संजालका बाँदर

इनेप्लिज २०८१ जेठ ३२ गते १०:१९ मा प्रकाशित

सुनिता बस्नेत थापा

जव अनुहार ऐनामा हेर्छु बाँदर सम्झिन्छु। हाम्रा पुर्खा रे बाँदर । मानव सभ्यताको विकास हुंदा एउटा बाँदरबाट मान्छे, परिवार अनि समाज त्यस पछि सभ्यता, संस्कार मानवता अनि धेरै पछि संजाल सुरु भयो।

प्रविधिको चरम विकाससंगै संजालमा छाएका छौं।समाज लाज, सम्मान, इज़्ज़त, प्रतिष्ठा शिक्षा अनि प्रविधिले भरि पुर्ण छ। तर बाँदरको समाज स्वतन्त्र, निर्लज्ज अनि जंगली देखिन्छ।

पहिलेको सोचाइ र समाज अनि अहिलेको भोगाइ र संस्कारमा फरक छ।तर महिलाको भोगाइ भने फरक छैन।महिलाले समाजमा जस्तो व्यवहार पाउॅछन् त्यो भन्दा पनि भयानक व्यवहार संजालमा पाएका छन्।

समाजमा भिडभाडमा छुन सकिने अंग, लापरवाही जिस्क्याउन सकिने मनोरन्जन अनि हेरेरै धीत मार्न सक्ने तिर्खाको रुपमा यौन हींशा नसहेका कुनै पनि महिला छैनन् होला। त्यस्तै सॅजालको महिला यौन हिंशा त झन् यथार्थ समाजको भन्दा नि डर लाग्दो छ। किनकि आमने सामने वोलेर भन्न गार्हो भएका कुराहरु टाढाबाटै गरिने हुनाले महिलाहरु हर्यासमेन्टको शिकार वनेको घटना दिनप्रति दिन वढेको छ।

महिला देखे पछि अनावश्यक फोन गरि हाल्ने।जे पायो त्यहि पोष्ट गर्ने, अपशब्दहरु प्रयोग गर्ने गरेको घटना वारम्वार भोगेगिन्छ र सुनिन्छ।

भलै,सॅजाल आफ्ना नातेदार, परिवार, साथीभाई इष्टमित्र लगायत अपरिचित व्यक्तिहरुको पनि सामाजिक चौतारी वनेको छ।वर्षौं भेट नभएका साथीभाई र इष्टमित्रलाई करिव ल्याएको छ। हुन त सॅजालले टाढाकालाई नजिक र नजिकलाई टाढा नवनाएको होइन। सदुपयोग गरे फाइदाजनक छ। केहि मानसिक कुष्ठा बोकेका सॅजालेहरुको कारण महिलाहरु अनावश्यक झमेलामा परेका छन्।

केहि मानसिक कुष्ठा बोकेका सॅजालेहरुको कारण महिलाहरु अनावश्यक झमेलामा परेका छन्।

केहि महिना अगाडिको कुरा हो। मेरी सहेली एलिसाले उस्को संजालको तीतो अनुभव एकै श्वासमा सुनाई। ‘मेरो अंकलको साथीको रिक्वेष्ट आयो। आफ्नो वाल्यकालमा देखेको अनि आफ्नो गाउंको मान्छे संजालको साथी बन्दा खुशीनै लाग्यो।सामान्य हालखवरको कुराहरु भयो। त्यो एउटा मानवताको नाताले पनि कहॉ छौ? के कसो छ? जोसंग पनि हुन्छ। त्यस पछि प्रत्यक दिन म्यासेज गर्ने गर्नु भयो।

संजालका साथीहरुसंग दिनहुं कुरा गर्नु मेरो उदेश्य होइन। त्यसकारण मैले खासै म्यासेज हेर्न छाडि दिएं। केहि महिना पछि बारम्बार फोन नै आयो। फोन त उठाइन तर पुराना मैले नहेरेका धेरै म्यासेजहरु रहेछन्।

एउटा वाक्यमा पुगेर मेरो ऑखा रोकियो। ‘ कस्ति भालु केटी रहिछ!’ एउटा वावु समानको मान्छेले मलाई लेखेको शब्द देखेर मेरो इन्द्रियहरु तातो भयो तर मन अति चिसो भयो।मेरो मनले सोध्यो। के कारणले मैले यो गाली सुन्नु पर्यो? मेरो गल्ती के? के मैले अॅकल जस्तो मान्छेलाई संजालमा साथी वनाउन हुन्थेन? वा मैले वहॉसंग औपचारिक कुरा गरेर गल्ती गरें?? मानवताको र परिचयको आधारमा मैले वोलेको मिठो वोलिले मेरो नामाकरण भयो? ‘भालु’ के हो भालु भनेको?? मैले सुने र बुझे अनुसार यौन व्यवसायमा लागेका महिलालाई ‘भालु’ भन्ने चलन छ। के म वहॅासॅग अनाबश्यक कुरा नगर्दा मैले यस्तो अपशब्द सुन्नु परेको?

अनि एलिसाले थपि, ‘परिचित र अभिभावक जस्ते लाग्ने मान्छेको त्यस्तो घटिया व्यवहार सॅझिंदा मेरो मनमा ति अंकलको नाममा कुण्ठा बोकेका मान्छेप्रति धेरै प्रश्नहरु उव्जिएका छन्। ‘ संजालमा मलाई साथी वनाउनुको उद्देश्य के थियो?’ एउटा स्वच्छ मन र उद्देश्य वोकेर संजालमा वसेको मान्छे वहॉलाई रंगरलिया नगरिदिंदा भालु भएँ?’ अंकल ‘म’ होइन हजुर हो ‘भालु’! किनकि तपाइं संजालमा एउटा तिर्खा वोकेर छिर्नु भएको छ।त्यसको विकार मलाई होइन हजुरलाई नै हुनु पर्छ।’ यति भनि सक्दा एलिसाको आवाजमा आक्रोश थियो।

हुनत म आफैलाई पनि यस्ता असभ्य घटनाहरुमा नपरेको होइन। कुरो केहि महिना अगाडिको हो। काममा जाने क्रममा तेज गतिमा गाडि हुंइकि रहेको थियो। वारम्वार म्यासेन्जरमा फोनको घन्टी बजिरहेको थियो। स्पिड र हिउंको कारणले फोन उठाउन सक्ने अवश्थामा थिइन। त्यति खेर म सायद मेरै आमाको फोन आएको भए पनि उठाउंदैन थिएं।किनकि पहिला आफ्नो ज्यान सुरक्षित हुन पर्यो। तर एकैनाश बजि रहेको फोनले मेरो फोनमा लाएको नेभिगेसनले बाटो देखाउन सकि रहेको थिएन। अनावश्यक फोनकलले म दिशा विहिन वनि रहेकि थिएं भने मेरो ड्राइभिंग गर्ने एकाग्रता भंग भइ रहेको थियो।ठुलो दुर्घटना हुन सक्ने संभावना थियो तर वल्ल वल्ल काममा पुग्न सफल भएको थिएं। फोन हेर्ने फुर्सद थिएन।

सॅजालको दुर्गन्धले वाक्वाक् लाग्ला जस्तो भयो।सोचें मलाई किन चाहियो संजाल? अनावश्यक झमेला बेहोर्नको लागि संजाल चलाउन्न भन्ने भाव आयो।

४/५ घन्टा पछि खाजा खाने वेलामा वल्ल फोन हेर्ने फुर्सद पाएँ।कस्को फोन रहेछ वारम्वार आएको भनेर हेर्दा एक सॅजालको साथीको फोन करिव ४०/५० पटक आएको रहेछ र अन्त्यमा अत्यन्त निच शब्दहरुले गालि गरिएको रहेछ।ती शब्दहरुले ऑखा बाटो हुंदै मुटुमा चस्स बिझेको थियो।ती शब्दहरु जीन्दगीमा पहिलो चोटी आफुमा प्रयोग भएको थियो। भाउन्न भएर आयो। रनक्क रीस उठ्यो। सॅजालको दुर्गन्धले वाक्वाक् लाग्ला जस्तो भयो।सोचें मलाई किन चाहियो संजाल? अनावश्यक झमेला बेहोर्नको लागि संजाल चलाउन्न भन्ने भाव आयो।

तर तुरुन्तै सोचें यस्ता कुण्ठित मान्छेहरुसॅग म किन भागुं? बरु यस्तालाई नै पर्दाफास गरि दिन्छु। सकारात्मक सोच प्रवाह गर्न सॅजाल पसेकि म केहि चिनजानका वांदरबाट विकसित हुन नसकेकाहरुलाई म किन स्थान दिउं? सॅजालमा कति राम्रा कृयाकलापहरु पनि छन्।

आजको समाजमा सॅजालको गोडमेल अति आवश्यक छ। साथै सजगता पुर्वक महिलाहरु आफैले आफ्नो पहिचानमा जोड दिंदै सॅजालको दुर्गन्ध हटाउन सक्छन्।

जीवन बॉड्ने अर्धागीनी हुन्।मुटु खन्याउने प्रेमिका हुन्।साहरा दिने छोरी हुन्।भरोषाकि साथी हुन्।भन्ने कुरा बुझ्न र बुझाउन आवश्यक छ।

महिला अंग होइन।मनोरन्जनको साधन पनि होइन।मात्रित्व चुसाउने आमा हुन्।भरोसा पुर्ण दिदी वहिनी हुन्।जीवन बॉड्ने अर्धागीनी हुन्।मुटु खन्याउने प्रेमिका हुन्।साहरा दिने छोरी हुन्।भरोषाकि साथी हुन्।भन्ने कुरा बुझ्न र बुझाउन आवश्यक छ।

हामी मानव वॉदरभन्दा किन भिन्न छौ त? सभ्यता र सॅस्कार अनि अनुशासनले होइन र? लाज ढाक्न बॅादरको पुच्छर छ तर हाम्रो पुच्छर छैन। लाज ढाक्न कपडा लगाउछौं। घर परिवार अनि समाजमा वस्छौं ।एकार्काको ईज्जत गर्छौं। हामी सबै बॅादरबाट परिष्कृत छौं।अव वॉदरे चर्तिकला नदेखाउॅ।लाज ढाक्नलाई अव हामीसंग पुच्छर छैन।

सुनिता बस्नेत थापा
(लेखिका एक नर्स (स्वास्थ्य परिचारिका )पनि हुन्)

प्रतिक्रिया