यिक जमात पनि साहित्यपोष्टको प्रकाशनको
परिधिमा परेका छैनन्, केही साभार पुनर्प्रकाशित रचनाबाहेक । यो पनि साहित्यपोष्टको अर्को चुनौती हो ।
साहित्यपोष्टको पारिश्रमिक दिने आर्थिक हैसियत नहुनु जति टड्कारो समस्या हो, पारिश्रमिक लेखकलाई दिइनुपर्छ
भन्ने मागलाई पनि नाजायज भन्न सकिन्न ।
यसो पछाडि फर्केर हेर्दा साहित्यपोष्टको चारबर्षे यात्रामा म पनि साथसाथै हिंडेको रहेछु । पहिलोदिनदेखि रचना दिन
थालेको रहेछु । मलाई लाग्छ शुरुवातको बर्ष र दोश्रो वर्षमा एक महिना र दुई महिना बिश्राम गरें, नत्र न्यूनतम
साप्ताहिक रुपमै मैले साहित्यपोष्टमा लेखिरहें । पछि पनि फेरि लेखिरहें । अहिले पनि लेखिनै रहेको छु । साहित्य
निर्माता, अन्तर्वार्ता, विश्वविख्यात् लेखकका जीवनीमूलक रचना, अनुवाद, पुस्तक चर्चा, दौंतरी दृष्टि लगायत मेरा
सयौंसय रचनाका लागि साहित्यपोष्ट चौतारी भयो । त्यसका अतिरिक्त एकपल्ट सातदिनसम्म साहित्यपोष्टको
विषयक्रम अनुसारका सातै प्रकारको रचना पनि प्रकाशित गरें । सम्भवतः त्यस किसिमले रचना लेख्ने मनै पहिलो
लेखक थिएँ । अझ कुनै पनि पत्रिकामा बिबिध बिधामा सर्वाधिक मेरा रचना छापिएको पनि साहित्यपोष्टमै हो भन्ने
गर्व समेत मैले साँचेको छु । बिगतका चार वर्ष मेरा लागि पनि सिर्जनात्मक हिसावले महत्वपूर्ण रहे । त्यसको
कारण साहित्यपोष्ट पनि हो भन्छु म । यथार्थ नै यही हो ।
साहित्यपोष्टको चर्चा गरिरहँदा यसका प्रधान सम्पादक अश्विनी कोइराला एक लोकप्रिय लेखक हुन् भन्ने तथ्य
बिर्सन मिल्दैन। उनी जुकर्बर्ग क्याफे, प्रेमालय जस्ता लोकप्रिय बिकाउ उपन्यासका स्रष्टा र उनी जस्ता लोकप्रिय गैर
आख्यानका स्रष्टा हुन् । तर साहित्यपोष्टको स्थापनाकालदेखी उनी लेखकीय कर्मबाट टाढिएका देखिएका छन् ।
उनका पाठकहरु नयाँ पुस्तकको प्रतीक्षामा होलान् । उनी महिला पात्रमा आधारित पुस्तक थियो । पुरुष पात्रमा
आधारित उ को तयारीमा थिए । साहित्यपोष्टका लागि उनले गरेको त्यागमा लेखन कर्म चाहीं नपरोस् । यत्ती !
प्रतिक्रिया