अमेरिकी तेज धाविका शाकारी रिचर्डसनले १०० मिटरको दौड जित्दै २०२४ को पेरिस ओलम्पिकका लागि छनोट, स्वर्ण पदक जित्ने दाबेदार

इनेप्लिज २०८१ असार ९ गते ११:४० मा प्रकाशित

अमेरिकी तेज धाविका शाकारी रिचर्डसनले अमेरिकामा सम्पन्न अन्तिम चरणको प्रतिस्प्रद्धामा १०० मिटरको दौड जित्दै २०२४ को पेरिस ओलम्पिकका लागि छनोट भएकी छिन् । उनि फ्रान्समा हुने १०० मिटरको दौडको लागि स्वर्ण पदक जित्ने दाबेदार मध्ये कै एक हुन् ।

गत जुन २२ शनिबारका दिन अमेरिकाको ओरेगनको युजीनस्थित हेवार्ड मैदानमा भएको ओलम्पिक परीक्षणमा सय मिटरको फाइनल जितेर शाकारी रिचर्डसनले आफ्नो पहिलो ओलम्पिक खेलका लागि योग्य भएकी छिन् ।

रिचर्डसनले १०.७१ को समय संगै दौड पुरा गरेकोमा पहिलो स्थान हासिल गर्न सफल भइन । यस वर्ष विश्वको १०० मिटरमा सबैभन्दा छिटो समयमा दौडने धाविका भएकी छिन् ।

२४ वर्षीय धाविका पहिलो स्थानमा समाप्त भएपछि शुक्रबार सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलको दौडमा टेक्सस राज्यकी मूल निवासी शनिबारको फाइनलमा पुग्न १०.८६ सेकेन्डमा समाप्त गरेकी थिइन् ।

रिचर्डसन सँग संगै तालिममा भाग लिई रहेरका मेलिसा जेफरसन र ट्वानिशा टेरी पनि क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेर पेरिस ओलम्पिकका लागि योग्य भएका छन् ।

सन् २०२१ मा रिचर्डसनले अमेरिकी दौडमा महिलाको १०० मिटर दौड जितेकी थिइन् तर जाँच गर्दा सकारात्मक नतिजा आए पछि परीक्षणको लागि एक महिनाको प्रतिबन्ध स्वीकार गरेपछि प्रतिस्पर्धा गर्न पाएकी थिइनन् ।

रिचर्डसनले २०२३ मा बुडापेस्ट, हंगेरीमा भएको विश्व एथलेटिक्स प्रतियोगितामा १०:६५ किर्तिमान कायम गर्दै १०० को दौड मिटर जितेकी थिइन् ।

प्रतिक्रिया