यस बर्ष दर्शकको मुख्य रोजाईमा पर्न सफल बल्कबस्टर नेपाली सुपरहिट चलचित्र बोक्सीको घर भर्जिनियाको मुख्य शहर फेयरफ्याक्समा अवस्थित फेयरफ्याक्स टाउनसेन्टरको रिगल सिनेमा हलमा प्रदर्शन हुने भएको छ।
सुपरस्टार केकी अधिकारीको मुख्य भुमिका रहेको थ्रिलर शैलिको यस चलचित्रले दर्शक सामु निकै राम्रो छाप छोडेको बताईएको छ। नेपाली समाजमा घटेको घटनालाई आधारित बनाएर , समाजमा महिलालाई नकरात्मक उपमा दिने बोक्सी नामक पहिचानको केन्द्रबिन्दुमा रहेर बनेको यस चलचित्रले निकै राम्रो र गहिरो सन्देश दिएको चलचित्र हेर्नु भएका दर्शकहरुको भनाई रहेको छ।
चौतारी ईभेन्ट्स कम्पनि मार्फत प्रस्तुतिमा ल्याईएको यो चलचित्र July 13, 2024 को दिउसो ४ः३० बजे प्रर्दशन हुने छ। टिकट दर मात्र २० डलर राखिएको छ ।
यस चलचित्रको टिकट Eventbrite को website https://www.eventbrite.com/e/boksi-ko-ghar-movie-in-virginia-tickets-935990993257?aff=oddtdtcreator तथा संम्बन्धित व्यक्तिलाई सिधा संम्पर्क गरेर पनि टिकट लिने सकिने चौतारीका कार्यक्रम संयोजक संजोग काफ्लेले जानकारी दिएका छन् ।
थप जानकारीको लागि :
चलचित्रः बोक्सीको घर
स्थान: Regal Fairfax Town च enter
(4110 West Ox Road, 12110, Fairfax)
मिति/समयः 13th July, 2024 | 4:30pm, Saturday
टिकटः मात्र $ २०
प्रतिक्रिया