अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली समुदायको अथक प्रयासबाट स्थापित हिन्दु बुद्ध मन्दिरमा श्रद्धेय रमेश नेपाल गुरुदेव तथा श्रद्धेय एल पि भानु गुरुदेवको प्रत्यक्ष सान्निध्यमा सत्संगको आयोजना हुने भएको छ । जीवन बिज्ञानका अध्यात्मिक गुरुहरु हाल अमेरिकाको भ्रमणमा रहनु भएकोले यो सत्संग कार्यक्रमको आयोजना गरिएको हो ।
जीवन बिज्ञानका योग प्रशिक्षक तथा समाज सेवी प्रेम कुमार श्रेष्ठले सत्संग कार्यक्रम आगामी जुन १९ बुधबार बिहान हुने ईनेप्लिजलाई बताए । सत्संग बिहान ८ बजे दखि १० बजे हुनेछ भने सत्संग पछि प्रसाद वितरण समेत गरिने छ ।
जीवन बिज्ञानमा अद्भुत रुपमा संलग्न हुने प्रेम कुमार श्रेष्ठले यो दुर्लभ सत्संगमा नेपाली समुदायका सबै सदस्यहरुलाई आमन्त्रण गरेका छन् । त्यस्तै हिन्दु बुद्ध मन्दिर परिवारले सबैलाई सहभागिताको लागि अनुरोधको साथै समय व्यवस्थापन गर्न सक्ने सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।
सत्संग हुने स्थान र मिति : कहिले : जुन १९,२०२४
समय : बुधबार बिहान ८ बजे देखि १० बजे सम्म
कहाँ : हिन्दु बुद्ध मन्दिर परिसर
12231 Harford Road ,Glen Arm ,Baltimore , MD 21057
प्रतिक्रिया