बाना तेश्रो भकुण्डो प्रतियोगितामा वुडल्याण्ड नेप्रिकन एफसी बिजयी ,लम्जुङ्ग सोसाइटी एफसी उपबिजेता

इनेप्लिज २०८१ असार २६ गते ०:०२ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा स्थापित अत्यन्तै क्रियाशील गैर मुनाफा सामाजिक सँस्था तथा मेरिल्याण्ड राज्यको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले आयोजना गरेको तेश्रो भकुण्डो प्रतियोगितामा वुडल्याण्ड नेप्रिकन एफसी बिजयी भएको छ ।

त्यस्तै लम्जुङ्ग सोसाइटी एफसी उपबिजेता बनेको छ । गत जुलाई ६ र ७ ,२०२४ का दिन मेरिल्याण्ड राज्यको ओइङ्ग्स मिल्स शहरमा प्रतियोगिताको आयोजना भएको थियो । प्रतियोगितामा १० वटा खेल टोलीहरु रहेका थिए ।

गत जुलाई ६ शनिबार बिहान ९ बजे उद्घाटन भएको थियो भने।बिगत बर्ष झैँ यस बर्ष पनि बाना र नेपाली दुताबास बीच पनि मैत्रीपूर्ण खेलको आयोजना गरियो । उक्त खेल आइतबार जुलाई ७ का दिन दिउसो ३ बजे भएको थियो । यो बर्ष समेत बाना र नेपाली दुताबास बीच चौथो मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । अहिले सम्म दुताबासले २ पटक र बानाले यस बर्ष सहित २ पटक जितेको छ ।

तेश्रो भकुण्डो प्रतियोगिताको लागि बिजेतालाई ३,५५५ तथा उप बिजेतालाई १,५५५ नगद सहित पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया