रौतहट
स्रष्टा साँझ अमेरिकाको आयोजना भएको बज्जिका साहित्यसम्बन्धी कार्यक्रममा चार देशका बज्जिका साहित्यकारले सहभागिता जनाएका छन् । नेपाल, भारत, दुबई र अमेरिकामा रहेका बज्जिका साहित्यकारहरुले ‘बुद्ध महाकाव्यके डिजिटल लोकार्पण आ बज्जिका कहाबतपर चर्चा’ विषयक कार्यक्रममा विभिन्न देशबाट साहित्यकारहरुले सहभागिता जनाएका छन् ।
अमेरिकाबाट साहित्यकार विश्वराज अधिकारीको संचालनमा भएको कार्यक्रमको सभापतित्व नेपालको सर्लाहीका साहित्यकार बज्जिका साहित्य समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले गरेका थिए । कार्यक्रममा कुशवाहा र भारत बिहारकी बज्जिका साहित्यकार साधना कृष्णले संयुक्त रुपमा ‘बुद्ध’ महाकाव्यको डिजिटल लोकार्पण गरेका थिए ।
कार्यक्रममा रेणु गुप्ता, साहित्यकार बिन्दा साहनी, साधना कृष्ण, ममता मृदुल, विश्वराज अधिकारी, सञ्जय सुदामा, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, रामअधार पासवान, अमेरिकाबाट डा. विजय झा, दुबईबाट राम विश्वास राय तथा सञ्जय राजले विश्वराज अधिकारीद्वारा संकलित ‘बज्जिका कहाबत’को बारेमा मन्तव्य राख्दै बज्जिकाभाषी क्षेत्रको संस्कृति, कला तथा इतिहासको संरक्षणमा कृतिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।
बज्जिका भाषामा नेपालमा पहिलोपटक सञ्जय साह मित्रले ‘बुद्ध’ महाकाव्य लेखेका छन् भने बहुभाषिक साहित्यकार विश्वराज अधिकारीले बज्जिका मातृभाषी क्षेत्रमाप्रयोग र प्रचलनमा रहेका उखानहरुलाई संकलन गरेर ‘बज्जिका कहाबत’ प्रकाशन गरेका छन् ।
दुवै कृति महत्वपूर्ण रहेको साहित्यकारहरुको भनाइ रहेको छ ।
प्रतिक्रिया