भर्जिनिया राज्यको कंग्रेशनल डिस्ट्रिक १० मा कंग्रेशमेनका लागि यही १८ तारिकका दिन प्राइमरी निर्वाचन हुदैछ । त्यसका लागि जुन ३ देखि बिभिन्न मितिमा अर्लि मतदान भैसकेको छ र पुन मतदान हुदैछ । अर्लि मतदानका लागि जुन १५ सम्ममा तोकिएको केन्द्रमा गएर मतदान गरिसक्नु पर्ने छ । यो क्षेत्रबाट नोबेम्बर ५ मा हुने निर्बाचनमा पुग्नका लागि हाल प्राइमरीमा रिपब्लिकन पार्टीबाट ४ जना उमेद्वार छन भने डेमोक्रेटिक पार्टीबाट १२ जना चुनावी मैदानमा छन । ती १२ जना मध्य एकजना नेपाली मूलका अमेरिकन एड्रियन पोखरेल पनि छन । भर्जिनियाको कंग्रेशनल डिस्ट्रिक १० डेमोक्रेटिक पार्टीको दह्रो किल्लाको रूपमा रहेको क्षेत्र हो । जहां जोनिफर वाक्टनले सन २०१८ देखि निरन्तर प्रतिनिधित्व गरिरहेकोमा यो पटक उनको स्वास्थ्यको कारण उमेद्वारी नदिएका कारण उक्त पदमा यति ठूलो प्रतिश्पर्दा हुदैछ । अहिले उमेद्वार बनेका प्राय सबै उमेद्वार आर्थिक रूपमा पनि धेरैजसो सवल भएको कुरा उनीहरूले रेज गरेको फण्डबाट पनि देखिन्छ । यति धेरै रकम संकलन गर्नका लागि पक्कै पनि सीमित मानिसहरूको डोनेशनले मात्रै संभव थिएन होला ।
यी उमेद्वारहरुलाई जनताले जानिसकेका , कुनै खाल खण्डमा मतदाताहरूका मस्तिस्कमा यी नामहरू परिचित भएर नै यति धेरै फण्डरेज भएको सहजै अनुमान लगाउन सकिन्छ । आजसम्म वेबसाइटमा देखिए अनुसार डेमोक्रेटिक पार्टीका उमेद्वार मध्ये सबैभन्दा कम फण्ड $8359.00 देखिन्छ भने सबै भन्दा बढी $15,43,590. देखिन्छ । त्यस मध्येमा हाम्रो उमेद्वार एड्रियन पोखरेल भन्दा ४ जना उमेद्वारको फण्डरेज कम छ । जसरी मतपत्रमा हाम्रो नाम ८औ नंबरमा छ , फण्डमा पनि हाम्रो पोजिशन त्यही अनुसार नै छ । यो निर्वाचनमा लागि अत्यधिक स्वयंसेवकको आबस्यकता पर्ने छ । संभबत यो क्षेत्रमा २१८ मतदान केन्द्रमा यार्ड साइन र स्वयमसेवकले मतदाताहरूलाई दिने फ्लायरका लागि हामीलाइ निक्कै रकमको आबस्यकता पर्ने हुन्छ । निर्बाचनका दिन स्वयंसेवक भै सहयोग गर्न र डोनेशन गर्नका लागि अमेरिकाको कुनै पनि ठाऊमा बसेको भए पनि सहभागी बन्न सकिन्छ । डोनेशनका लागि कानूनले अनुमति दिएका मित्रहरुले जति सकिन्छ त्यति सहयोग गर्नु भयो भने हाम्रो उमेद्वारले फ्लायर र यार्ड साइन सबै तिर प्रसस्त पुर्याउन सक्नु हुनेछ । मैले यहां केही डाटा यसकारण पनि राखें कि हामी फण्डरेजमा कहां छौ ? अनि हाम्रा प्रतिश्पर्धीहरू कहां छन ? अहिलेका १२ जना उमेद्वार मध्ये मैले बुझे अनुसार ७ जना उमेद्वारलाई कुनै न कुन रूपमा मतदाताहरुले जानेकै नामहरू छन । हामीहरू जस्तो पुरै नयां ५ जना हुनु होला ।
त्यसकारण पनि अरू उमेद्वारका तुलनामा हामीले बढी मिहनेत गर्ने पर्छ । भर्जिनियामा बस्ने हामी ( जो सुख दुखमा संगै छौ मर्दा पर्दा हामी चाहिन्छौ ) सबैले डोनेशन गर्यौ त ? भर्जिनिया बाहिर बस्ने नेपाली समुदायका सदस्यहरूलाई एड्रियन पोखरेलको उमेद्वारीको बारेमा भन्यौ त ? अनि आफ्नो सर्कलमा डोनेशनका लागि आह्नान गर्यौ त ? यस्तो अबसर सधै नआउन सक्छ , यति धेरै उमेद्वारका माझमा आन्तरिक निर्बाचन नहुन सक्छ । यदि हाम्रो समुदायका लागि गर्व गर्छौ र नेपाली हुनुमा गौरव गर्छौ भने यो बेला तपाइले सहयोग गरेको $५.०० पांच डलरको पनि मूल्य हुनेछ । एउटा नेपालीको छोरोले हिम्मत गरेको छ , त्यो हिम्मतलाई सम्मान गर्न भए पनि $५ डलर नै किन नहोस , सहयोग गरौ। साथ दिऊ। १९ तारिक पछि यी १२ जना मध्ये जो बिजयी बन्नु हुनेछ त्यो हाम्रो साझा उमेद्वार हुनेछन । हामी १८ तारिकसम्म १२ जनामा बिभाजित छौ त्यस पछि हामी आआफ्नो पार्टी लाइन अनुसार नै जाने छौ ।
एड्रिन आशिष पोखरेलको अभियानमा हामी हिडिरहदा हामीले गरिरहेका बिभिन्न अभियानमा कहिलै नजोडिनु भएका कतिपय हामीले गरेका कामका बारेमा जानकारी नै नभएका साथीहरुलाई समेत भेटेका छौ । समाज जोड्नका लागि गरिएका काममा जोडिनका लागि आह्नान गरेका छौ । एक पटक तलको डाटालाई राम्ररी पढेर आफैले आफैलाई सोधौ। थिंक गरौ । सकेको सहयोग गरौ , १८ तारिकका लागि स्वयम सेवकको रूपमा सहभागी बनौ ।
Manga (R) $2,919 $4,492
Andrews, Aliscia (R) $26,970 $204,331
Clancy, Mike (R) $110,727 $379,472
Isaac, Alex (R) $22,997 $163,051
Boysko, Jennifer (D) $95,103 $541,588
Devoe, Marion Sr (D) $10,395 $10,395
Filler-Corn, Eileen (D) $219,035 $971,796
Helmer, Dan (D) $536,350 $1,543,590
Kaul, Krystle (D) $42,867 $1,027,656
Leighton, Mark (D) $2,019 $8,359
Maldonado, Michelle (D) $836 $99,752
Nembhard, Travis (D) $22,752 $116,899
Pokharel, Adrian (D) $33,769 $171,430
Qarni, Atif (D) $80,430 $363,301
Reid, David (D) $16,219 $279,490
Subramanyam, Suhas (D) $285,807 $1,048,505
Wexton, Jennifer* (Did not seek re-election) $162,879 $554,648
श्रोत वेबसाइट
एड्रियन पोखरेलको अभियानमा सहभागी हुन चाहाने महानुभावहरुले तलको लिंकमा गएर डोनेसन् गर्न सक्नु हुनेछ
https://secure.actblue.com/donate/adrian4congress-4
प्रतिक्रिया