मेरिल्याण्डको एक बिद्यालयमा जनचेतना कार्यक्रममा गोली चल्दा एक जनाको मृत्यु ,एक बालक घाइते

इनेप्लिज २०८१ असार १ गते १९:५४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको पोटोम्याक हाई स्कूल(माध्यमिक बिद्यालय)मा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने एक जना बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार एक बालकसहित दुई जनालाई गोली लागेको छ । शनिबार बिहान मेरिल्याण्डको अक्सन हिल शहरको पोटोम्याक हाई स्कूल(माध्यमिक विद्यालय )मा गोली चलेको प्रहरीले जनाएको छ ।

प्रिन्स जर्ज काउन्टी प्रहरीले दुई जनालाई गोली हानिएको पुष्टि गरेको छ । ती मध्ये एक जनाको अस्पतालमा मृत्यु भएको हो ।

मस्तिष्कको क्यान्सर(अर्बुद रोग)को बारेमा जनचेतना कार्यक्रमको आयोजना गरिएको युवा भकुण्डो (फुटबल )प्रतियोगितामा गोली हानाहान भएको एनबिसीवाशिंगटनले जनाएको छ ।

पीडित मध्ये एक वयस्क पुरुषलाई पनि गोली लागेको अवस्थामा फेला पारिएको तर उक्त व्यक्तिलाई अस्पताल लागिएको थियो । उनको पछि मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ ।

अर्को पीडित एक बच्चा बच्चा हुन् र बच्चालाई पनि अस्पताल लगिएको छ । गोली प्रहार गरी फरार रहेका शंकास्पद बन्दुकधारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया