बाना भलिवल प्रतियोगितामा टेक्ससको सजनी क्लब बिजयी ,बिजेताले पाए ६ हजार डलर ,उपविजेतालाई ३ हजार ५ सय डलर

इनेप्लिज २०८१ जेठ २८ गते २३:४३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित छाता संगठन बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना)ले चौथो अन्तरराज्य भलिवल प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ ।

गत आइतबार सम्पन्न अन्तिम प्रतियोगितामा टेक्सस ड्यालसको सजनी क्लबले न्यूयोर्कको रिजवुडलाई हराउदै चौथो बाना कप अन्तरराज्य भलिवल प्रतियोगिताको उपाधि हासिल गरेको छ । सजनी क्लबले न्यूयोर्कको रिजवुडलाई ३-१ ले हराउदै चौथो बाना कप अन्तरराज्य भलिवल प्रतियोगिताको बिजयी भएको छ । प्रतियोगिता जुन ८ -९ शनिबार र आइतबार आयोजना गरिएको थियो ।

गत आइतबार भएको अन्तिम (फाइनल )खेलमा उत्तम ५ (बेस्ट अफ फाईभ) को आधारमा खेलाईएको थियो । खेलको सुरुवातमा रिजवुडले प्रथम खेल जीत हासिल गरेता पनि दोश्रो खेल टेक्ससको सजनी क्लबले बाजी मारे पछि भिडन्त निकै प्रतिश्प्रद्धा हुन् गएको थियो । अन्त्यमा सजनीले ३ खेल बाजी मारे पछि चौथो बाना कपको उपाधि जितेको छ । यस बर्ष सहित टेक्सस ड्यालसको सजनी दोश्रो पटक बिजयी भएको छ ।

खेलको उद्घाटन बानाका अध्यक्ष सुबोध पन्तले गरेका थिए भने अन्तिम(फाईनल) खेल प्रतियोगितामा डिसी स्थित नेपाली राजदुतवासका उप नियोग प्रमुख कुमार राज खरेलले पुरस्कार वितरण गरेका थिए ।

बिगत बर्षहरुमा अत्यन्तै सफलताको साथ सम्पन्न गर्न सफल भएको बानाले यस बर्ष पनि उक्त प्रतियोगीतालाई निरन्तरता दिएको छ । अमेरिका भित्र बसोबास गर्ने नेपालीहरु बिच सद्भभाब एवम् खेलकुद विकासको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।

साथै साथमा उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीलाई समेत पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ । बिजेता टोलीले ६ हजार डलर नगद ,पदक तथा प्रमाणपत्रको साथै उप बिजेता टोलीले ३ हजार ५ सय डलर प्राप्त गरेका छन् ।

बिगत बर्षमा आयोजना गरिएको जेसप मेरिल्याण्डमा प्रतियोगिताको आयोजना गरिएको थियो । चौथो बाना कप भलिवल प्रतियोगिताको लागि कुल १२ वटा खेल टोलिले सहभागिता जनाएका थिए भने महिला तर्फ २ खेल टोली रहेका थिए । महिलाको खेल मैत्रीपूर्व खेलाईएको प्रतियोगिताका संयोजक भीम केसीले ईनेप्लिजलाई बताए । बानाका सचिव हिरा खत्री लगायतले खेल सफलता बनाउन अहोरात्र खटिई ठूलो मेहनत गरेका थिए ।

अध्यक्ष पन्तले आगामी बर्षहरुमा पनि यसलाई निरन्तरता दिने बताए र सबैलाई एक मुष्ट रुपमा धन्यबाद दिए । प्रतियोगिताका द्वितीय बिजेताका खेलाडीहरुलाई पुरस्कार वितरण कुल मणि आचार्य ,जनक पौडेल ,किरण पण्डित र गोबिन्द सापकोटाले वितरण गरेका थिए । उद्घाटन र समापन समारोहमा महासचिव सागर घिमिरेले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया