बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा ८ जना बिद्या वारिधि सहित अढाई दर्जन बिद्यार्थी तथा अभिभावकहरु सम्मानित

इनेप्लिज २०८१ असार १६ गते २०:५४ मा प्रकाशित

बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा बिधार्थी तथा अभिभावकहरु सम्मानित भएका छन् ।

जुन ३० ,२०२४ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली समुदायको अथक प्रयासबाट स्थापित हिन्दु बुद्ध मन्दिरमा २०२४ मा अमेरिकाको डिसी महानगर क्षेत्रका बिभिन्न शिक्षा सँस्थाहरुबाट उपाधि हासिल (ग्राजुएट )गरेका बिधार्थीहरुलाई सम्मान गरिएको छ ।

उक्त समारोहको नामाकरण ग्राजुएट रिकोग्निसन एण्ड एप्रिसिएसन सेरेमोनी २०२४ राखिएको थियो भने यो बर्ष सहित यो सम्मान चौथो संस्करण हो ।

अमेरिकाको डिसी महानगर क्षेत्र(डिएमभी )का बिभिन्न बिधालय र बिश्वबिधालयहरुबाट यस बर्ष २०२४ मा सफलताका साथ माध्यमिक बिद्यालय ,प्रविणता प्रमाण पत्र तह (१२ कक्षा) ,स्नातक ,स्नातकोत्तर(मास्टर डिग्री) तथा विद्या वारिधि (पिएचडी )सहित सम्पन्न गरि दिक्षान्त भएका बिधार्थीहरुको साथै उनीहरुका अभिभावकहरुलाई समेत खादा सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

आज आयोजित कार्यक्रममा ८ जना बिद्या वारिधि सहित अढाई दर्जन बिद्यार्थीहरुको साथै उनीहरुका अभिभावकहरुलाई समेत उत्प्रेरणा गर्दै सम्मानित गरिएको छ । कार्यकममा धेरै अतिथिहरुको मन्तब्यलाई न्यून गर्दै कार्यक्रम दियो प्रज्वलनको साथै मन्त्र उच्चारणबाट शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा दोश्रो पुस्ताका किशोरीहरुले नृत्य प्रस्तुती गरेका थिए भने महासचिव तरुण पौडेलले स्वागत मन्तब्य राखेका थिए । सम्मान कार्यक्रममा लायन्स क्लव अफ बाल्टिमोर नेप्लिजका अध्यक्ष नारायण खकुरेल ,बिदेशी पाहुना विल हग,मेरिल्याण्ड बिधान सभा सदस्य डा ह्यारी भण्डारीले शुभकामना सहितले मन्तब्य राखेका थिए ।

त्यस्तै सम्मानित हुने मध्ये कै बिधार्थीहरुको तर्फबाट डा तृष्णा आचार्य(फर्मासिष्ट) ,सुजाता ताम्राकारले बोलेका थिए भने एनआरएनका डोलनाथ घिमिरेले धन्यबाद ज्ञापन गरेका थिए ।

सम्मान हुनेहरुमध्ये कै अभिभावकको तर्फबाट राजन नेपाल, रश्मी ताम्राकार ,चक्र बुढाथोकीले कार्यक्रमको बारेमा बोलेका थिए । उक्त सम्मान कार्यक्रम बीच हिन्दु बुद्ध मन्दिरका स्वयम सेवक ,अत्यन्तै सक्रिय तथा समुदायमा अद्वितीय रुपमा दत्तचित्त भै कामगर्दै आएका चर्चित गायक ,इनास अमेरिकाका वरिष्ठ उपाध्यक्ष श्रीजन ताम्राकारलाई अमेरिकाका राष्ट्रपति जो बाइडेनद्वारा प्रदान गरिने राष्ट्रपति सम्मानबाट सम्मानित गरिएको छ । उनलाई हिन्दु बुद्ध मन्दिरकै क्रिस घिमिरेले उनको छोटो परिचय दिदै मुक्त कण्ठले ताम्राकारको प्रशंसा गरे।

बिद्यार्थीलाई बिभिन्न क्षेत्रमा बिभिन्न पेशामा रहेका समाजसेवी,आयोजक,समिति सदस्य, प्रायोजक लगायतले प्रमाण पत्र वितरण गर्नुको साथै टिका लगाउदै खादा लगाई दिएका थिए ।

कार्यक्रम बिहान ११:०० बजे देखि १:०० बजे सम्म मन्दिरकै आफ्नै भवनको एक सभा कक्षमा आयोजना गरिएको थियो ।

बिधार्थीहरुको अहोरात्रको मेहनत/परिश्रम र अथक लगनबाट प्राप्त सफलतामा अभिभावक तथा परिवारजनहरुको त्याग, नि:स्वार्थ र समर्पण बिना सम्भव नहुने भएकोले बिधार्थी र अभिभावकहरुको योगदानको कदर गर्दै सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

स्थानीय संघसस्थाहरु लायन्स क्लव अफ बाल्टिमोर नेप्लिज ,नाम्लो ईभेन्टस संगको बिशेष सहकार्य प्राईम होलसेल र नेपाली ईमार्केटको साथ र सहयोग रहको थियो । सहभागी बिधार्थीहरुबाट तीन जना भाग्यशाली चिट्ठा (लक्कि ड्र )बिजेतालाई डिजिट्ल ट्याबलेट(अङ्किय संचार उपकरण) प्रोत्साहन स्वरुप उपहार प्रदान गरिएको छ । कार्यक्रम संचालन संचारकर्मी तथा गीतकार सतिश चापागाईले गरेका थिए भने कार्यक्रम पश्च्यात दिवा भोजनको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया