अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा स्थापित अत्यन्तै क्रियाशील गैर मुनाफा सामाजिक सँस्था तथा मेरिल्याण्ड राज्यको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले आयोजना गर्ने तेश्रो भकुण्डो (सकार )प्रतियोगिताको तयारी लगभग पुरा भएको छ ।
आगामी जुलाई ६ र ७ ,२०२४ का दिन मेरिल्याण्ड राज्यको ओइङ्ग्स मिल्स शहरमा प्रतियोगिताको आयोजना गर्ने संस्थाका अध्यक्ष सुबोध विलास पन्तले प्रतियोगितालाई निरन्तरता दिदै यस पटक अझ रोमान्चकारी खेल हुने बताए । यस पटक यस प्रतियोगितामा १० वटा खेल टोलीहरु रहेका छन् ।
जुलाई ६ शनिबार बिहान ९ बजे उद्घाटन हुनेछ । बिगत बर्ष झैँ यस बर्ष पनि बाना र नेपाली दुताबास बीच पनि मैत्रीपूर्ण खेलको आयोजना उक्त खेल आइतबार जुलाई ७ का दिन दिउसो ३ बजे हुनेछ । यो बर्ष समेत बाना र दुताबास बीच चौथो मैत्रीपूर्ण खेल हुनेछ । तेश्रो भकुण्डो प्रतियोगिताको लागि बिजेतालाई ३,५५५ तथा उप बिजेतालाई १,५५५ नगद सहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।
कार्यक्रम हुने स्थल : Northwest Regional P ark ,4515 Deer Park Rd ,Owings Mills Md 21117
प्रतिक्रिया