माइक टायसनको आन्द्राको रोग (अल्सर) बल्झिएकोले कारण जेक पलसँगको मुड्की भिडन्त हाललाई स्थगित

इनेप्लिज २०८१ जेठ १९ गते ११:०६ मा प्रकाशित

बिश्व प्रसिद्ध मुड्कीबाज माइक टायसनको आन्द्राको रोग (अल्सर) बल्झिएकोले कारण जेक पलसँगको मुड्की भिडन्त हाललाई स्थगित गरिएको छ ।

गत हप्ताको अन्त्यमा टायसनलाई अल्सर अझ चर्किएपछि पूर्व भारी वजन बिजेता (हेवीवेट च्याम्पियन) माइक टायसन र सामाजिक संजालका प्रसिद्ध जेक पल बीचको बक्सिङ(भिडन्त) खेल स्थगित गरिएको नेटफ्लिक्सले शुक्रबार घोषणा गरेको छ ।

“टायसनको हवाई जहाज यात्रामा अल्सर बढेको कारण अर्को केही हप्ताको लागि पूर्ण रूपमा तालिम गर्ने उनको क्षमतालाई सीमित गरेको छ,” । र ,जुलाईमा भिडन्तको प्रत्यक्ष प्रसारण( लाइभ स्ट्रिम )गर्नेसमेत योजना रहेको र हाललाई स्थगित गरेको विज्ञप्तिमा जनाईएको छ ।

“माइकले कुनै सीमा बिना प्रशिक्षण पुन: सुरु गर्न सक्षम भएपछि र दुबै मुक्कबाजहरूले तयारी गर्न बराबर समय पाउन सक्ने भएपछि भिडन्त यस वर्षको अन्त्यमा मितिको लागि पुन: निर्धारित हुनेछ।” ,नेटफ्लिक्सको बिज्ञप्तिमा भनिएको छ ।

टायसनलाई आगामी केही हप्ताहरूमा न्यूनतम देखि हल्का प्रशिक्षण गर्न र त्यसपछि कुनै सीमितता बिना पूर्ण प्रशिक्षणमा फर्किनु पर्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ । “लडाईको नयाँ मिति अर्को शुक्रबार, जुन ७ मा घोषणा गरिनेछ।”

मार्चमा पहिलो पटक घोषणा गरिएको भिडन्त सुरुमा टेक्ससको एटी एन्ड टी स्टेडियममा जुलाई २० मा हुने तय गरिएको थियो। चार वर्षअघि मुक्का खेल (बक्सिङ)मा लागेका चर्चित कलाकार २७ वर्षीय पलले आफ्नो पछिल्लो १० भिडन्तमध्ये ९ वटा जितेका छन्। । टायसन १९८७ देखि १९९० सम्म विश्व बिजेता रहेका थिए भने उनले २००५ मा सेवानिवृत्त गरेको सिबिएसन्यूजले जनाएको छ ।

मायामीबाट लस एन्जलसको आइतवारको उडानमा अल्सर(आन्द्राको घाउ )को कारणले गर्दा ५७ वर्षीय माइकलाई आपतकालिन सामना गर्नु परेको थियो ।

प्रतिक्रिया