नेपालको एउटा दुर्गम पहाडी जील्ला हो रूकुम । रुकुमको आला सिस्ने ६ रूकुमकोट पूर्वी रूकुममा जन्मिएका एउटा संघर्षशिल युवाको नाम हो डाक्टर कुसुमाकर शर्मा गौतम । युनिभर्सिटी अफ अल्बर्टाबाट विधावारिधी गरेका श्री गौतम अल्वर्टाको वातावरण मन्त्रालयमा पानी प्रशोधन विशेषज्ञको रूपमा काम गर्नु हुन्छ ।
डाक्टर गौतम द्वारा लेखिएको लघुकथा संग्रह हिउँको राप भर्खरै क्यानडा लगाएल बिभिन्न देशहरूमा पुगेको छ । यो ७२ पृष्ठको कथासंग्रहको आवरण अमित घिमिरेले गर्नु भएको छ भने प्रकाशन साझा प्रकाशनले गरेको छ । यस लघुकथा संग्रह भित्र ५९ वटा कथाहरू संग्रहित छन् । पुस्तकको भूमिका साहित्यकार प्राध्यापक खेमराज पोख्रेलले लेख्नु भएको छ । कथाकार डाक्टर कुसुमाकर गौतमले आफ्ना दिवंगत पिता भुवनेश्वर उपाध्याय र माता मनदेवी उपाध्यायमा पुस्तकलाई समर्पण गर्नु भएको छ ।
यो कथा परंपराको शुरूवात कहिले देखि भयो होला ठ्याकै भन्न कठिन छ । हिन्दु धर्ममा पुराणहरु अठारवटा छन् । ती हरेक पुराणमा लामालामा कथाहरू छन् । पहिला पहिला कथा भन्न र सुन्नलाई चारमहिनासम्म लगातार भन्ने र सुन्ने गरिन्थ्यो रे । आजकाल समेत कता कता चौमासा पुराणका कथा वाचन गरेको भन्ने सुनिन्छ । समयको परिवर्तनसँगै पुराणमा पनि नवाह सप्ताह र एकाह लगाउने प्रचलन आयो । यी सबैमा कथाहरू वाचन गरेर सुन्ने सुनाउने कार्य हुन्छ । क्रमश उपन्यास लेख्ने ,लामा कथाहरू लेख्ने, हुँदै लघुकथाहरू लेख्ने प्रचलन आयो । पधमा पनि महाकाव्य खण्डकाव्य हुँदै कविता गजल मुक्तक हाइकु कोपिला साइनो हुँदै एलाक एकलाईनको कविता शुरू भएका छन् ।
यस हिउँको राप कथा संग्रमा कथाकारले सरल शब्दहरू प्रयोग गरेर सर्वसाधार पाठकहरूले बुझ्ने भाषा प्रयोग गर्नु भएको छ । कथाकार आफँ ग्रामिण जनजीवन र परिवेशसँग हुर्किएको हुनाले गाउँको धरातलिय परिवेशलाई आत्मसात गरिएको छ । भाषामा पनि तीनै भेगमा प्रयोग हुने आन्चलिक लगजहरू प्रसस्त पाइन्छन् । हरेक कथामा बिषयबस्तु, परिवेश, पात्र,र उधेश्यहरू स्पष्ट हुनाले कथा बुझ्नलाई पाठकमा अन्योल हुँदैन । एउटा कथा पढेपछी अरूपनि पढी सक्नलाई पाठकहरु आतुर हुनु नै कथाहरूको विशेषता हो । सबै कथाहरूमा पाठकले आफुलाई कतै न कतै आफैँ भएको महषुस गराउन सक्नु कथाकारको कला हो । प्रायश हरेक कथाहरू कथाकारले मातृभूमिलाई केन्द्रमा राखेर लेखेको पाइन्छ । अधिकाँस प्रवासीएका नेपालीहरूको मनको कुरालाई कथाहरूले प्रतिनिधित्व गर्दछ । जन्मभूमिभा भएका विकृति र विसंगतिहरूलाई कथामार्फत उजागर गरिएको छ ।
हरेक कथामा बिषयबस्तु, परिवेश, पात्र,र उधेश्यहरू स्पष्ट हुनाले कथा बुझ्नलाई पाठकमा अन्योल हुँदैन । एउटा कथा पढेपछी अरूपनि पढी सक्नलाई पाठकहरु आतुर हुनु नै कथाहरूको विशेषता हो ।
यसरी हेर्दा राजनैतिमा हुने गरेका र भएका बिकृतिहरूलाई रआधार बनाएर लेखिएका कथाहरू झण्डै एकतिहाई कथाहरू छन् । श्रीपेज सहिद, लिखित संझौता, वितिष्णा ,चोरमाथि चकार, प्रविति ,लालबुझक्कड, पानीको फोहरा ,वेमौसमी ,असंलग्नता, चुनाव, मार्सीधान ,लगानी सम्वृद्धि, भ्रमको दाम्लो, आदि कथाहरू हुन । हुन पनि राजनीति नै सबै नीतिहरूको राजा हो भन्ने आममानिसहरूको धारणा पनि छ । राजनीति राम्रो हुने हो भने कुनै पनि मुलुकको मुहार फेरिन धेरै समय लाग्दैन ।
त्यस्तै ब्लुलेवल, धरातल, लिखित सम्झौता ,कथाहरू भ्रष्टचारका पराकाष्टका नमूना कथाहरू हुन । संयोजन, बुख्याँचा ,उमंग, उज्यालोतिर ,राहत, परिवर्न, विपति ,खराबलत ,आदि कथाहरू नारी चेतना नारीको सम्मान र नारी उत्थानमा लेखिएका कथाहरू हुन । दवाई, र तिर्खा जस्ता कथाहरू अन्धविश्वासमा व्यँग्य गरिएका कथाहरू हुन । कसरी रूढीवादी प्रवृतिले समाजलाई जकेडेर राखेको छ भन्ने कुरा यी कथाहरूमा पाइन्छ । त्यस्तै गरी कारखाना, पुङमाङ, पठन संस्कृति, पाखण्डी, छदमी, गुह्यकुरो , सर्वसुलभ, प्रेम दिवस ,अंग्रेजी माध्यम, आदि कथाहरू सामाजिक विकृति प्रति व्यग्य गरिएका कथाहरू हुन । समयको मूल्य ,विस्मृति, राष्ट्रियता, जस्ता कथाहरू नियतिका भोगाइहरू हुन । पहिलो कथा उपहार मा प्रकृति र मानिसको जीवनलाई तुलना गर्न सकिन्छ । प्रेमले मानिस त के इश्वर पनि तिम्रो बशमा पर्दछ भनेर महात्मा गान्धीले भनेझैँ माया पाएर एउटा लाहुरेफुलले जीवन पाएको छ । एकजना प्राविधिक मानिस साहित्यमा लाग्नु ठुलो कुरा हो । झ यस्तो गहकिलो कथा संग्रह सृजना गर्न सक्नुले बैज्ञानिक द्वारा साहित्य नै प्रशोधन भएको छ भन्दा अतिशय नहोला ।
गत शोमबार जुलाई एक क्यानडाडेका दिन पुस्तकमाथि चर्चा भएको थियो । चर्चाकारहरू शर्मिला पोख्रेल डाक्टर नारायण पोख्रेल विश्वराज अधिकारी र सुरेन उप्रेतीले पुस्तकको चर्चा गर्नु भएको थियो । सोही अवशरमा सुरेन उप्रेतीद्वारा गरिएका टिप्पणिहरू हुन ।
सुरेन उप्रेती पाँचथर हाल एडमण्टन क्यानडा
प्रतिक्रिया