हामी सबै नेपालीले गर्व गर्ने नाम हो डाक्टर सन्दुक रूइत । आज सन्दुक रूइतलाई सन्सारका धरै देशका मानिसहरूले चिन्दछन् । मानिसहरूले उनलाई दृष्ट्रिविहिनहरूका देवता र दृश्यका देवता समेत भन्ने गर्दछन् । जन्मशिद्ध या आँखामा बिबिधकारणले समस्या आएर ठूलो संख्यामामानिसहरूलाई दृष्ट्रीबिहिन बनेका छन् । यो सुन्दर संसार हेर्नबाट बन्चित बनेका छन् ।
विकशित देशहरू अमेरिका क्यानडा बेलायत फ्रान्स जर्मनी जस्ता देशहरूले आँखाको उपचारमा केही प्रविधिहरूको विकाश गरेका छन् । तर ती उपचार पद्धतीहरू सामान्य आम्दानी भएको मानिसहरूको क्षमता भन्दा बाहिरका छन् । ती देशरहरूका पनि सम्पन्न र केही प्रतिशत मानिसहरूलेमात्र आँखाको उपचार गराउन सक्दछन् । नेपालीहरूले त्यहाँ गएर उपचार गर्ने भन्ने त कल्पना भन्दा बाहिरको कुरा हो । साँच्चै भन्ने हो भने सरदर नेपालीको जायजेथा सबै बेच्दा पनि उपचार सम्भव हुँदैन । यस्तो अवस्थामा सन्दुक रूइतले न्यून भन्दा न्यून खर्चमा उपचार गर्ने प्रविधिको विकाश गरे । कती आर्थिक अवस्था कम्जोर भएका मानिसहरूलाई उनले निशुल्क उपचार गरेर सन्सार देखाएका छन् ।
मानिसको मृत्य पश्चात मृतकको आँखा खरानी भएर जान्छ अथवा माटोमा मिल्छ । तर आँखालाई मृत्यपरान्त दान दिने हो भने अर्को व्यक्तीलाई सन्सार देखाउँछ । आफु मरेर पनि आफ्ना आँखाले संसार हेर्ने सक्ने सोचको जन्माए । त्यसलाई कार्यान्वयन गर्न प्रविधीहरू बनाए । पूर्वप्रधान मन्त्री मनमोहन अधिकारीका आँखा पाएर एकजना यूवाले सन्सार हेर्न पाएको खवरले एकताका सामाजिक सञ्जाल ढाकिएको थियो । डाक्टर सन्दुकले आँखाको नानीलाई बचत गर्न तीलगंगा आँखा बैँकको स्थापना गरे । तिलगंगा आँखाबैँकबाट आँखाका नानीहरू भुटान, बंगलादेस,चिन, कम्वोडिया, पाकिस्तान, पूर्वी टिमोर जस्ता देशहरूमा पुग्दछन् । डाक्टर सन्दुकले एउटा आँखाको नानीले तीनजना सम्मको आँखामा उपचार गर्न सकिने प्रविधि बनाएकाछन् । उनले बनाएको आँखाको कुनामा राख्ने पातलो लेन्सलाई सात मिनेटमा चिरफार नगरी राख्न सकिन्छ । उनको यो प्रविधि विश्वमै प्रख्यात बनेको छ । उनको हातबाट अपरेशन गराउँनका लागि स्विजरलेण्ड, फ्रान्स, अमेरिका ,अष्ट्रेलिया र यूरोपियन देशहरूबाट मानिसहरू आउने गर्दछन् । उनले दुईलाख भन्दा बढी मानिसहरूको आँखा अपरेशन गरेर देख्न सक्ने बनाएका छन् ।
अब जानौ को हुन सन्दुक रूइत । नेपालको पूर्वी मेची अञ्चलमा चार जिल्लाहरू मध्धेको बिकट र दुर्गम मानिएको जिल्ला हो तापलेजुङ जिल्ला ताप्लेजुङ्ग जिल्ला मेची अञ्चलको सबै भन्दा उत्तरमा रहेको जिल्ला हो । यसै जिल्लामासंसाररको तेश्रो अग्लो कंचनजंघा हिमाल पनि रहेको छ । ताप्लेजुङ्ग जिल्लाको उत्तरी भागमा चिनसँग सिमाना जोडिएर रहेको सानो हिमाली गाउँको नाम ओलाङचुङ गोला हो । ताप्लेजुङ्ग बजारबाट तमोर खोलाको किनारैकिनार चार दिन हिँडे पछि मात्र ओलाङचुङ गोला पुगिन्छ । त्यही ओलाङचुङ गोलामा पिता सोनाम वाङ्ग्याल र माता कासाङबाट सन १९५४ मा सन्दुक रूइतको जन्म भएको थियो । उनका बुबाले सन्दुक रूइत नाम राखि दिए । तिब्बती भाषामा सन्दुकको अर्थ आकाशको ड्रयागन भन्ने हुन्छ । रूइत चै पुर्खौली तिब्बती गाउँ रूथोकको सम्झनामा राखेका थिए ।
सन्दुकका बुबा सोनाम तिब्बतबाट नून, जरीबुटी र अन्यसामानहरू ल्याएर गाउँगाउँमा घुम्दै बेच्ने गर्नु हुन्थ्यो । आमा कासाङ ऊनको धागो बनाउँने, स्वेटर, टोपी र गलैँचाहरू बुन्नेकाम गर्नु हुन्थ्यो । गाउँमा पढ्नका लागि स्कुल थिएन । । गाउँमा स्कुल नहुँदा उनले सातबर्ष सम्म पढन पाएका थिएनन् । सन्दुक बाल्यकालमा घरमै आमासँग बस्ने गर्दथे । उनी चौरीको ढाडमा चढेर रमाउने गर्थे । एक पटक चौँरीको ढाडबाट लडेर उनको दाहीने हात भाँचियो । त्यसपछी देब्रेहातले नै सबै काम गर्न शुरू गरे । रूइतका बुबालाई छोरालाई पढाउनु पर्छ भन्ने लागि रहन्थ्यो । पढाउने मान्छेको खोजी गर्दा भन्सारमा काम गर्ने एकजना कर्मचारीले पढाई दिने आश्वासन दिए । ती भन्सारका कर्मचारीले घरमा आएर सन्दुकलाई पढाइ दिए । सन्दुकले तीनै कर्मचारीबाट नेपाली साँवाअक्षर सिक्ने मौका पाए ।
उनी सातबर्षको हुँदा बुबाको साथलागेर पन्द्र दिनको बाटो हिँडेर दार्जेलिङको सेण्टरोवोर्टस स्कुलमा भर्ना भए । उनी कक्षा सातमा पुग्दा चिन र भारतको युद्धका कारण दार्जेलिङका स्कुलहरू बन्द भए । त्यस पछी उनलाई बुबाले काठमाण्डौ ल्याएर सिद्धार्थ वनस्थली स्कुलमा भर्ना गरी दिए । सिद्धार्थ वनस्थली स्कूलबाट प्रथम श्रेणीमा एसएलसी पास गरे र त्रिचन्द्र क्याम्पसमा बिज्ञान बिषय लिएर पढे । उनका दाजु झाडा पखाला लागेर बितेका थिए । उनकी एउटी बहिनी ज्वरो आएर स्वर्गे भएकी थिइन । उनी सँगै बसेर पढ्दै गरेकी बहिनी याङलालाई पनि क्षयरोगले भेट्यो । दोश्रो पटक विरामी भएर याङ्ला पनि बितिन्। सन्दुक त्यस बेला उन्नाइस बर्षका थिए । बहिनीले मर्ने बेलामा दाजु तिमी चैँ राम्रो पढ्नु , डाक्टर बनेर म जस्ता मान्छेहरूलाई बचाउँनु है ! मर्न नदिनु भेनेकी थिइन । उनलाई बहिनीका ती शब्दहरूले सदैब झकझकाइ रह्यो ।जसले गर्दा डाक्टर हुन अझै प्रेरणा मिल्यो । उनी प्लान पाएर डाक्टरी पढ्न भारतको लखनौ गए ।
उनी लखनौमा पढिसकेर नेपाल फर्किए र बिरअस्पतालमा आँखाको डाक्टर भएर काम गर्न शुरू गरे । बिरअस्पतालमा हुँदा आँखा शिविरमा खटिएर सयौँजनाको आँखाको रोग निको पारे । उनले आँखा सम्बन्धिको अध्ययनलाई अझ अगाडि बढाउँदै लगे । उनले भारतको राजधानी न्यू देल्लीमा गएर अध्ययन गरे। निरदल्याण्ड र अष्ट्रेलिया जस्ता देशहरूमा पुगेर आँखा अस्पतालको अनुभव बटुले । त्यसबेला नेपालबाट आँखा उपचार गराउन हजारौँ मानिसहरू भारत र अन्य देशहरूमा पुग्ने गर्दथे । उपचार खर्च नभएर धरै मान्छेहरू अँध्यारो जीवन बिताउँन
बाध्य बनेका थिए । धेरैले दृष्ट्री बिहिन भएर लठ्ठी टेकेर अरू मान्छेको सहारामा हिँड्नु पर्दथ्यो । यस्तो परिस्थिति देखेर दुखि बनेका सन्दुकले आफ्नै पहलमा आँखा अस्पताल बनाएर मान्छेको सेवा गर्ने दृढ अठोट गरे । उनलाई अन्य सात जना सहकर्मी डाक्टरहरूले पनि साथ दिए । त्यसैको प्रतिफल आज हामीले तिल गँगा आँखा अस्पताल पाएका छौँ । सन्दुक रूइतले देश भित्रका बिभिन्न बिकट गाउँमा पुगेर आँखा शिविरहरूसन्चालन गरे । बर्षौँदेखि आँखाको ज्योती गुमाएकाहरू आँखा देख्ने भए । जन्मै देखि देख्न नपाएकाहरूले पनि यो सन्सार देख्न पाए । त्यसैले उनलाई मानिसहरू दृष्यका देवता भनेर सम्वोधन गर्दछन् ।
उनकी एउटी बहिनी ज्वरो आएर स्वर्गे भएकी थिइन । उनी सँगै बसेर पढ्दै गरेकी बहिनी याङलालाई पनि क्षयरोगले भेट्यो ।
डाक्टर सन्दुक रूइतको यस्तो महानकार्यको सम्मान गर्दै एशियाको नोभेल पुरस्कार भनेर मानिने रमन म्याग्सेसे पुरस्कार (सन् २००६ ),अडरअफ अस्ट्रेलिया अवार्ड (२००७) भारतको प्रशिद्ध पद्मश्री पुरस्कार(२०१८) । बहराइनको प्रशिद्ध इसा अवार्ड २०२३ जस्ता अन्तर्राष्ट्रिय पुरस्कार र पदकले विभूषित हुनु भएको छ। देश भित्रका अनेक सम्मान र पुरस्कारले सम्मानित डाक्टर रूइतले नेपालको प्रधानमन्त्री राष्ट्रिय पुरस्कार (२०१९) प्राप्त गर्नु भएको छ । सरल र शालिन व्यक्तित्वका धनी डाक्टर सन्दुक रूइत अझै पनि दैनिक सात घण्टा देखि बाह्र घण्टा सम्म उभिएर आँखा उपचारमा ब्यस्त रहन्छन् । नेपाललाई बिश्व सँग परिचित गराउँने रूइत नेपालका मात्र नभएर सन्सारकै अमूल्य हिरा हुन ।
सुरेन उप्रेती पाँचथर हाल क्यानडा
प्रतिक्रिया