भर्जिनियामा दान गरिएको एक पुस्तकको बाकसमा ४ फिटको सर्प फेला

इनेप्लिज २०८१ असार ८ गते २१:०० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको एक थ्रीफ्ट स्टोर(किफायत पसल) मा दान गरिएको पुस्तकको बाकसमा ४ फिटको सर्प फेला परेको छ ।

सर्प फेला परे पछि भर्जिनिया राज्यका एक पशु नियन्त्रण अधिकारीलाई गुडविल थ्रिफ्ट स्टोरमा बोलाइयो र उनले सर्पलाई नियन्त्रणमा लिए ।

एक कर्मचारीले दान गरिएका पुस्तकहरूको बाकसमा छान्ने क्रममा उनीहरूले ४ फिटको सर्प फेला पारेका थिए ।

स्टाफर्ड काउन्टी शेरिफको कार्यालयले सामाजिक सञ्जालमा जनाए अनुसार पशु नियन्त्रण जे.ए. बाइसलाई गुडविल स्टोरमा बोलाइएको थियो।

बाइसले सर्पलाई सुरक्षित रूपमा हटाउन र जंगलमा फिर्ता छोड्न सक्षम भएको बताईएको छ ।

शेरिफको कार्यालयका अनुसार अति गर्मीको कारण सर्प पनि सम्भवतः छायाको खोजीमा त्यहाँ आएको हुन् सक्ने बताएको छ ।

श्रोत : युपिआई

प्रतिक्रिया