सर्वे (लघुकथा)

कोमल प्रसाद अधिकारी,लम्की,कैलाली २०८१ असार १९ गते ९:३९ मा प्रकाशित

तपाईँको नाम? सर्वेक्षकले टोलभरीको अन्तिम घर तपाईँसँग सर्वेक्षणका लागि केही प्रश्न छन् सोधौँ ?भनेर प्रतिक्रिया नै नलिई सोधिएको प्रश्नको जवाफ दिऊँ कि नदिऊँ.. झैँ लागेर पनि मुखबाट फुत्किई हाल्यो- माया देवी।

सर्वेक्षक खुशी हुँदै दोस्रो प्रश्न गर्छ- घरपरिवारमा को-को हुनुहुन्छ?
त्यसपछि के थियो लगातार प्रश्नहरू।मानौँ सर्वेक्षकलाई धेरै नै हतार छ….

“सुन-चाँदि-नगद कता-कता छ छिटो निकाल!” ( अन्तिम प्रश्न कसैले तपाईँलाई यी यसरी एक्लै भएको बेला सुन-चाँदी-नगद निकाल् भनेर आक्रमण गर्न आँट्यो भने प्रतिकारमा के गर्नु हुन्छ? लड्ने केही हतियार छ? भन्ने प्रश्नको नकारात्मक जवाफ आउने बित्तिक्कै सर्वेक्षकले रौर्द्ररूप सहित पेस्तोल देखाउँदै माया देवीलाई अन्तिम प्रश्न गर्छ ..प्रश्न के भन्नु आदेश दिन्छ भनौँ।)

माया देवी अक्क न बक्क पर्छिन् र सर्वेक्षकको पेस्तोलको इसारा अनुसार दराजतिर पाइला बढाउँछिन्।

                 

प्रतिक्रिया