धेरैको पर्खाई रहेको अनमोल केसी अभिनित नेपाली चलचित्र फर्कीफर्की भर्जिनियाको फेयर फ्याक्स् स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुने भएको छ ।
यो चलचित्रको सो जुलाई महिनाको २१ तारिख आईतबार ४ः३० बजे रहेको छ । फर्की फर्कीले संसारभरि नेपाली चलचित्रको ब्लकबस्टर रेकर्डहरु तोडेको छ ।
अनमोल केसी र जसिता गुरुंगको मुख्य अभिनय रहेको यो चलचित्र अन्तराष्ट्रिय चलचित्रको स्तरको रहेको र कथा बस्तु समेत बयस्कहरुलाई मन परेको बताईन्छ । प्राय सबै देशहरुमा हाउसफुल मात्र हैन चलचित्र हेर्न आएका दर्शकहरुले लगातार २ पटक समेत हेरेका छन् ।
अष्ट्रेलिया अमेरिकाका अन्य राज्यहरुमा चलचित्र हेर्नेहरुको भिड लागेको छ । चलचित्रको टिकट $ २० हो ।
तलको लिंकमा गएर सिधै टिकट किन्न सकिन्छ :
https://akbcompany.stripetickets.com/events/80689
Cinema arts theater
9650 Main Street
Fairfax,VA,22030
प्रतिक्रिया