अनेसासको केन्द्रिय अध्यक्ष पदमा अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएकी साहित्कार बिमला निरौलाको उम्मेदवारीको घोषणा गरेकी छिन ।
अनेसासको १७ औ कार्यसमिति अर्थात् २०२४- २०२६ सम्मको अनेसासको केन्द्रिय अध्यक्ष पदको लागि उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् ।
उनि २०२२- २०२४ कि महा सचिव हुन् भने सन् २०१० देखि अनवरत रुपमा अनेसासमा लागेकी निरौलाले अनेसासका साहित्यकार ,आजीवन सदस्य ,ट्रष्टि सदस्य लगायतलाई आगामी निर्वाचनको लागि आफूलाई सहयोग गर्न अनुरोध गरेकी छिन् ।
उनले आफ्नो उम्मेदवारी संगै बाल्यावस्था देखि नै बाल सिर्जना गरेर नेपाली भाषा साहित्यका क्षेत्रमा यात्रा आरम्भ गरेको उल्लेख गरेकी छिन । सन् २००७ मा मात्र एकै पटक ३ वटा उनका कृतिहरु अनेसासबाट प्रकाशित गर्न सफल भएकी छिन् ।
उनले २०२२- २०२४ सम्मको लागि महासचिव जस्तो गरिमामय पदमा जिताउन सहयोग गरेकोमा कृतज्ञता ज्ञापनको साथै उक्त पदमा अधिकांश समय लागे गर्दै काम गरेको समेत आफ्नो बिज्ञप्तिमा उल्लेख गरेकी छिन ।
साथै उनले सबैलाई यस पटक सहयोग गर्न आह्वान गर्दै केन्द्रिय अध्यक्ष पदमा जिताउन अनुरोध गरेकी छिन् ।
को हुन् त बिमला निरौला : बिस्तृत विवरण
साहित्यिक बिबरण (बिमला ढुङ्गाना निरौला )
पुरा नाम : बिमला ढुङ्गाना ( निरौला )
साहित्यिक उपनाम : बिमला ढुङ्गाना
जन्ममिति : १४ बैशाख २०२९
आमाको नाम : शारदा देवी दुङ्गाना
बाबुको नाम : श्यामजी शर्मा
जन्मस्थान : कुमरोज, चितवन
शिक्षा : स्नातक
नेपालको ठेगाना : डिल्लीबजार,काठमाडौँ
हालको ठेगाना : भर्जिनिया, युएसए
ईमेल : [email protected]
साहित्यको मूल विधा : बालसाहित्य लगायत कथा कबिता गीत
पहिलो रचना २०४२ साल बाट रेडियो नेपाल बाल कार्यक्रमको कबिता बाचन
प्रकाशित पुस्तक तथा लेख रचना प्रकाशित, हाल दश वटा पुस्तकहरु र एउटा गीति एल्बम् :-
१) तिमीबिनाको हाम्रो जीवन ( बाल कबिता सङ्ग्रह)
(प्रकाशक – अनेसास अमेरिका, २०६४)
२) बालमन ( बालचित्र कबिता सँगालो)
(प्रकाशक – अनेसास अमेरिका, २०६४)
३) बादल र ऋतु (बाल चित्र काब्य)
(प्रकाशक – अनेसास अमेरिका, २०६४)
४) पशुपन्छी ( बाल चित्र कबिता संगालो )
(प्रकाशक – अनेसास अमेरिका, २०६४)
५) बाल बंगैचा ( बाल कबिता सँगालो)
(रत्न पुस्तक भण्डार, २०६७ )
६) ठुलो भई के बन्ने (बाल संवाद चित्र कविता )
( प्रकाशक – साझा प्रकाशन २०६७ )
७) निर्दोष कोपिला ( बाल गीत सङ्ग्रह )
(प्रकाशक – अनेसास नेपाल, २०७१)
८) मै नेपाली छोरी (गीति एल्बम, २०७४ )
९) काब्य पराग – मुक्तक संग्रह २०७८
१०) ओथारो बसेका सपनाहरू – कविता संग्रह २०७८
११) तिन चरी – बाल चित्र कथा २०७८
(प्रकाशन रूम टु रिड)
१२) यात्रामा देश बाल (बाल खण्ड काब्य र बाल यात्रा स्मरण )
सन् २०२४
प्रकाशन मोहन, बिमोचन र बिबेचना निरौला
गरिमा, मधुपर्क, मुना,शारदा तथा अन्य पुस्तकहरु तथा पत्र पत्रिकाहरुमा बिबिधि सृजनाहरु र प्रकाशित फुटकर रचनाहरु ।
पुरस्कार तथा सम्मान : अनेसास डायस्पोरा सम्मान
अनेसास नवरत्न पुरस्कार
अनेसास दयाशाह पुरस्कार
राष्ट्रिय सेवा सम्मान २०८०
सप्तरंगी साहित्य बिशेष सम्मान २०८०
अनेसास डिसी र अन्य कबिता बाचन प्रतियोगितामा प्रथम पुरस्कार
तथा अन्य पुरस्कार र सम्मानहरू
रुची समाज सेवा र साहित्य
साहित्यिक, संस्थागत
संलग्नता अन्तराष्ट्रिय नेपाली साहित्य समाज
बालसाहित्य प्रतिष्ठान
कृष्ण साहित्य सदन
नेपाल बाल साहित्य समाज
अमेरिका सहयोगी समज
शिक्षा सदन भर्जिनिया अमेरिका
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र
नेपाली अमेरिकन सामुदायिक केन्द्र
रेवा अर्गनाइजेशन युएसए र नेपाल
सप्तरंगी साहित्यिक प्रतिष्ठान नेपाल (गण्डकी)
गुन्जन साहित्य नेपाल
महिला गीतकार संघ नेपाल
बनिता प्रकाशन बिराटनगर
प्रतिक्रिया