अमेरिकाको डिसी क्षेत्रमा ७ औ एनएसि भकुण्डो प्रतियोगिता हुदै ,बिजेतालाई १७,७७७ डलर र उपबिजेतालाई ७,७७७ डलर पुरस्कार

इनेप्लिज २०८१ असार २० गते १४:४० मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रमा नेपलिज अमेरिकन कनभेन्सन अर्थात् एनएसिको आयोजनामा ७ औ भकुण्डो(सकार) प्रतियोगिता हुने भएको छ । बिजेतालाई १७,७७७ डलर र उपबिजेतालाई ७,७७७ डलर पुरस्कारको व्यवस्था गरिएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना हुने यस प्रतियोगितामा सम्भवत नेपाली समुदायमा सबै भन्दा ठूलो धन राशीको भकुण्डो प्रतियोगिता हो । प्रतियोगिता आगामी जुलाई ५-७ सम्म अर्थात् शुक्रबार देखि आइतबार सम्म चल्ने छ ।

डिसी क्षेत्रमा यो लात्ते भकुण्डो(सकर)प्रतियोगिता सयुक्त रुपमा युएनएफसि तथा इएलएफएले गर्ने भएको छ । यो खेल प्रतियोगिताको लागि अमेरिकाका बिभिन्न राज्यहरुका ११ जना खेल टोलीहरुको सहभागिता रहेको छ ।

भोली जुलाई ५ देखि सुरु हुने उक्त प्रतियोगितामा डिसीएनएफसी ,शांग्रिला -एलए युथएफसि, अर्बिङ्ग युनाईटेड एफसी ,एवरेस्ट एफसी, गेम चेन्जर एफसि ,शेर्पा किदुंग ,नोभा रोयल्स एफसि,युएनएससि, बिएसी ,युथ स्टार एफसि तथा टिआइएमएआई स्क्वाड भकुण्डो खेल टोलिहरु रहेका छन् ।

खेल प्रतियोगिता भर्जिनियाको ओक्टन शहरमा आयोजना गरिनेछ । उक्त खेलको लागि खेल टोलीहरु जुलाई ४ साँझ सम्म आई पुग्ने इएलएफए खेल टोलीका अभिजित राईले ईनेप्लिजलाई बताए ।

प्रतिक्रिया