अनेसासका अध्यक्ष गोवर्द्धन पूजाद्वारा पुन :मतदानका लागि क्षमायाचनासहित छापा बिज्ञप्ति जारी

इनेप्लिज २०८१ असार २३ गते २१:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)का वर्तमान अध्यक्ष गोवर्द्धन पूजाले पुन :मतदानका लागि क्षमायाचना सहित अनुरोध गर्दै छापा बिज्ञप्ति सार्वजनिक गरेका छन् । उनले जुलाई ७ आइतबारका दिन उक्त बिज्ञप्ति जारी गरेका हुन् ।

गत शनिवार विहानदेखि सुरू भएको अनेसासको नेतृत्व चयनको मतदान प्रक्रिया रद्द गरि आइतवार अमेरिकी समय मध्यान्ह १२ बजेबाट पुनः हुने भएको सूचना निर्वाचन समितिले जारी गरे पछि अध्यक्षले हामी अनेसासलाई अनेसास बनाउने अभियानमा छौ । यही अभियानलाई सार्थक रुप दिने एउटा काम भनको सही निर्वाचन पद्धति पनि हो तर यस पटक निर्वाचन चलिरहँदा प्राविधिक रुपले कमिकमजोरी अनुभूत गरिएको उनले आफ्नो बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले बिज्ञप्ति जारी गर्नु अघि मतदान प्रविधिमा आएको खराबीका कारण निर्वाचन समितिले आइतवार अमेरिकी समय मध्यान्ह १२ बजेबाट पुनः हुने भएको निर्णय गरेको थियो । निर्वाचन समितिका अनुसार मतदाताले तीनदिनसम्म मतदान गर्न पाउने छन्। नयाँ तालिका अनुसार आइतवार मध्यान्ह १२ बजेदेखि बुधवार विहान ११.५९ बजेसम्म गर्न सकिने छ।

यता अध्यक्ष गोबर्द्धन पूजाले अनेसासरुपी सङ्गलो पोखरीलाई धमिल्याउने केही तत्वहरु लागेको महसुस गरिएको उनको बिज्ञप्तिमा जनाएका छन् । उनले सबै मतदातालाई राम्रो कामका लागि गरिएको यो कदमबाट मतदाताहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना सहित पुन:मतदानमा सहभागी हुन् आह्वान र अनुरोध गरेका छन् ।

बिस्तृत जानकारी यस आधिकारिक बिज्ञप्ति पढ्न सकिने छ :

प्रतिक्रिया