दुई महिना भन्दा कम समय पछि भिडन्त गर्ने बिश्व प्रसिद्ध मुडकीबाज (बक्सर) माइक टाइसन अमेरिकाको फ्लोरिडा राज्यको मायामीबाट क्यालिफोर्निया राज्यको लसएन्जेलसको उडानमा बिरामी परे । उनलाई पेटको समस्या भएकोले चिकित्सा सहायता लिनु परेको एबिसीन्यूजले जनाएको छ ।
टाइसनका प्रतिनिधिका अनुसार यो घटना अवतरण हुनु केही मिनेट अघि भएको थियो।
५७ बर्षिय टायसन सप्ताहन्तमा उडानमा बिरामी भएता पनि प्रतिनिधिका उनले अहिले राम्रो गरिरहेको बताएका छन् ।
सन् २००५ पछि आफ्नो पहिलो आधिकारिक रूपमा स्वीकृत मुड्की प्रतियोगिता(बक्सिङ्ग )बाट दुई महिना भन्दा कम समयमा गत आइतवार उडानमा उनि स्वास्थ्य समस्यामा परे । उनलाई स्वास्थ्यकर्मीहरुले सहयोग गरे तर पछि उनि निको भइसकेको पुष्टि गरे।
प्रतिनिधिले सोमबार उनि राम्रो हुदै गएको भन्दै अवतरण हुनुभन्दा ३० मिनेटअघि अल्सर( आन्द्राको रोग ) बल्झिए पछि उनलाई वाकवाकी र चक्कर लागेको थियो ।
टाइसनका प्रतिनिधिले उडान अघि दुई घण्टा ढिलाइ भएको बताए । विमानमा वातानुकूलन समस्या (एयर कन्डिसन )भएको कारण ढिलो भएको थियो।
५८ वर्ष पुगेका टाइसनले जुलाई २० मा टेक्ससको अर्लिङ्टनमा हुने मुडकी प्रतियोगिता (बक्सिङ म्याच)मा जेक पलसँग सामना गर्नेछन्। यो भिडन्तलाई नेटफ्लिक्समा प्रत्यक्ष प्रसारण गरिनेछ।
२७ वर्षीय पाउलसँगको भिडन्त आठ चरणमा खेलाइने र हरेक चरण दुई मिनेटको हुनेछ ।
टाइसन अन्तिम पटक जुन ११, २००५ मा केभिन म्याकब्राइडसँग प्राविधिक रुपमा पछारिएका थिए । टाइसनले नोभेम्बर २०२० मा रोय जोन्स जूनियरसँग पनि प्रदर्शनीको लागि भिडन्त गरेका थिए ।
प्रतिक्रिया