एनइसिसिमा स्वास्थ्य शिविर कार्यक्रम हुने

इनेप्लिज २०८१ जेठ १९ गते ११:२८ मा प्रकाशित

नेपाल शिक्षा तथा सॅस्कृति केन्द्र(NECC) को अमेरिकन डाइभर्सिटी समुह (AGD)सॅगको समन्वयमा पश्चिम मेरिल्याण्ड, उत्तर भर्जिनिया तथा वाशिंगटन डिसी समेट्ने गरेर यहि जुन २ तारिकका दिन बृहद स्वास्थ्य सिविर (निशुल्क) हुने भएको छ।

धेरै प्रकारका रक्त परिक्षण लगायत ECG (मुटुको परिक्षण) समेत उपलब्ध रहने छ। करिव करिव बार्षिक स्वाश्थ्य परिक्षण ( Annual Physical) को मापदण्ड भेट्ने नेपाली एवम् अन्य अल्पसंख्य जनसमुदायमा पुर्याउन लागिएको यो शिविर नेपाली मन्दिर जर्मनटाउमा जुन २ तारिक रक्त परिक्षण तथा ECG गरिने छ भने जुन ९ तारिक रिपोर्ट हेरि चिकित्सकको परामर्श हुनेछ।

प्रतिक्रिया