“पाताल  “उपन्यास एक विश्लेषण !

रश्मि भट्ट २०८१ जेठ १५ गते २३:५८ मा प्रकाशित

केहि गीत, एक कवितासॅग्रह, ,तमसुक कथासॅग्रह ,क्वारेन्टाइन जस्ता उपन्यासका लेखक तथा बर्तमान बोर्ड  अफ ट्रष्टिजका सभापति पदम  विश्वकर्माको हालै प्रकाशित  उपन्यास  पातालले अहिले साहित्यिक  जगतमा केहि हल्चल मच्चाइरहेको छ । भर्खरै  निस्केको हुनाले धेरैको चासो उपन्यास  पढ्नमा देखिन्छ । स्रष्टा पदम विश्वकर्माको, पाताल नामक औपन्यासिक कृति प्रकाशन क्रमको आधारमा चौथो र विधाको आधारमा   दोस्रो उपन्यास  हो । यस  पाताल उपन्यासलाई  अद्योपान्त पढेर हेर्दा विगत र वर्तमानभरी  मुख्य पात्र कर्मको  करूणाजन्य परिस्थितिले अति नै विव्हल र भावुक बनाउॅछ ।  विर्सिसकेको वा विर्सिए जस्तो  गरी बाॅचेका अधिकांश  नेपाली जनताको  ऑखा फेरि उही द्वन्द्वकालको घाउ,दुःख, कष्ट यातना र पीडा उप्किएर ऑशुको आहालमा डुब्छ  । एक कहाली लाग्दो युगको स्मरण हुन्छ । स्रष्टामा कता ,कता भारी नोष्टाल्जिया  पनि  देखिन्छ ।  जति बर्तमानमा बाॅच्ने भनेर ज-जसले जति खोके पनि मान्छेको बिगत बिना वर्तमान जीवित  हुनै सक्दैन  । भविष्य कस्तो छ भन्ने  कसैलाई  थाहा नहुने  भए  पनि हरेक मान्छे भविष्यको आशा  लिएरै वर्तमान  जिईरहेको हुन्छ  । यो कटुसत्यलाई पनि आत्मासातै गर्न नरूचाउनेहरू  धेरै छन्  । मान्छेले भोगेका ठूला दुःख  कष्टहरू क्षणिक  भुले जस्तो लागे पनि कहिल्यै भुल्नै सकिदैन ।  देशको बिगतले खुब  घोचेको छ ,स्रष्टा स्वयंलाई,पनि ।  कर्म पात्र त उपन्यास को प्रमुख नायक न हुन् ।  कर्म एक पात्रले  द्वन्द्व कालका लाखौं नेपाली कर्महरूको चरीत्र चित्रण  गरेको छ । उसैको दु:खको पहाडको क्रमबद्ध  श्रॅङ्खला  पनि हो उपन्यास  ।

सत्य बोल्दा ,भन्दा त जो पनि रिसाउॅछन्, शासकहरू झनै बढी   रिसाउॅछन् तर कहि रिसाउॅछन् भनेर असत्य बोल्न भएन,असत्य  लेख्न पनि भएन । हाम्रो र देशमा अझै पनि  देशले भनेजस्तो कोल्टो फेरेकै छैन । देशमा युवाहरूलाई  विदेश पलायन  हुनबाट रोक्ने रोजगारर र एक निश्चित गरी खाने आधारहरू  छैनन्  । द्वन्द तथा युद्ध  सकियो भनिए पनि हप्तैपिच्चछे लाखौंको सॅख्यामा नेपाली युवाहरू पलायन भएकै छन् हिजो जस्तै आज पनि । यसको खास कारण के होला ,? खोज्न को तयार छ र? एकपटक द्वन्द्व र युद्धको विशाल चपेटामा परेपछि विकशित देशहरू त धेरै समय उठ्न सक्दैनन् ,पहिले जस्तै मुस्कुराउन  सक्दैनन्  ,भने हाम्रो देश कसरी एक्कासि माथि उठ्नु ? हरेक ब्यक्तिको विगतका दुःख  रोक्ने गरी वर्तमान  र आगत अघि बढ्दैन भने मानिस कसै गरी विगत भुल्दैन । उसो त पाएका सुख पनि मान्छे सॅझेर कहिलेकाहि सुखको कल्पनामा हराउॅछ ।  विगतमा हरेक नेपालीले भोगेको पीडाको चित्कार पनि हो ,उपन्यास  । दुःख  पाएॅ भनेर धोको फेरि फेरि रून पनि पाएन्न कसैले द्वन्द्व कालमा । हाँसोको त कुरै छाडौं ।  उपन्यासको मुख्य  पात्र  कर्मा  माओवादी द्वन्द्वले बनाएको हिरो हो । उसको जन्म भूमि रुकुम ,रोल्पामा माओवादीले युद्ध  छेडेपछि ,ऊ बाध्य भएर माओवादीमै प्रवेश  गर्छ । प्रवेश पछि माओवादीको क्रान्तिकारी भाषण र शैलीबाट खुवै आकर्षित  बन्छ र एक होनाहार कारूयकर्ताको रूपमा माओवादीलाई  सघाउॅछ । पटक पटकको सेना ,पुलिस र माओवादीको बीच भिडन्त  हुॅदा धेरैपटक जोगिए पनि एकपटक गोडामा गोली लागेर अपाङ्ग  हुन पुग्छ । गाउॅ फर्केर पनि बस्नै सक्दैन । सेना र पुलिस उसलाई मिनेट  मिनेटमा खोज्न आउॅछन् ।  ऊ आक्रामक बनूछ । माओवादी बन्नाले  माओदीमाथि  सेना र पुलिसले गरेको अत्याचार  मात्र  धेरै देख्छ ।  माओवादीले कति जनतालाई  कति रूवाए वेस्तै गर्दैन ,खाली सेना र पुलिससॅग प्रतिशोध छ उसको । कता कता स्रष्टाको  कलम पनि  मुख्य  पात्र कर्मा तिर अति मोहित भएर लागे जस्तो देखिन्छ  । युद्ध र द्वन्द्व  नरोकिने गरी चर्कॅदै गएपछि अरवतिर छिरेर एक दुई  बर्ष  काम गर्छ । अरवीहरूको हेपाई ,शोषण ,,काम पनि त्यति राम्रो नमिल्दा गाउँकै साथी अमेरिका पुगेको सुनी  गैरी खेत  घरवारी सबै बेचेर  दलालको  पछि पछि लाग्छ । अवैध बाटो ठाउॅठाउॅमा  फरक फरक  दलालहरूको पछि लागेर अति कष्टसाथ अमेरिका  पुग्छ । पुगेर पनि शान्तिको सास फेर्न पाउॅदैन ,जेल पुग्छ र लयरको सहायतामा फेरि ठूलो रकमा डलर तिरेर मुक्त हुन्छ  । अवैध बाटोबाट  अमेरिका आउनेहरूको कथा ब्यथा नौलो हैन । यसलाई कसैले गीतबाट  ,कसैले कथाबाट  कसैले,कविताबाट, कसैले उपन्यासबाट पोखिरहनु भएको छ । यति हुॅदा हुॅदै पनि उपन्यासकार  पदम विश्वकर्माको यो उपन्यास  पातालमा  यस बिषयलाई हल्का फुल्का तथा सुनेको भरमा मात्र  नभई ,दु: ख भोग्ने ब्यक्ति सॅग पुरा साक्षात्कार  गरेर ,उनीहरूलाई सक्दो सहयोग गरेर विशेष किसिमले , सुक्षम  किसिमले  जरा जरामा पूगेर बयान गरिएको छ । पात्रका  नाम काल्पनिक  पनि हुन  सक्छन्  ,या सत्य नै पनि । उपन्यास  पढ्दा हामी धेरै ठाउॅमा ऑसु खसाउन पुग्छौ तर त्यस ऑसुले पाठकलाई  करूण बनाउने मात्र  हैन कि अवैध बाटोबाट विदेश, त्यो पनि अमेरिका छिर्न शयपटक सोचेर मात्र  निर्णय गर्न बाध्य  बनाउँछ। अवैध  भनेको अवैध  नै हो ,यो कुरा हरेक नेपालीले राम्ररी बुझ्न  जरूरी पनि छ । वैध तरीकाले बसेर काम गरेर खान त धेरै  दुःख  हुन्छ  अरूको देशमा ।
अवैध  बसाईले पाइने दुःखको त वर्णन  गर्नै सकिन्न। उपन्यासको भाषा शैली सरल ,सुललित पनि छ ,रैथाने बोलीको जस्ताको तस्तै छाप पनि छ धेरै ठाउॅमा । पात्रहरू असभाब छैनन् तर एक उपन्यासलाई पुग्ने गरी सहायक पात्र र खलपात्रहरू पनि छन्। दलालहरूको नामै दलाल ,ठग्ने त उनीहरूको पेशा नै हो ,पैसाको लागि जे पनि गर्ने ,के आश्चर्य  भयो र ? नेपालीले पनि पच्चीस हजार डलर ठगेर दुःखको आगोमा घिऊ थपेको देख्दा रीसको पारो तात्छ ,तातेर केगर्नु । पाठकले उपन्यास लाई एकपटक पुरा पढ्न जरूरी छ आफै । जीवनको उर्वर  र एक लामो युगपछि ग्रीन कार्ड ,सिटिजन सीप लिएर ,परिवार  झिकाएर पनि भनेजस्तो काम  नपाउॅदा ,नेपाली नेपालीबीच पनि राम्रो  वातावरण  नदेख्दा ,विदेशी माटो र सॅस्कारमा हृदय नबस्दा कर्मा र उसको श्रीमती छोरो  सबै  स्वदेश  नै फर्कन्न  चाहन्छन् । उनीहरूलाई फर्केर  आफ्नै देशको ऑटो ,पीठो खाएर रमाउने मन छ । द्वन्द्व कालकै जस्तो स्थिति त अव देशमा छैन । मरी मरी विदेश आए पनि बाॅचे जस्तो गरी जिउन  नपाएकोले उनीहरू  स्वदेशमै फर्केर केही गर्न  चाहन्छन् । यो  राम्रै पक्ष  हो तर राम्रो चाहनालाई साकार गर्न  सके मात्र  राम्रो हुन्छ  । श्रष्टाले हर नेपालीलाई  डीलो ,छिटो जति सक्दो आफ्नै देश फर्कन  आव्हान गरेको जस्तो बुझिन्छ । उसो त गीत ,कविता ,कथा ,मुक्तक  तथा उपन्यास जस्ता  सिर्जनामा त हामी सबै साहित्यकार  तथा सर्जकहरू पनि निरन्तर  देश फर्किराखेकै हुन्छौं । मनमा चाहना र ईच्छा शक्ति  भयो भने पुरा पनि हुन्छ  ढीलो ,चाॅडो ।  उपन्यासको खास चुरो  यति नै हो ।

उपन्यासको भाषा शैली सरल ,सुललित पनि छ ,रैथाने बोलीको जस्ताको तस्तै छाप पनि छ धेरै ठाउॅमा । पात्रहरू असभाब छैनन् तर एक उपन्यासलाई पुग्ने गरी सहायक पात्र र खलपात्रहरू पनि छन्।

पेज टर्नरले निकालेको यो पाताल उपन्यास  सॅरचनागत हिसाबले पनि आकार ,प्रकारमा  ठीकै देखिन्छ।  बिषयवस्तु विगतदेखि वर्तमानसम्म  विशेष  चोटिलो र थोरै भविष्यको आशामा केन्द्रीत छ । समग्र मा भन्दा  देशको विगत ,वर्तमान  र भविष्यको अन्योलता उपन्यासले उजागर गरेको छ । पात्रहरू सबै समाजलाई  ,देशलाई ,देश पलायन हुनेलाई र अवैध बाटोबाट  विदेश छिर्ने ,छिर्न खोज्ने सबैलाई  बोक्ने खालका छन् ।  पाताल शीर्षक  सार्थक नै छ । बुढापाकाको पालादेखि अमेरिकालाई पाताल भनिदै आएकोमा अहिलेसम्म  पातालै भन्न धेरै नेपाली रूचाउॅछन् । त्यही  पाताल देख्न ,अवैधबाटोबाट जाॅ दा ,कुन हविगत भोग्नु पर्छ ,छर्लङ्ग  पारिएको छ ।  घटना तथा चरित्र  काल्पनिक नभई  यथार्थ  बोलिएका छन् । आॅञ्चलिक सुस्केरा भन्दा  देश नै दुख्छ  ,युवा किन पलायन  हुनुपर्छ यसरी  सोचेको सोचेकै गरेन बाध्य  तुल्याउँछ।  शासन चलाउने धेरैजसोको हातमा पनि पुगोस र एकपटक सरर भए  पनि पढियोस् र देशलाई  समृद्ध  बनाई ,युवा पलायन  रोकियोस भन्ने  म कामना गर्दछु । पदम विश्वकर्माका कलम कहिल्यै नरोकिउऊन । हामी पढ्न पाईरहुॅ । नेपाली साहित्य  भण्डार  श्रीबृद्धि हुदै जान सकोस् ।। अहिलेलाई  पाताल उपन्यास प्रति यति नै । जय साहित्य ।।

रश्मि भट्ट

प्रतिक्रिया