अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीका महिला शिक्षकलाई आक्रमणको आरोपमा पक्राउ गरिएको छ ।
वेस्ट स्प्रिंगफील्ड प्रहरी जासूसहरूले शुक्रबार धेरै विद्यार्थीहरूलाई आक्रमण गरेको आरोपमा व्हाइट ओक्स इलिमेन्टरी(प्राथमिक बिद्यालय)का एक विशेष शिक्षा बिषयकी शिक्षिकालाई पक्राउ गरेका छन् ।
जासूसहरूका अनुसार ६२ बर्षिय शिक्षक एलिजाबेथ योशिमी नागागाटाले सेप्टेम्बर २०२३ र अप्रिल २०२४ को बीचमा अलग-अलग अवसरहरूमा तीन बालबालिकालाई आक्रमण गरिन् ।
नागागाटाको अनुसन्धान गत अप्रिल १२ मा सुरु गरिएको थियो । बाल सुरक्षा सेवाले एकजना शिक्षकले विद्यालयमा विद्यार्थीलाई कुटपिट गरेको देखे पछि त्यस पछि उनि माथि निगरानी राखिएको एबिसी७न्यूजले जनाएको छ ।
नागागाटालाई जुन २१ मा गिरफ्तार गरिएको थियो । उनिलाई साधारण आक्रमणको सातवटा मुद्दामा अभियोग लगाइएको छ ।। नागागाटालाई वयस्क थुनुवा केन्द्र (डिटेन्सन सेन्टर)मा बन्धक बिना नै राखिएको छ।
तस्बिर कृतज्ञता : फेयरफ्याक्स काउन्टी प्रहरी
प्रतिक्रिया