२१ बर्षिय अमेरिकी पौडीवाज ग्रेचेन वाल्शद्वारा महिला १०० मिटर बटरफ्लाई पौडी परीक्षणमा विश्व कीर्तिमान कायम

इनेप्लिज २०८१ असार २ गते २२:४३ मा प्रकाशित

२१ बर्षिय अमेरिकी पौडीवाज ग्रेचेन वाल्शले महिला १०० मिटर बटरफ्लाई पौडी परीक्षणमा विश्व कीर्तिमान कायम गरेकी छिन । अमेरिकामा सम्पन्न सेमीफाइनलमा उनले उक्त किर्तिमान कायम गरेकी हुन् ।

वाल्शले महिला १०० मिटर बटरफ्लाइमा सेमिफाइनलको परीक्षणमा ५५.१८ को साथमा विश्व कीर्तिमान कायम गर्न सफल भएकी छिन् ।

२१ वर्षीय वाल्शले सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिक खेलमा स्विडेनकी साराह स्जोस्ट्रोमले बनाएको ५५.४८ को अभिलेख(रेकर्ड )अंकलाई समेत पार गरेकी छिन् ।

वाल्श आइतवार आफ्नो पहिलो ओलम्पिक खेलका लागि छनोट हुन सक्ने छिन । अमेरिकी पौडी (यूएस स्विमिङ )ओलम्पिक टोली परीक्षण जुन २३ सम्म जारी रहनेछ। २०२४ पेरिस ओलम्पिक जुलाई २६ मा सुरु हुने र अगस्त ११ सम्म चल्ने छ ।

प्रतिक्रिया