विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना र स्वरमा जय गणेश र हे राम दुई वटा भजन एक समारोहबीच सार्वजनिक भएको छ । दुबै म्युजिक भिडियो अमर म्युजिकबाट सार्वजनिक भएको हो । सङ्गीतकार राम कार्कीको सङ्गीत रहेको उक्त भिडियो निर्देशन रोशन कुमारले गरेका हुनभने छायांकन सुर्यकमल राई दनुवारले गरेको हो ।
जय गणेश भजनका कलाकारहरू राकेश खड्का,
अन्जु खड्का, डिकबीजेन्द्र थापा, प्रेम बस्याल, भोले भण्डारी, सफल शर्मा, शिक्षा थपलिया, सरिता सुनार, बिमला ढकाल, लक्ष्मी शर्मा, राजु पौडेल, यीसा ओझा, सर्तिला गौतम, राजु तामाङ, निस्चल बिक्रम पौडेल, सौगात राज खड्का, सोनी कडेल रहेकोे छभने हे राम भजनमा राम श्रेष्ठ, दिप श्रेष्ठ, सानु तामाङ, लक्ष्मी नारायण पौडेल, सारदा देवी पाण्डे, प्रिती थापा मगर, कुमारी राई, श्रीकृष्ण दाहाल, रमेश श्रेष्ठ, जेनिशा मगर, शुसिला राउत, गोबिन्द खनाल, कृतिम तिवारी, लाल बहादुर लामा, बिक्की साह, अस्मिना भारती र बाल कलाकारहरू आरोहण श्रेष्ठ, येशू बाहक, प्रसुना, हिमानी आदि रहेकोे अभिनय रहेको छ ।
प्रतिक्रिया