खगेन्द्र प्रसाद आचार्य
यो सिरेटो चलेको साझमा,
आज एकपल्ट नाची दिन्छु।
थर थर कामेर गाई दिन्छु ,
जिन्दगीको गित फेरि दोर्याएर ।
एउटा नया गित लेखेर छोडी जान्छु।
स्वर समराटले गाए जसरी ,
सङ्गितमय समाजको माहोलमा,
गाई दिनु तिमिले दोर्याएर ।
ती आँखा बाटमात्र आँसु झर्ने होइन,
अरुका आँखाबाट पनि आँसु झर्छन
त्यो दिलमात्र दुख्ने होइन,
अरुको दिल पनि दुख्छ।
सम्बन्ध र बाटो तब सकिन्छ स्तुति ,
जब खुट्टा होइन मन थाक्छ प्रिय ।
आफ्ना खुसी धुजा धुजा पारेर,
अरु लाई खुसी पार्दा पनि ,
समाजले दोषी सम्झए पछि ,
एक्लोपनाको आभास हुदो रहेछ ।
अतितका घटनाले पिरोले पछि,
एक्लो पनाको लत लागे पछि,
ससार छोडन बिबस हुदो रहेछ,
अनिदोमा नै पुग्दो रहेछ घाटमा ।
अरुलाइ एक्लो पार्नु पहिला,
आफू एक्लो हुदाको अनुभव गर,
दिल हारेर बनेको पत्थर होइन ,
जिउदो दिल हुनेको याद गर ।
यो सिरेटो चलेको साझमा,
नाता सम्बन्ध सबै तोडेर,
यो ससारलाइ छोडेर जादा,
मलामिको साथ उपहार स्वरुप,
तिम्रो दिल दिमागको बगैचामा,
फुलेको फुल टिपेर ल्याउ हातमा,
सक्छौ भने भेटन आउ घाटमा,
चढाइ देउ ल्याएको फुल लाशमा ।
गित गाउन नाच्न अब छोडेर,
सारा सपना साथ लिएर स्तुति ,
यो छोटो अपुरो कथा सम्झिदै,
हरेक बर्ष रितु बनेर पर्खिने छु।
तिमी एउटा नया गित लेखेर,
वसन्त रितु बनेर आइदिनु।
गित को एउटा माला गासेर ,
चडाइ दिनु अबलाको लाशमा
खगेन्द्र प्रसाद आचार्य
काठमाडौ
प्रतिक्रिया