जन्म र मरण सवैको सुनिश्चित छ यसलाई कसैले रोक्न र छेक्न सक्दैनन् । जुन कुराको सृष्टि हुन्छ त्यसको अन्त्य पनि हुन्छ। हामीले संयमता नगुमाउ । आज तिम्रो जुन उमेर भएको छ यसमा धेरै जनाको त्याग, तपस्या, धैर्यता, माया, ममता, आशीर्वाद र मिहिनेत जोडिएको छ ।
लाग्ला तिमीलाई आज मसँग केही छैन, यो जीवन मूल्यहीन र निरर्थक छ । आफ्नो जीवन अघिका घटना त कसैले देख्ने मौका पाएको हुँदैन । तथापि, अरूको जीवन अघिका घटनासँग नजिक हुँदा आफ्नो जीवन कसरी सुरु भयो भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ । शिशुको जीवनको सुरुवाती चरण देख्दा नै थाहा हुन्छ कि कति युद्ध माथि विजय प्राप्त गरे पछि मात्र यति सुन्दर जीवनको सृष्टि हुन्छ भनेर । पिताको विर्यमा भएका करोडौँ शुक्राणु एवम् आमाको अण्डाशयमा निष्कासित सयौँ अण्डहरू मध्येका सबैलाई परास्त गरि हाम्रो भ्रूण बनेको हुन्छ । त्यो भ्रूणले बच्चाको रूपमा विकास हुँदा सम्म अनेकौँ चुनौतीहरूको सामना त गर्नु पर्छ नै सम्भावित गर्भपातबाट आफूलाई बचाउन हर प्रयास गर्नु पर्छ । आमाले कति दुःखले १० महिना आफै भित्र विद्रोह गरेर दुःख सहेर यस सुन्दर समाजमा ल्याईदिएकी छन। समय पुगे पछि आमाको गर्वबाट यो धर्तीमा पाइला टेक्न पनि कहाँ सजिलो छ र । धर्तीमा प्रसव पिडाका कारण करोडौँ आमाहरूले अकालमा आफ्नो ज्यान गुमाएका छन् अनि त्यही हाराहारी सङ्ख्यामा नबजात शिशुहरूले पनि । यो धर्तीमा जन्म लिए पछि पनि अरबौँ भाइरस, ब्याक्टेरिया, किटाणु, जिवाणु जस्ता जीवहरूको आक्रमण बाट आफूलाई जोगाउँदै जीवन अगाडि बढाउनु पर्छ । विभिन्न रोगका कारण सानो उमेरमा नै जीवन गुमाउने वा असक्त भएर बाँच्न बिवस शिशुहरूको सङ्ख्या पनि त ठूलो छ ।
थोरै ठूलो भयो सर्पले डसेर, रुखबाट खसेर, भीरबाट लडेर वा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनु पर्छ कि भन्ने त्रास हामी सँगै रहन्छ । तर आज हामी जुन उमेरमा बाँचिरहेका छौँ, भगवानको कृपाले आजको मिति सम्म सकुशल छौँ । यो उमेर सम्म ल हामीले केही गरेनौ होला, केही कमाउन, जोगाउन, प्रगति उन्नति गर्न सकेनौं होला । कम्तीमा जीवनको यो स्वरूपमा आई पुग्न पनि धेरै युद्धहरू जित्नु पर्दछ । र हामीले सफलतापूर्वक यी तमाम खुड्किलाहरू चढ्दै यहाँ आएका हौँ । अझ हाम्रो आत्मा अन्य कुनै प्राणीको कोखमा बास नगरि मानव जीवनमा किन रूपान्तरित भयो । यसमा पनि त पक्कै केही नियमले काम गरेको होला । हामी गरिब छौँ त्यो पक्का हो, हामीमा दुखी पनि छौ त्यो पनि सत्य हो, हामीमा रोग छ, अभाव छ, पिडा छ, अशान्ति, अन्याय धेरै नकारात्मकताले हामी जेलिएका छौँ । तर, यो धर्तीमा हामी भन्दा रोगी, दुखी, अभावमा जेलिएका, पिडामा परेका धेरै मानिसहरू छन् । उनीहरूले पनि जीवनमा केही सम्भावना देखेर त बाँचिरहेका छन् ।
आत्महत्या गर्नेहरू पक्कै पनि जीवनमा पुरै अध्यारो मात्र देख्छन्क तै आशा भेट्दैनन। आफूलाई संसारबाट एक्लिएको ठान्छन्, उनीहरूलाई लाग्दो हो मेरो भोलिको दिन आजको भन्दा अझ डर लाग्दो हुने छ । त्यो भयङ्कर परिस्थितिको सामना गर्नु भन्दा आजै देह त्याग गरि दिनु बेस हुन्छ। तर जसले त्यो सोचिरहनु भएको छ तपाइ गलत हुनुहुन्छ । यो बर्माण्डमा हरेक चीज नासवान् छन् ।
अरू त के कुरा गर्नु यो बर्माण्ड नै अस्थायी हो । अब सोच्नुहोस् त तपाइको जीवनको पिडा, दुख, अभाव अनि चिन्ता कसरी स्थायी हुन सक्छ । यस्तो ध्रुवसत्य कुरा हामीले बुज्न नसक्दा हाम्रो बहुमूल्य शरीर कति सजिलै त्यागि दिन्छौँ है। तपाइलाई मर्नु नै उपयुक्त लागेको बेला ३-४ सेकेन्ड मात्रै पनि रोकिन सक्नु भयो भने तपाइको अमूल्य जीवनलाई बचाउन सक्नु हुन्छ । भनिन्छ आत्मा मर्दैन यो त केवल एक शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्दछ । यसको मुक्तिका विषयमा अनेक भनाइहरू होलान् । तथापि, आत्माको अमरत्वका विषयमा विज्ञानले पनि फरक मत राख्न सकेको छैन । आत्महत्या पछि हामीले हाम्रो शरीरलाई त मारि दिन्छौं त्यस पछि हाम्रो आत्माको मनोदशा के होला? जब हाम्रो आत्माले आफ्नो मृत शरीर त्यही पनि त्यही शरीरको कारणले त्यो अवस्थामा पुगेको देख्छ अब त्यो आत्माको हबिगत के होला? ओहो! कसरी कल्पना गर्नु । मरि सके पछि थाहा भयो रे म जुन समस्याको कारणले मृत्युको बाटो रोजेको थिएँ त्यो त समस्या नै रहेनछ वा भोलि त्यो समस्या आफै समाधान भएर जाने थियो । आफूलाई मारि सके पछि त्यसमा गम्भीर पश्चताप भयो भने । फेरि मृत्यु पछिको परिस्थिति अझ कहालि लाग्दो, वा डर लाग्दो पो हुन्छ कि, केही भन्न सकिँदैन । अझ हाम्रो हिन्दू धर्मले त आत्महत्यालाई महापाप मान्छ र यसरी आत्म हत्या गरेका
आत्माहरू यसै मृत्यु लोकमा चिरकाल सम्म भड्किनु पर्छ भन्दछ । अहिले अधिकांश मानिसहरू धर्म केवल अन्ध विश्वास, रूढिवाद वा पाखण्ड हो भन्नेमा विश्वास गर्छन् र त्यो साँचो पनि हुन सक्ला ।
तर धर्म केही होइन यो त फगत तर्कहिन रूढिवाद हो भन्नेहरूले धर्म माथि केही खोज अनुसन्धान गरेका छैनन् । आज विज्ञानले जे जति आविष्कार गरेको छन केही सय वर्ष अघि यी सब बेकार थिए । विज्ञानको खोजका लागि आज पनि प्रति दिन लाखौँ मानिसहरू लागिरहेका छन् । तर हाम्रो शास्त्रमा लेखिएका कुराहरू गलत प्रमाणित गर्न हामीले कुनै खोज अनुसन्धानको जरुरत ठानेका छैनौँ । केही सीमित मानिसको दाबीलाई हामीले सहि ठानेका छौँ । यस विषयमा लामो बहसको जरुरत पर्ला तर, हामीले आत्महत्या गरे पछि यदि हाम्रो आत्माको हालत हिन्दू धर्मले भनेकै अवस्था हुने रहेछ भने के गर्नु?
अन्य कारणले हुने मृत्युलाई त हामी रोक्न सक्दैनौँ । तर थोरै बिचार पुर्याउने हो भने हामी आत्महत्यालाई भने पक्का रोकथाम गर्न सक्छौँ । यसका लागि प्रथमतः हामीले जीवनमा आइपर्ने समस्यालाई हेर्ने दृष्टिकोणमा बदलाव ल्याउनु पर्दछ । जीवनमा यस्ता धेरै समस्याहरू आइ पर्छन् जुन यथार्थमा समस्या नै हुँदैनन् । त्यसैले आफ्नो जीवनमा देखा पर्ने समस्याहरू आफ्नो नजिकको मान्छेसँग बाँड्ने संस्कारको विकास गर्नु पर्दछ । तनाव व्यवस्थापनका लागि धेरै व्यक्तिहरूले व्यावसायिक रूपमा प्रयास गर्दै आउनु भएको छ । विभिन्न समस्याबाट पीडित व्यक्तिहरूले यस्ता तालिम प्राप्त व्यक्तिहरूसँग बसेर आफ्नो समस्याको समाधानका लागि सुझाव लिन सक्नु हुन्छ । त्यस्तै अहिलेको समयमा मानसिक रोगले विकराल रूप लिइ रहेको छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले त १५ देखि २९ वर्ष सम्मका युवाहरूको मृत्युको चौथो कारण आत्महत्या भएको उल्लेख गरेको छ । अझ मानसिक रूपमा कमजोर मानिसहरूले चलाउने सवारी साधन पनि बढि दुर्घटनामा पर्ने सम्भावना हुने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ । त्यसैले सबै क्षेत्रबाट मानसिक स्वास्थ्यको क्षेत्रमा प्राथमिकताका साथ काम गर्न अब ढिलाइ गर्नु हुँदैन । घर, परिवार, विद्यालय, कार्यालय देखि ठूला ठूला कार्यक्रममा समेत मानसिक स्वास्थ्यका विषयमा गहन छलफल गरिनु पर्दछ । त्यति मात्र होइन मानव जीवनको महत्त्वका विषयमा समाजका सम्पूर्ण पक्षले आवश्यक छलफल गरि जीवन प्रति सकारात्मकता जगाउन प्रयास गर्नु पर्दछ ।
गरिबीका कारणले समेत आत्महत्याका घटना बढ्दै गएका छन् । त्यसैले गरिबी निवारणमा सरकार, निजी क्षेत्र लगायत सरोकारवाला सबैले सक्दो प्रयास गर्नु पर्दछ । बढ्दो सामाजिक सञ्जालको प्रयोगले हामी बिस्तारै असामाजिक बनिरहेका छौँ । घण्टौँ सम्म सामाजिक सञ्जालमा बिताउने समय हुन्छ तर बाबु आमा, छोरा छोरी वा साथी भाइको समस्या सुन्ने समय हामीले पाउन छोडेका छौँ । यसले पनि मानिसमा एक्लो पना बढाइ रहेको छ । यही एक्लो पनाले दिर्गकालमा व्यक्तिलाई आत्महत्याको निर्णय लिन थप उत्प्रेरित गरिरहेको छ । अनियन्त्रित हुँदै गएको सामाजिक सञ्जालको प्रयोगको नियमन हामी आफैले बाहेक अरू कसैले गर्न सक्दैनौँ । बरु यी सामाजिक सञ्जालको प्रयोग गरि टाढा टाढाका साथीहरूसँग खुलेर गफगाफ गर्न सकिन्छ । युवाहरूमा बढ्दो महत्वकाङ्क्षाको सफल व्यवस्थापन गर्न सकिएको छैन । जन्मे देखि नै हामीले बालकहरूलाई असफल हुनु महापाप हो जस्तो भ्रम पारिरहेका छौँ । परिणामतः असफलताले व्यक्तिलाई हद भन्दा बढि विचलित बनाइरहेको छ । त्यसैले बाल्य काल देखि केटाकेटीहरूलाई सफलता र असफलता जीवनका स्वाभाविक घटनाहरू हुन् भन्ने सत्य बोध गराउनु पर्दछ । यसबाट व्यक्तिले पछि आफ्नो असफलतालाई पनि सामान्य रूपमा हेर्ने बानीको
विकास गर्दछ ।
जीवनमा जे आउँछ त्यसलाई स्विकार्दै , असफलतालाई सफलताको पाठ बनाउदै, अरूसँग तुलना गरेर मनलाई अशान्ति तिर पुर्याउनु हुदैन। हामी जन्म मृत्युको चक्रबाट त कोहि फुत्किनु सक्दैनौं तर जीवनबाट विविध कारणवश मननमा दुःख पर्ने गगरिने आत्महत्याबाट बच्न भने सक्छौ ।
कसैले यस्तो लाग्न सक्छ,मैले गलत काम गरे,अब मेरो केही- कोहि छैन यो संसारमा म बर्वादि भए,मेरो अस्तित्व सकियो जस्तो लाग्छ तर त्यो भ्रम हो तपाईं बिग्रेको होइन, तपाईले पाठ सिक्ने अवसर पाउनु भएको हो साधारण ढङ्गले नया जीवन शुरू गर्नुस सफलता सँगै सहयात्री हजारौं हुन आउछन। अर्को कुरा जीवनभर तपाईं एक्लै हो ,तपाईंका साथीभाईहरू ,श्रीमती / श्रीमान र छोराछोरी सवै स्वार्थमा जोडिन आएका हुन कर्तव्यबोध गर्नुस तर मोह नगर्नुस,तपाईं यस धर्तीमा एक्लै आउनुभएको हो ,घाटमा लगेर जलाउदा पनि तपाईलाई एक्लै जल्नुपर्छ ती तपाईका मलामी भनाउदा पनि तपाईं खरानी नभए सम्मको लागि मात्रै हुन।भौतिक शरिरमा प्राण भन्ने तत्त्वले छोडेको पछि जलाउन या नजलाउन,गाडुन या नगाडुन र बेवारिसे बनोस् या पशुपन्छि
खाओस केही फरक पर्दैन।
कसैलाई लाग्नसक्छ सबै साथीहरू यहाँ पुगे, त्यहा पुगे तर सत्य यो हो कोहि काहीँ पनि पुगेको छैन यस पृथ्वी भन्दा माथि ।सवैले आ-आफ्नो कर्म र धर्म निर्वाह गर्न मै व्यस्तछन। कसैलाई लाग्न सक्छ म मात्रै व्यापारमा ढुबे,असफल भए,सम्पत्ति सवै सकियो यो एउटा भ्रमित विचार मात्रै हो। के तपाईं आमाको पेटबाट तपाई निस्कदै गर्दा के थियो र तपाईसँग ? नबोलि थियो? न लुगा थियो,न दात थियो ,न कपाल थियो, न खान,लगाउन, हिड्न, रून, हाँस्न र बोल्न सक्नु हुन्थ्यो सबै कुरा समय सँगै आएका हुन र समय सँगै खोसिन्छन अनि तपाईं आत्महत्या गरि मर्नुनै पर्ने चाहिँ किन ? धन प्रकृतिको हो मान्छेहरूले उपभोक्ता मात्रै हुन कसले कति प्रयोग गर्न पाउनेछैटौं दिनमै फिक्स भएको छ। तपाईले कर्म गर्नुस् गुनासो कुनै नगर्नुस यो धमण्ड तेरो /मेरो भन्नको लागि मात्रै हो । जस्तो आइयो उस्तै जाने हो चिन्ता नगर्नुस् ।
कसैले तपाईलाई मायाजालमा पारी भर्जिनियानिटि तोडेर छोड्यो, तपाईलाई प्रयोग गरेर छोड्यो ,ब्रेकअप्प भयो, श्रीमान/ श्रीमतीमा डिभोर्स भयो भने छाडिदिनुस सबैलाई खुलेरै एक्लै भएता पनि ज्युनुस, कतै बिष नपिउनुस/ पासो नलाग्नुस/ खोलामा हाम्म नफाल्नुस बरू चरेस खानुस तर हरेस कदापि नखानुस। समय कहिल्यै एकनाश हुदैन। दिन पछि रात र रात पनि दिन अवश्य नै आउँछ। सुख र दुख पनि दिन र रात जस्तै हुन। एउटा कुरा हेक्का राख्नुस “सुर्य कहिल्यै एकै स्थान र एकै समयमा उदाउदैन।“
आत्महत्या समस्याको सावधानी होइन ,तपाईको कायरता हो। मान्छेहरू फस्टेसन गएपछि वा आशा सकिए पछि,चारैतिर अन्धकारमय देख्दा यो कुरा सिर्जना हुनु नौलो होइन तर केही समय पर्खनु ,तपाईं महान व्यक्ति रूपमा यस समाज प्रत्येक सफल व्यक्ति कथा हेर्नुस त।मर्छु भनेर हिम्मत सम्म कसेका तर बचेकाहरू कुन स्थानमा छन। मान्छेलाई फस्टेट बनाउने यहि समाजका व्यक्ति हुन,समाज हो,राज्यहो यिनीहरूको विरूद विद्रोह गर्नु तर आत्महत्या नगर्नुस ।मुत्यु त सबैको छ ढिलो चाढो मात्रै हो। सन २०३० सम्म विश्वमा ६०% मानिस मानसिक रोगी बन्नेछन भनेर बेलायतको एक सर्वे प्रतिवेदनले देखाउछ।अब त्यसबाट कतिले आत्महत्या गर्लान करिब ५०% प्रतिशत त्यो सङ्ख्या घटाउन हामी आफै सचेत हुनुपर्छ।दुनियाँ तपाईंको पछि लाग्ने भनेको सफल हुदा हो ।जीवन तपाईको हो संघर्ष पनि तपाईकै हो। मानिस भोक्ता मात्रै हुन यस संसारमा तपाईको केही छैन तपाईको शरीर बाहेक।अरू सवै धमण्ड मात्रै हुन। हाँसेर बाच्नुस जति बाच्नुस,खुलेर बोल्नुस जति बोल्नुहुन्छ,खुलेर गर्नुस जे गर्नुहुन्छ जे गर्नुहुन्छ मज्जा मान्दै मस्त रहेर गर्नु तपाईं खुसी हुनुहुन्छ ।तपाईंको दिमाखमा डोपामिन धेरै रिलिज हुन्छन जसले तपाईलाछ मजबुत बनाउछ कायर होइन ।
यसरी आज आत्महत्या हाम्रो समाजको एक विकराल समस्या बनिरहेको छ । बाहिर देख्दा खुसी, सुखी व्यक्तिहरूको आत्महत्याको खबरले हामी सबैलाई मर्माहत त बनाएको छ नै आत्महत्याका लागि हामीले गरेका प्रयासहरू कतै पर्याप्त भएनन्कि गम्भीर प्रश्न जन्माएको छ । त्यसैले आत्महत्या रोकथामका लागि हामी सबैले आफ्नो तर्फबाट सक्दो प्रयास गरौँ । सबैलाई सफल, सुखी एवम् खुसी जीवनको शुभकामना व्यक्त गरौं। सबैलाई आवश्यकता अनुसार निस्वार्थ सहयोग गरौं । कसैमा पीडा बढी हुदा शेयर गर्ने व्यक्ति बनाउ जसले पिडाबोध कम हुन्छ जसको कारण आत्माको रक्षा हुन्छ।
जनहितको निमित्त लेखिएको लेख।
रूपेश कार्की ( बद्री प्रयास )
प्रतिक्रिया