अमेरिकी गल्फ खेलका व्यावसायिक खेलाडी तथा पिजीए टुरका बिजेता ग्रेसन मुरेले गरे ३० बर्षको उमेरमा आत्महत्या

इनेप्लिज २०८१ जेठ १४ गते १:०४ मा प्रकाशित

अमेरिकी गल्फ खेलका व्यावसायिक खेलाडी तथा पिजीए टुरका बिजेता ग्रेसन मुरेले गरे ३० बर्षको उमेरमा आत्महत्या गरेको उनको परिवारले जनाएका छन् । अमेरिकाको नर्थ क्यारोलाइना राज्यको रालीमा जन्मिएका उनले चार्ल्स श्वाब च्यालेन्ज नामक प्रतियोगिताबाट पछि हटेको एक दिनपछि उनले स्वयम प्राण त्यागेका हुन् ।

उनको परिवार र पीजीए अधिकारीहरूका अनुसार व्यावसायिक मुरेले शनिबार बिहान ३० वर्षको उमेरमा आत्महत्या गरेको बताएका छन् ।

“हामीले हाम्रो छोरा गुमायौ भन्ने तथ्यसँग सम्झौता गर्न कोशिस गर्न पछिल्ला २४ घण्टा बिताएका छौं,” एरिक र टेरी मरेले आइतबार पिजिएद्वारा साझा गरेको एक वक्तब्यमा भने ।

हामी पिजिए टुर र गल्फको सम्पूर्ण संसारलाई समर्थनको लागि धन्यवाद दिन चाहन्छौं। ग्रेसनको लागि जीवन सधैं सजिलो थिएन, यद्यपि उनले आफ्नै जीवन आफै लिए , वक्तब्यमा भनिएको छ ।

“हामी स्तब्ध तथा हृदयविदारक भएका छौं । मुरेको आज बिहान निधन भयो ,पिजिए टुर नामक प्रतियोगिताका आयुक्त जे मोनाहानले गत शनिबार एक विज्ञप्तिमा भने।

१६ वर्षको उमेरमा कोर्न फेरी टुरमा प्रतिस्पर्धा गर्ने दोस्रो-सबैभन्दा कान्छो खेलाडी बनेपछि व्यावसायिक गल्फखेलको जीवनयात्रालाई उनलाई धेरै प्रमुख उपाधिहरू प्रदान गरिएको थियो।

उनले २०१७ मा बारबासोल प्रतियोगिता जितेर यस वर्षको हवाईमा भएको सोनी खुला प्रतियोगितामा दोस्रो पीजीए टूर उपाधि जितेका थिए।

हवाईमा आफ्नो जितपछि मुरे आधिकारिक विश्व गल्फ वरियता जीवनयात्रा(करियर)को उच्च ४६ औं स्थानमा रहेका थिए ।

मुरे मदिरासेवनको प्रयोग र उदासीपन (डिप्रेसन)सँगको आफ्नो विगतको संघर्षको बारेमा गत जनवरीमा खुलासा गरेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया