अमेरिका नेपाल मेडिकल फाउनडेसनको २८ औ बार्षिक साधारण सभाको पहिलो दिन गल्फ खेलकुद सम्पन्न, आजै भकुन्डो प्रतियोगिता हुदै

इनेप्लिज २०८१ जेठ २५ गते १७:११ मा प्रकाशित

अमेरिका नेपाल मेडिकल फाउनडेसनको २८ औ बार्षिक साधारण सभाको पहिलो दिन गल्फ खेलकुद सम्पन्न भएको छ भने आजै भकुन्डो प्रतियोगिता हुने भएको छ ।

अमेरिकाका बिभिन्न राज्यमा रहेका चिकित्सक लगायत स्वास्स्थ  पेशामा नभएकाहरु बीच आयोजना गरिएको थियो। कम्तीमा २० जना खेलाडीहरुले सहभागिता जनाएको आयोजकको तर्फबाट बिकाश भट्टराईले ईनेप्लिजलाई जानकारी गराए । उनले आजै दिउसो २ बजे सकर( भकुण्डो) खेल खेलाईने बताए ।

हिजो र आज गरि नेपाल तथा अमेरिकाका बिभिन्न राज्यहरुबाट चिकित्सकहरु आउने क्रम जारी रहेको छ ! प्रमुख अतिथी , बिशेष अतिथीहरुको पनि आगमन भै सकेको छ ।

गल्फ सामबर्ग गल्फ क्लवमा प्रतियोगिताको आयोजना गरिएको थियो।

अमेरिकामा सन् १९९७ मा स्थापना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसन(एएनएमएफ)को २८ औ बार्षिक साधारण सभाको तयारी पुरा भै सकेको छ ।

 जुन ७-९ सम्म अमेरिकाको इलोनोई राज्यको शिकागोमा हुने कार्यक्रममा अमेरिकाका बिभिन्न राज्य तथा नेपालबाट समेत सहभागिता हुनेछ ।

सम्मेलनको पहिलो दिन अर्थात् जुन ७ शुक्रबारका दिन बिहान ८ बजे देखि ४ बजे सम्म स्वास्थ्य सम्बन्धी कार्यक्रम ,नगर यात्रा,गल्फ तथा भकुण्डो (सकर)कार्यक्रमहरुको आयोजना धमाधम भै रहेका छन ।

 दिउसो ४ बजे देखि दर्ता खुला गरिने छ ।

आज  साँझ ६ बजे देखि ११ बजे सम्म भेटघाट तथा एक आपसमा नेटवर्किङ्ग बिस्तार अर्थात् जालक्रम वृद्धि राखिएको छ । अमेरिकामा सन् १९९७ मा स्थापना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसन(एएनएमएफ)ले कर्णाली एकाडेमी एफ हेल्थ साइन्सेसको लागि ब्लड बैंक बनाउन १ करोड २२ लाख रुपैंया सहयोग गर्ने भएको छ । 

यो परियोजनाले महत्वपूर्ण स्वास्थ्य सेवाको आवश्यकतालाई सम्बोधन गर्ने, आपतकालीन तयारीमा बृद्धि गर्ने, सामुदायिक संलग्नतालाई प्रवर्द्धन गर्ने र नेपालको सबैभन्दा ग्रामीण क्षेत्र मध्येको एक कर्णाली प्रदेशको जनसंख्याको समग्र कल्याणमा योगदान दिने अपेक्षा गरिएको छ। कर्णाली एकाडेमी एफ हेल्थ साइन्सेसका उपकुलपति चिकित्सक डा मङ्गल रावल एएनएमएफको शिकागोको २८ औ बार्षिक साधारण सभाको लागि शिकागो आई पुगेका छन ।

बिगत २७ बर्षमा अमेरिका नेपाल मेडिकल फाउनडेसन(एएनएमएफ)ले ३०० वटा परियोजनामा काम गरि सकेको छ ।

स्मरण रहोस ,एएनएमएफ अमेरिकामा गैर मुनाफा सामाजिक संस्थामा आधिकारिक रुपमा दर्ता भएको सँस्था हो ।  प्रमुख वक्ताको रुपमा कुलचन्द्र गौतम आई पुगेका छन ।

प्रतिक्रिया