अनेसासमा अबको नेतृत्वको कार्यदिशा

लालगोपाल सुवेदी २०८१ असार २ गते १६:०५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आज विश्वभर अनेसास नामले प्रसिद्ध भइसकेको छ । सबै महादेशका विभिन्न देशमा यसका सञ्जाल फैलिसकेका छन् । आजभन्दा ३३वर्षअगाडि होमनाथ सुवेदीको सोच र अगुवाइमा स्थापित यस संस्थाले १६ वटा अध्यक्ष र कार्य समितिहरूको काँध पाइसकेको छ । १७ औँ कार्यसमितिको बलियो काँध र दह्रा हातखुट्टाहरूको अपेक्षा यसले गरेको छ । प्रवासमा आफ्नो पहिचान स्थापित गरी त्यसमा गाढा रङ प्रदान गर्नु चसको प्रथम हेतु हो । मान्छे मात्रको प्रथम पहिचान रउन्नतिको द्वार भाषा नै हो । भाषा नभएको भए मान्छे र भेडाका बीचमा कुनै भिन्नता नै हुने थिएन । विज्ञान र प्रविधिले ब्रह्माण्डकै फन्को लगाए पनि हाम्रा अनुभूति, चिन्तन र परिकल्पनालाई चिरकालसम्म जीवन्त राख्ने आधारभूत साधन भाषा नै हो ।

बालुवै बालुवाजस्तो मरूप्रदेशमा अनेसास नामक बिरुवा रोपेर हुर्काउन सजिलो काम पक्कै होइन । होमनाथ सुवेदीको तत्कालीन, युवा जाँगरले वन्जरभूमिमा बिरुवा रोपेर हुर्काइदिएकाले आज प्रवासमा रहेका हामी भाषासाहित्य प्रेमीहरूका लागि एउटा गतिलो छहारी प्राप्त भएको छ । यसलाई रोप्न, गोडमेल गर्न र हुर्काउन कति दुःख गर्नुप¥यो होला, कति पापड बेल्नुप¥यो होला, कति आँधी, हुरी, असिनाको सामना गर्नुप¥यो होला त्यो स्वयं संस्थापक र सारथीहरूलाई मात्र थाहा छ । आँखा महत्वपूर्ण हो कि सुनको प्रेम भएको चस्मा महत्वपूर्ण भन्ने प्रश्नमा कसैले सुनको फ्रेम लगाएको चस्मा भनिदेलान् आँखै नभए चस्माको के काम ? आफूसँग भएको कुराको महत्वबोध नगर्ने, सुनकैताराको अभिलाषा राख्ने हाम्रो स्वभाव नै कमजोरी पनिहो । ज–जसले अनेसास स्थापना गरेर डो¥याउँदै–डो¥याउँदै यहाँसम्म लाइदिए ती सबैप्रति गुनासा मात्रै गरिरहनुको कुनै तुक छैन । यो भएन र त्यो भएन भन्नु बेकारको कुरा हो । हामी हाम्रा बसै अग्रज अभियन्ताप्रति कृतज्ञ हुनु जरुरी छ । विगतमा के के भएन भनेर दोष दर्शनतिर उन्मुख हुनुले समीलाई कुनै पनि फाइदा हुँदैन त्यसको बदला १६ वटा कार्य–समितिले गरेका राम्रा कामहरूको लिस्ट बनाएर त्यसमा आफ्ना तर्फबाट के–के गर्नुपर्छ भन्ने कार्ययोजनाका बुँदाहरू थप्नु जरुरी हुन्छ । भनिन्छ नि फूलको आँखामा फूलै संसार ।

जहाँसम्म मेरो कुरा छ । अनेसास जन्मेर दिन बजरसम्मका गतिविधिलाई नजिकैबाट नियाल्न नपाए पनि अनेसासको इतिहास पढेर अवश्यै राम्रा कार्यहरूको परिगणना गरेको छु । जहाँसम्म म अमेरिका आएपछिको कुरा छ कुमार बस्नेत, ज्ञानेन्द्र गदाल, गीता खत्री, पदम विश्वकर्मा, राधेश्याम लेकाली, प्रकाश पौडेल माइला र गोबद्र्धन पूजाको टिमले गरेका क्रियाकलापहरूको सामान्य साक्षी अवश्यै भएको छु । मैले देखे भोगेको यसअवधिलाई डेढ देश समयावधिले मापन गरेको छु । यस बीचमा अन्तर्राष्ट्रिय तहमा कार्यक्रमहरू आयोजना गरिएको छन् । विधानलाई समयानुकूल परिमार्जन गरिएको छ । पुरस्कारहरूको रकम वृद्धि भएको छ । थप नयाँ पुरस्कार स्थापना गरिएका छन् । पहिले पहिले गर्ने स्तरका कार्यक्रमहरू च्याप्टरहरूले पनि गरेका छन् । संस्थागतरूपमा होस् वा निजी रूपमा ठूलै संस्थामा पुस्तक प्रकाशन भएका छन् । गीतहरू रेकर्ड गरिएका छन् । यी उपलब्धिहरूको भागीदार अनेसासका जागरूक, स्थापित,सङ्घर्षरत र नवागन्तुक साहित्यकारहरू भएका छन् । योप्राप्तिमा पहिलो जस अनेसासले पाउनुपर्छ भन्ने पक्षमा म छु । यस्तो मरूप्रदेश जहाँ चराको जस्तै जिन्दगी बाँचेर जीवनयात्रा अगाडि बढाउनुपर्ने परिस्थिति छ । यस्तो अवस्थामा पनि अनेसासमा निर्वाचित भएर आएका पदाधिकारीले कमसेकम समय त दान गरेका छन् । या बालुवै बालुवा जस्तो भूमिमा समय भन्नु नै पैसा हो । चरो चारो टिप्नका लागि टाढा टाढा गयो भने आफू अघाउँछ र बचेराका लागि चराल्याउन पाउँछ । ठीक त्यस्तै त छ नि प्रवासको जिन्दगी घण्टा घण्टा मजदुरी नगरी खाना, नाना, छाना जुट्दैन ।

काममा विदा मिलाएर वा सिक कल हानेर (विरामी भएको बहाना) अनेसासका लागि समय दिनु भनेको पनि सयौँ डलर अनेसासलाई दिनु हो । यसको हिसाब कसले गर्ने ? यसरी केन्द्रका पराधिकारी च्याप्टरका पदााधिकारी र नेपाली नेपाली भाषा साहित्यलाई माया गर्ने मनहरूबाट यो संस्थाले हिँड्ने गोडा र गोडासँगै गतिशील्ता पाएको हो । जन्मेर दुई वर्ष नपुग्दै मृत्युवरण गरेका संस्था धेरै नै पाइन्छन् । संस्था बाँच्नु नै पनि ठूलो कुरा हो । अब यसलाई बलिया कसरी बनाउने भन्ने चिन्तन नै अबको हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ ।

राधेश्याम लेकालीका कार्यकालमा एउटा पराधिकारी म आफैँ थिए । त्यतिबेला हुने गरेका लामा–लामा छलफलको भोक्ता म आफै पनि हुँ । एउटा सम्मेलन सफल बनाउन कति जनाको सदासयता बटुल्नुपर्छ, कति खर्च जुटाउनुपर्छ, कस्तो व्यवस्थापन गर्नुपर्छ त्यो कुरा काम गर्ने मान्छेलाई मात्र थाहा हुन्छ । ज्ञानेन्द्र गदाल, गीता खत्री, पदम विश्वकर्मा, राधेश्याम लेकाली, प्रकाश पौडेल, गोबद्र्धन पूजाले गरेको मिहिनेत र समयको लगानीका लागि म त साधुवाद भन्छु ।

आसन्न निर्वाचनमा आफूपनि पदाधिकारी हुँदै गर्दा अब यो संस्थालाई कसरी नयाँ उचाई दिने भन्ने चिन्ता मेरो मनमा उब्जन थालेका छन् । आसन्न निर्वाचनमाहोमिदै गरेका पदाधिकारीहरू तपाईहरूमा फरक फरक सीप र क्षमता छ । ती सबै सीप र क्षमतालाई सय प्रतिशतका दरले एक ठाउँमा मिसाएर प्रयोग मात्रै गर्ने हो भने पनि हामीले धेरैै गर्न सक्छौ । कसैमा कार्यक्रम संचालनगर्ने कला छ, कसैसँग मान्छेको मन जितेर विश्वस्त बनाउने कला छ, कसैसँग कसैसँग प्रविधि मैत्रीको कुशल सीप छ । कसैसँग सम्पर्क सम्बन्धको दायरा फराकिलो छ । कसैसँगभाषा, साहित्य, संगीत, कला आदिको फरक फरक ज्ञान र सीप छ । मात्र कुरो के हो भने यी सबै कुराको व्यवस्थापन अनेसास विधानको उत्तोलकद्वारा सम्पन्न गर्ने त हो नि ।

सबैभन्दा महत्वपूर्ण कुरा मैले के दिन सक्छु भन्ने सोचौँ । विगतमा आजीवन सदस्यबाट महिनामा एक डलरको अवधारणालाई व्यवहारमा लागू गरौँ भन्दा रोहिणी शर्माबाट १५ वर्षको एकमुष्ट रकम अनेसासले प्राप्त गरेको घटना अविष्मरणीय जस्तो लाग्छ । एउटै मात्र राम्रो चिन्तनको पनि कति ठूलो महत्व छ । नवरत्न पुरस्कार, बाल प्रतिभा पुरस्कार आदिको परिकल्पना पनि राम्रा कुराहरू हुन् । यसबाट हामी जोडिँदै जोडिँदै जान्छौँ । तोकिनु नराम्रो हो जोडिनु चाहिँ अत्यन्त राम्रो र सकारात्मक कुरा हो । म किन जाने के दिन जाने, मैले कसरी दिने यिनै प्रश्नलाई मनमा राखेर अगाडि बढे मात्रै पनि हामीले धेरै दिन सक्छौँ ।

अबको कार्य समितिले प्राथमिकताका आधारमा गर्नुपर्ने कामहरूको सूची यस्तो छ–

(१)​अनेसासलाई अझ ठूलो अनेसास बनाउने कसरी ?

(क)​आजीवन सदस्य बढाएर

(ख)​स्रष्टा र भाषाप्रेमी दुवैलाई समान सम्मान भावले हेर्ने संस्कृतिको विकास गरेर ।

(२)​अनेसासलाई आर्थिक रूपमा मजबुत बनाउने ।

(३)​कार्यक्रमहरूलाई चुस्त दुरुस्त बनाउने कसरी ?

(क)​कार्यक्रम भद्दा नबनाउने

(ख)​पूर्व तयारी राम्ररी गर्ने ।

(४)​स्थायी मूल्यको खोजी गरेर (१) स्तरीय पुस्तक प्रकाशन (२) अनेसास परिवारका सदस्यले हासिल गरेका उपलब्धिको इतिहासमा लिपिवद्ध गर्ने ।

(५)​नेपाली भाषा साहित्यको केन्द्र भएकाले नेपाली विद्वानको विज्ञतालाई अनेसासमा सदुपयोग गरेर ।

(६)​टुटेका दुखेका मनमा मलम लगाउने र आफ्नो पुरानो घरमा फर्काउने ।

(७)​विगतमा जसले गरे पनि राम्रा कामका लागि सम्मानदिने ।

(८)​भाषा, साहित्य, संस्कृति, कला सेवासँग सम्बन्धित संस्थासँग सहकार्य गर्ने ।

(९)​विधानमा भनिएका बुँदालाई मिटिङमा छलफल गरी प्राथमिकताका आधारमा काम सम्पन्न गर्दै जाने ।

(१०)​वार्षिक क्यालेण्डर बनाएर काम गर्ने ।

(११)​यी लेख्नक्रममा आएका बुँदाहरू हुन् । यसमा अरू बुँदा जति पनि थप्न सकिन्छ । प्राथामिकता क्रम पनि निर्धारण गर्नुपर्छ ।

लेखक विगत १५ वर्षदेखि अनेसासमा संलग्न रहँदै आएका छन्

-लालगोपाल सुवेदी

प्रतिक्रिया